राजनीति

    Showing 4,921-4,930 of 7,575 items.
  • रवीन्द्र मिश्रले दिए विवेकशील साझाको अध्यक्षबाट राजीनामा

    झापा / विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । पार्टीले स्थानीय चुनावमा व्यहोरेको निराशाजनक नतिजाको जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन् ।निर्वाचनमा प्राप्त परिणामको जिम्मेवारी लिँदै बुधबारबाटै लागू हुने गरी आफूले राजीनामा दिएको मिश्रले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।साथै मिश्रले संयोजक मिलन पाण्डेलगायतका नेताहरूलाई गरिएको कारबाही फिर्ता लिन पनि केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितलाई अनुरोध गरेका छन्। पार्टीलाई अगाडि बढाउने विषयमा केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षा गरी निर्णय लिने पनि उनले अपेक्षा रा

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 77 पटक पढिएको
  • पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज निर्वाचित

    पोखरा / पोखरा महानगरपालिकाको नगरप्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् ।निकटतम् प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य पोखराको नगरप्रमुखमा निर्वाचित भएका हुन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्यले ५८ हजार ८९३ मत ल्याउँदा थापाले ५२ हजार ८४८ मत ल्याएका छन् । उपमेयरमा भने एमालेको मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । काङ्ग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै मञ्जु विजयी भएकी हुन् । मञ्जुले ६० हजार ५४६ मत ल्याउँदा कोपिलाले ५६ हजार ६६३ मत पाइन्  ।

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 77 पटक पढिएको
  • श्रीलंका र डेनमार्कका लागि राजदूतको नाम अनुमोदन

    काठमाडौँ / संसदीय सुनवाई समितिले श्रीलंका र डेनमार्कका लागि दुई राजदूतको नाम अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिले सरकारद्वारा १८ देशका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको थियो । सरकारद्वारा प्रस्तावित राजदूत राय र मिश्र विरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी रहेको थियो । बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित द्वय राजदूत मिश्र र रायविरुद्ध परेको उजुरी औचित्यहीन भएकोले अनु

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 76 पटक पढिएको
  • माओवादीले बोलायो संसदीय दलको बैठक

    काठमाडौँ  / नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार बुधबार दिउँसो १ बजे बस्नेगरी बजेटबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो । संसदीय दलको बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरिन लागिएको गुरुङले जानकारी दिए ।सरकारले जेठ १५ गते संसद्मा बजेट पेस गर्दैछ भने नीति तथा कार्यक्रम बुधबार साँझ ४ बजे नै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 100 पटक पढिएको
  • ७३४ वटा पालिकाको मत गणना सम्पन्न : कुन दलले कति जिते ?

    झापा / स्थानीय तह निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ । हालसम्म ७३४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले हालसम्म नगरपालिकामा १३४ मेयर जितेको छ । त्यस्तै १८८ गाउँपालिकामा अध्यक्ष जितेको छ । कांग्रेसले जम्मा ३२२ वटा पालिकाको प्रमुख पद जितेको छ। त्यसैगरी २९५ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ । नेकपा एमालेले हालसम्म २०० वटा पालिकाको प्रमुख र २२९ वटा पालिकाको उपप्रमुख पद जितेको छ।त्यस्तै नेकपा माओवादी केन्द्र १२० वटा पालिकाको प्रमुखमा र १२८ वटा पालिकाको उपप्रमुख पदमा विजयी भएको छ । जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा प

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 94 पटक पढिएको
  • वीरगञ्जको मेयरमा राजेशमान र उपमेयरमा इम्तियाज विजयी

    वीरगञ्ज / वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह निर्वाचित भएका छन् ।निकटतम् प्रतिस्पर्धी एमालेका विजय कुमार सरावगीलाई २२ हजार ५५५ मतान्तरले पछि पार्दै  राजेशमान मेयरमा निर्वाचित भएका हुन् । राजेशमानले  ४६ हजार २१५ मत पाएका छन् भने  विजयले २३ हजार  ६७१ मत पाएका छन् । यस्तै उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् । इम्तियाजले ३० हजार ७८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषाेतम लाल झा ले नौ हजार ५६८ मत मात्रै पाएका छन् । वीरगञ्जमा ३२ वटा वडा छन् । १३ वटा वडामा जसपा, ९ वटाम

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 86 पटक पढिएको
  • भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

    चितवन / चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल निर्वाचित भएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी उनी नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले हराउँदै उनी दोस्रोपटक मेयरमा निर्वाचित भएकी हुन् ।  रेनुले ५२ हजार ३० मत ल्याउँदा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाए । त्यस्तै उपमेयरमा सत्ता गठबन्धबाट उपमेयर उम्मेद्वार नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपाबाट उपमेयर उम्मेदवार

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 99 पटक पढिएको
  • झापाका १५ पालिका मध्ये ११ पालिकाका मेयर तथा अध्यक्षले खाए शपथ

    बिर्तामोड / झापाका १५ वटा पालिका मध्ये ११ पालिकाका नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूलाई आज (सोमबार) बिहान झापाका मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले पद तथा गोपनियताको शपथ खुवाएका छन् । जिल्ला अदालतमा आयोजित सपथग्रहण कार्यक्रममा गौतमले ११ पालिकाका नवनिर्वाचित नगर प्रमुख र अध्यक्षहरूलाई अनुसूची २ को दफा १०९ अनुरूप शपथ खुवाएका हुन् । शपथ ग्रहण गर्नेमा मेयरतर्फ भद्रपुर नगरपालिकाका गणेश पोखरेल, बिर्तामोड नगरपालिकाकी पवित्रा महतरा, कनकाई नगरपालिकाका राजेन्द्रकुमार पोखरेल, दमक नगरपालिकाका राम थापा, अर्जुनधारा नगरपालिकाका बलदेवसिंह गोम्देन तामाङ, शिवसतासी नगरपालिकाका मेघाहाङ थोप्रा रहेक

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 102 पटक पढिएको
  • आठ अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत

    काठमाडौं / राष्ट्रियसभाको सोमबार बसेको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ ।बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ र औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९ सर्वसम्मत रुपमा स्वीकृत गरिएको हो । त्यस्तै , स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 110 पटक पढिएको
  • ७ सय २६ पालिकाको मत गणना सम्पन्न : कुन दलले कति पालिका जिते ?

    झापा / वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अहिलेसम्म ७ सय २६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।२ सय ६८ नगरपालिका र ४ सय ५८ वटा गाउँपालिका गरी ७ सय २६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ३ सय २० वटा पालिका प्रमुख र २ सय ९३ वटा पालिकाको उपप्रमुख पदमा जिते हासिल गरेर पहिलो स्थान छ । त्यस्तै नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी १ सय ९७ वटा पालिकाको प्रमुख र २ सय २५ वटा पालिकाको उप–प्रमुख पदमा जितेर दोस्रो स्थानमा छ भने १ सय २० वटा पालिकाको प्रमुख तथा १ सय २८ वटा पालिकाको उपप्रमुख पद जितेर माओवादी केन्द्र तेस्रो स्थानमा छ । यसैगरी क्रमशः जनता समाज

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 97 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा