राजनीति

    Showing 4,751-4,760 of 6,741 items.
  • प्रदेश सभाको बैठक आज बस्दै

    बिर्तामोड  /  प्रदेश एक प्रदेशसभाको बैठक आज आइतबार बस्ने तय भएको छ । साढे तीन महिनापछि बस्न लागेको प्रदेशसभाको बैठकको कार्यसूचीसमेत तय भइसकेको तर प्रदेश नामारणको विषयले प्रवेश नपाउने भएको संसद् सचिवालयले जनाएको हो ।सचिवालयले जारी गरेको सूचना अनुसार आज बस्ने प्रदेशसभा बैठकका लागि ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८’ माथि सैद्धान्तिक छलफल हुने कार्यसुचि तय गरिएको छ ।यसअघि प्रदेश सरकारले नामकरणको विषयमा सर्वदलीय छलफल गरेको भएपनि सहमति हुन नसक्दा निकर्षविनै बैठक सकिएको थियो । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि मङ्सिर १ गते स्थगित

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 77 पटक पढिएको
  • बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौं / फागुन १६ गतेका लागि बोलाईएको बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बागमती प्रदेशका सभामुखले विशेष कारण देखाउँदै बैठक स्थगित गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारीले जानकारी दिएका छन् ।आजै दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 58 पटक पढिएको
  • एमसीसी संसदबाट अनुमोदन गर्ने माओवादीको निर्णय

    काठमाडौं / माओवादी केन्द्रले एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको छ ।आइतबार विहान प्रचण्ड निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको बैठकले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको माओवादीका नेता हरिबोल गजुरेलले बताएका छन् । एमसीसी सम्झौता देशहीत विपरित नरहेको ब्याख्यात्मक टिप्पणी पनि संगसंगै पारित गर्नुपर्ने निर्णय पनि माओवादीले गरेको छ ।विवादि भनिएका विषयमा ११ बुँदे ब्याख्यात्मक टिप्पणी तयार पारिएको बुझिएको छ । तर निर्णयप्रति चार जना नेताले भने असहमति जनाएका छन् ।नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देव गुरुङ र गिरिराजमणि पोखरेलले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी पास

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 64 पटक पढिएको
  • एकीकृत समाजवादीको बैठक आज बस्दै

    काठमाडौं / नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएा छन् ।नेता खतिवडाका अनुसार आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल हुनेछ ।आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 70 पटक पढिएको
  • एमसीसीबारे छलफल गर्न गठबन्धन बैठक बस्दै

    काठमाडौं / एमसीसी परियोजना अनुमोदन गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार विहान १० बजे गठबन्धनको बैठक बस्न लागेको हो ।११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको स्रोतको भनाई छ । उक्त सहमतिमा माओवादी केन्द्र र एकीकृत समाजवादीले संस्थागत निर्णय लिन बैठक बोलाएका छन् ।बैठक सकिए लगत्तै गठबन्धनको बैठक बसेर एमसीसी पास गर्ने निर्णय लिने बुझिएको छ । आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथिको छलफल अघि बढाइने कार्यसूची छ ।आज बस्ने स

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 63 पटक पढिएको
  • ओलीलाई भेट्न देउवासहितका कांग्रेस नेता बालकोटमा

    काठमाडौं / प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेताहरू पुनः बालकोट पुगेका छन् । एमसीसीका विषयमा सहमति जुटाउनका लागि दौडधुपमा लागेका प्रधानमन्त्री देउवा शनिबार बालकोट पुगेका हुन् ।देउवासँगै कांग्रेस नेता ज्ञानेनद्रबहादुर कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट पुगेका हुन् । प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अनुमोदनका लागि अवरुद्ध संसद् सञ्चालन गराउन यही फागुन ५ गतेदेखि निरन्तर एमाले अध्यक्ष ओलीलाई भेटेर आग्रह गरिरहेका छन् ।शुक्रबार पनि कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको थियो

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 71 पटक पढिएको
  • सहिदहरू परिवर्तनकारी आन्दोलनको इतिहास : मन्त्री पौडेल

    काठमाडौं / शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् माओवादी नेता देवेन्द्र पौडेलले सहिदहरू परिवर्तनकारी आन्दोलनको इतिहास भएको बताएका छन् ।शनिबारबाट सुरु भएको नेकपा माओवादीको सहित सप्ताह कार्यक्रम अन्तर्गत काठमाडौंको गोकणेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले देशमा भएका विभिन्न आन्दोलनमा सहिदहरूले जीवन समर्पण नगरेको भए गणतन्त्र सम्भव नभएको बताएका हुन्।मन्त्री पौडेलले जनयुद्धले स्थापित गरेका मुद्दाहरू कार्यान्वयनका लागि निरन्तर लडिरहने बताएका छन् । अल्पसंख्यक, उत्पीडित र जातिय विभेद अन्त्यका लागि माओवादीले जनयुद्ध गर्नुपरेको भन्दै उनले राज्यले विभेदकारी व्यवहार गर्न नहुन

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 66 पटक पढिएको
  • ‘एमसीसीबारे एमालेले देश र जनताको हितलाई राखेर आवश्यक कदम चाल्छ’ : ओली

    काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको सन्दर्भमा एमालेले देश र जनताको हितलाई राखेर आवश्यक कदम चाल्ने बताएका छन् ।शनिबार काठमाडौंमा एमाले निकट प्रगतिशील पेशागत कानून व्यसायी संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसीका बिषयमा आफूहरु तथ्यबाट निर्देशित हुने भन्दै देश र जनताको हितलाई राख्दै आवश्यक कदम चाल्ने बताएका हुन् ।उनले एमसीसीबारे संसदमा धारणा राख्न एमालेलाई ठाउँ नदिइएकाले यसबारेमा बाहिर बोल्नुको अर्थ नरहेको पनि बताएका छन् । ओलीले सभामुख अग्नि सापकोटाका कारण एमाले संसदको कारवाहीमा भाग लिन नसक्ने ठाउँमा रहेको उल्लेख गरेका छन् ।उनले प्रधानन्यायाधीश जब

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 70 पटक पढिएको
  • ‘आगामी निर्वाचनमा चितवनबाट उम्मेदवारी दिन्छु’: बादल

    काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने भएका छन् । उनले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा पार्टीले टिकट दिए चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन् ।सुर्खेत विमान स्थलमा पत्रकारहरुसंग बादलले आगामी निर्वाचनमा पार्टीले टिकट दिए विगतमा झैं चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै उठ्ने बताए । उनले आफु संविधान सभाको निर्वाचनमा पनि त्यहीँबाटै विजयी भएको बताए ।त्यस्तै एमसीसीबारे आफ्नो दलले प्रस्ट धारणा बनाइ नसकेको नेता बदालको भनाई छ । एमालेले १४ सांसदलाई गरेको कारबाहीलाई समाधामुखले मान्यता नदिएसम्म आफूहरु संसदी

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 63 पटक पढिएको
  • राष्ट्रिय मान्यताप्राप्तसहित ५१ दलको निवेदन आयोगमा

    काठमाडौं / नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएका छन्।दल दर्ताका लागि तीनवटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी शुक्रवार आयोग पुगेर निवेदन दिएका हुन्। स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइएकेको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए।

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 65 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा