राजनीति

    Showing 4,751-4,760 of 10,339 items.
  • राप्रपाले पदमुक्त गरेपछि मुकुन्दश्याम गिरी आज निर्वाचन आयोगमा जाँदै

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि उनी आज निर्वाचन आयोगमा जाँदै छन् ।  कारबाहीविरुद्ध उजुरी दिन आइतबार बिहान ११ बजे निर्वाच आयोग जान लागेका हुन्।लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरेका थिए । यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए।

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 325 पटक पढिएको
  • अध्यक्ष नेपाल भन्छन राज्यको मूलप्रवाहमा ल्याउन समावेशीकरणको अवधारणा अवलम्बन गर्नुपर्छ

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा पछि परेका वर्ग तथा समुदायलाई समान पहुँचमा ल्याउनु लोकतान्त्रिक सरकारको मुख्य दायित्व भएको बताएका छन्।नेपाल स्पोर्टस् सेन्टरद्वारा आयोजित खेलाडी सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले शासन व्यवस्थाको कमजोरीकै कारण लामो समयदेखि राज्यको मूलप्रवाहमा आउन नसकेका समुदायलाई अगाडि बढाउन समावेशीकरण र सबलीकरणको अवधारणा अवलम्बन गर्नुपर्ने बताए । नेपाली समाज बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय र बहुधार्मिक भौगोलिक विविधतायुक्त समाज भएको उल्लेख गर्दै उनले राज्यशक्तिको प्रयोग र अवसरबाट विमुख हुँदै आएका समुदायको आर्थि

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 579 पटक पढिएको
  • अमेरिकी भन्सार नीति कायम रहे युरोपेली संघले प्रतिशोधात्मक कदम चाल्ने

    एजेन्सी । जर्मन चान्सलर फ्रेडरिक मर्जले अमेरिकी भन्सार दुवै देशको अर्थतन्त्रका लागि हानिकारक हुने बताएका छन् । उनले युरोपेली संघ र संयुक्त राज्य अमेरिका बीचको भन्सार वार्ता अन्तिम चरणमा प्रवेश गरेको पनि बताए ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि युरोपेली संघको निर्यातमा ३० प्रतिशत कर लगाउने योजनाको घोषणा गरेपछि स्थिति तनावपूर्ण बन्दै गएको हो । युरोपेली संघका प्रवक्ताले व्यापार तथा आर्थिक सुरक्षा आयुक्त मारोस सेफकोभिक हाल अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिक र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग वार्ताको तयारी भएको पुष्टि भएको छ । अमेरिकाले करहरू जारी राख्यो भने युरोपेली सं

    • प्रकाशित मितिः साउन ३, २०८२
    • 430 पटक पढिएको
  • एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

    काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्ने भएको छ । हिजो (शुक्रबार) बाट जारी बैठक आज पनि बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा सुरु हुनेछ । हिजोको बैठकमा समसामयिक राजनीतिक परिस्थितीसँगै पार्टीको विधायन महाधिवेशनको तयारीको सन्र्दभमा छलफल भएको थियो । साथै, बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र विधायनको सम्बन्धमा उठेका विभिन्न प्रश्नहरुको सम्बन्धमा विस्तारपूर्वक जानकारी दिएका थिए भने अन्य सदस्यहरुले पनि आफ्ना धारणा राखेका थिए ।एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्

    • प्रकाशित मितिः साउन ३, २०८२
    • 258 पटक पढिएको
  • युद्ध र रगत बगाएर मात्र समाजवाद प्राप्त हुँदैन : वामदेव गौतम

    काठमाडौं । नेता वामदेव गौतमले युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीहरुले सोचेको जस्तो समाजवाद प्राप्त नहुने बताएका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको एकता घोषणा सभामा बोल्दै उनले रगत बगाएर मात्र समाजवाद प्राप्त नहुने बताएका हुन् । उनले भने, ‘युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीले सोचेको समाजवाद प्राप्त हुन्छ भन्नेमा म छैन । त्यही भएर नै हामीले नेपालको संविधानमा लोकतान्त्रिक, मूल्यमान्यतामा आधारित समाजवाद भनेका छौ । हामी जाने त्यही बाटोमा हो र त्यही निर्माण गर्ने हो । त्यो नभएकाले सोभियत संघ असफल भयो र पू

    • प्रकाशित मितिः साउन २, २०८२
    • 332 पटक पढिएको
  • अनुसन्धानको काम शसस्त्र प्रहरीको होइन : गृहमन्त्री

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले अनुसन्धानको काम शसस्त्र प्रहरीको नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको छलफलमा बोल्दै उनले शसस्त्र प्रहरीले खासगरि सीमा क्षेत्र र सुरक्षाका विषयहरु, सीमा अपराधका कुराहरु, विपद्का बेला खोजीकार्य गर्ने, राहत वितरणका कामहरु गर्ने भएको उनले बताए । उनले सुरक्षासँग जोडिएर नेपाल प्रहरी र शसस्त्र प्रहरी दुबैले काम गर्ने गरेको बताएका छन् । लेखकले शान्ति सुरक्षाका क्षेत्रमा शसस्त्रले काम गर्ने तर अनुसन्धान गर्ने काम नेपाल प्रहरीको भएको स्पष्ट पारे । त्यस्तै कांग्रेस लुम्बिनी प्रदेश सदस्य एवम् राष्ट्रिय सभा सदस्

    • प्रकाशित मितिः साउन २, २०८२
    • 358 पटक पढिएको
  • बामदेवलाई भित्र्याउँदै नेपालले भने : कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध भएर अगाडि बढाउन निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् । शुक्रबार नेता वामदेव गौतम नेकपा एसमा प्रवेश गराउँदै उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहको भन्दै यसलाई निरन्तर दिने बताएका हुन् । उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि हाम्रो भूमिका नै महत्वपूर्ण छ । त्यसो हुनाले नेपालका सबै क्रान्तिकारीहरुलाई वा कम्युनिष्ट शक्तिहरुलाई एकतावद्ध भएर अगाडि बढ्नका लागि आफ्नो प्रयासलाई निरन्तर अगाडि बढाउनुपर्छ  ।’ उनले पार्टी बलियो भए

    • प्रकाशित मितिः साउन २, २०८२
    • 314 पटक पढिएको
  • नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री

    काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् ।उनले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्टसमेत गरेका छन् ।नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनद्वारा आज आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीन अन्यत्तै पुराना र ऐतिहासिक देशहरु भएको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा यस्तो कार्यक्रम आयोजनाले आपसी सांस्कृतिक सम्बन्ध विस्तारका लागि असाधारण सन्देश दिएको बत

    • प्रकाशित मितिः साउन २, २०८२
    • 362 पटक पढिएको
  • बजेट पर्याप्त नहुँदा सडक निर्माणको काम राम्रो गर्न सकिएन : मन्त्री दाहाल

    काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक निर्माणको काम प्रर्याप्त बजेट राखेर काम गर्न नसकेको बताएका छन् । शुक्रबार पूर्वाधार विकास समितिमा भएको काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्डको डिपीआर सम्बन्धी छलफलमा उनले हरेक आर्थिक वर्षमा पाँच शुक्रबार पूर्वाधार विकास समितिमा भएको काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्डको डिपीआर सम्बन्धी छलफलमा उनले हरेक आर्थिक वर्षमा पाँच छ सय मिटर वा एक किमी मात्र सडक बनाउनुपर्ने बाध्यात्मक स्थिति रहेको भन्दै योजनामा प्रर्याप्त बजेट राख्न नसकेको बताए । उनले भने, ‘बाँकी सडकहरु बनाउने काम भइरहेको छ । बजेटको सिमितता सबैलाई थहा नै छ

    • प्रकाशित मितिः साउन २, २०८२
    • 567 पटक पढिएको
  • कांग्रेस नेता शेखर कोइरालाको सुझाव : ‘ओली नेतृत्वको सरकार ढाल्न पहल गर्नुस्’

    काठमाडौं –नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पहल गर्न सुझाव दिएका छन्।बिहीबार खुमलटारस्थित प्रचण्ड निवासमा दुई घण्टा लामो भेटवार्ताका क्रममा कोइरालाले यो सुझाव दिएका हुन्।सूत्रका अनुसार भेटमा प्रचण्डले शेखरप्रति जनताको आशा रहेको बताए। तर, उनले शेखरलाई संसदीय दलको नेता नभएको प्रसंग उठाउँदै भने, "कांग्रेसमा दलको नेता नभई प्रधानमन्त्रीको उम्मेदवार हुन सकिँदैन। तपाईं दलको नेता बन्न सक्नु भएन।"प्रचण्डको भनाइमा जवाफ दिँदै कोइरालाले भने, “पहिला त गठबन्धन सरकार ढाल्नुस्, किनकि प्रमुख प्रतिपक्ष दलको नेता अ

    • प्रकाशित मितिः साउन २, २०८२
    • 497 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.