काठमाडौँ / नेपाली कांग्रेसको अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो ।कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी छ ।
रौतहट //सरकारले फागुन १ गते प्रदेश नं २ मा सार्वजनिक विदा दिने भएको छ। मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने भएको हो।मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएका छन्। मधेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलोपटक सरकारले औपचारिक रुपमा जनयुद्ध दिवस मनाउन लागेको हो । यसअघि सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले भने मधेश आन्दोलनसँग केन्द्रित रहेर विभिन्न कार्यक्रमहरु गदै आएको थियो ।यसैगरी जनयुद्धको दिवसको अवसरमा मधेश सरका
काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी हुने तीनै तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गरेका छन् ।एमालेले थालेको स्थानीय तह निर्वाचनको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने बताएका हुन् । हाल एमालेको बर्चस्वले वर्तमान सत्ता गठबन्धनलाई बिझाइरहेको उनले आरोपसमेत लगाएका छन् ।उनल एमालेसँग जुध्नेहरुले भाग्ने ठाउँ भए भाग्न ठाउँ खोज्न चेतावनीसमेत दिएका हुन् । उनले भने, ‘भाग्न उम्किने ठाउँ छ भने खोजे हुन्छ । आउने संघीय र प्रदेश निर्वाचनमा बहुमत ल्याएरै छोड्छौँ’नेकपा एमालेले स्थ
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका छन् ।एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार भन्दा बाहिरको कुरा भएको बताएका हुन् । ‘पेश नगरी रोक्छु भन्ने सभामुखको अधिकार छैन, यो उनको कर्तव्य होइन, उनले अनधिकृत ढंगले काम गर्न पाउँदैनन्’ ओलीले भने ।यसअघि कृष्णबहादुर महरा सभामुख हुँदा पनि एमसीसीलाई अनधिकृत रुपमा रोकिएको भन्दै ओलीले संसदले एमसी
काठमाडौँ / राप्रपाका पूर्वअध्यक्ष कमल थापाले ‘राष्ट्रिय एकता पार्टी’ नामको नयाँ पार्टी गठन गर्ने भएका छन् छन् । थापाले नयाँ पार्टी गठन गर्ने निर्णय बिहीबार बसेको उनी निकट नेताहरुको बैठकले गरेको हो ।बिहीबार महाराजगञ्जमा थापा निकट राप्रपा पदाधिकारी नेताहरुको बैठक बसेको थियो । ‘बैठकले हिन्दुत्व, सुशासन र समृद्धिको मूल एजेन्डा राखेर नयाँ पार्टी गठन गर्ने निधो गरेको नेता राजाराम बर्तौलाले बताएका छन् । छलफलमा थापा र हालको राप्रपा कार्यसमितिबाहिर रहेका तीन दर्जन नेता सहभागीरहेका थिए । ‘विभिन्न नाम भएका प्रस्ताव मध्ये राष्ट्रिय एकता पार्टीमा लगभग सहमति जुटेको उनले बताएका छन् । ३१ वर्ष राप्रप
काठमाडौं / नेकपा(एमाले) ले सातै प्रदेशमा ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले उक्त कार्यक्रमको भर्चुअल माध्यमबाट आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । पार्टी कार्यालय थापाथलीबाट उद्घाटन हुने कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, संघीय सांसदहरु, प्रदेशसभा सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरु एवम् प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु सहभागी हुने बताइएको छ ।एमाले दुई दिने प्रशिक्षणको समय तालिका र स्थान यसअघि नै सार्वजनिक गरिसकेको छ । जसमा प्रदेश नम्बर १
काठमाडौं / नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीको विषयमा निर्णय गर्न नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । बिहीबार साँझ अध्यक्ष प्रचण्डले ओलीलाई फोनमार्फत एमसीसीका विषयमा निर्णय गर्न आग्रह गरेका हुन् । प्रचण्डले ओलीलाई गरेको आग्रह उद्धृत गर्दै रिजालले भने, ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन ।’ ओलीले पहिले आफूले निर्णय गर्न प्रचण्डलाई जवाफ फर्काएको रिजालको भनाइ रहेको छ । ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४/५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ', ओलीको भन
काठमाडौं / सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक लगातार तेस्रो दिन आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन, एमसिसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ । बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका प्रवक्ता प्रकाशशरण महतले बताएका छन् ।कांग्रेसले एमसिसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष समेत निकालेको छ । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने कार्यसूची रहेको छ ।
काठमाडौं / नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।माघ २८ र २९ गते प्रज्ञा भवनमा बस्ने भनिएको बैठक विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।पार्टी कमिटीलाई पूर्णता दिन, स्थानीय तह निर्वाचन तयारीलगायत एजेन्डामा छलफलका लागि भन्दै बैठक बोलाइएको थियो ।माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।विशेषगरी पदाधिकारी चयनमा माओवादीभित्र सन्तुलन मिल्न नसक्दा समस्या
धनगढी / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कञ्चनपुरमा एक वडा अध्यक्षलाई कालोमोसो दलेका छन् ।बिहीबार एकीकृत जनक्रान्ति युवा संगठन नेपाल कञ्चनपुरले जिल्लाको बेल्डाडी गाउँपालिका –२ का अध्यक्ष प्रेम खातीलाई कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् ।वडाध्यक्ष खातीमाथि वडा कार्यालय भवनको भाडा एकठाउँ दिने अनि कार्यालय भने गाउँपालिका भित्र रहेको, एकल महिलाका लागि २८ लाखमा बनाएको ४ कोठे भवनमा अनियमितता गरेको, वडा कार्यालयमा उपस्थित नभई सेवाग्राहीलाई दुख दिएको लगायतका आरोप उनीहरूको आरोप छ।यस्तै, उनीहरुले खातीमाथि बसपार्कका लागि ल्याएको २७ टिप्पर बालुवा बेचेको, मनोमानी तबरले कर्म
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.