राजनीति

    Showing 4,701-4,710 of 7,570 items.
  • राप्रपामा थपिए ५३ केन्द्रीय सदस्य, को–को समेटिए ? (सूचीसहित)

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति विस्तार गरेको छ । बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले विधानअनुसार ५३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।यसअघि पनि लिङ्देनले दुई पटक केन्द्रीय समिति सदस्य विस्तार गरिसकेका छन् । राप्रपामा २ सय ५१ जनाको केन्द्रीय समिति रहने प्रावधान छ । तर, हालसम्म केन्द्रीय सदस्यको संख्या २४३ जना मात्र पुगेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकार दिए ।यी हुन् थपिएका केन्द्रीय सदस्य१. चन्द्रबहादुर गुरुङ२. दीपक सिंह३. जयलाल पुन४. प्रेम श्रेष्ठ५. राजकुमार पोखरेल६. भरतजंग उप्रेती७. विनोद भारती८. रामचन्द्र राय९. तोरण गुरुङ१०. उद्धव पौडेल११

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 128 पटक पढिएको
  • बजेट बनाउँदा अर्थमन्त्रालय भित्र अनधिकृत व्यक्ति पसेको छैन् – जनार्दन शर्मा

    काठमाडौँ / तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति नपसेको बताएका छन् । बिहीबार संसदीय छानविन विशेष समितिलाई बयान दिँदै तत्कालीन अर्थमन्त्री शर्माले करको दर हेरफेर गरेको भन्ने आरोपलाई खण्डन गर्दै बाहिरको मान्छे मन्त्रालयमा पस्ने कुनै सम्भावना नै नरहेको बताएका हुन् । उनले बयानमा भनेका छन्, ‘त्या को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । सुरक्षाकर्मी, मर्यादापालकहरू हुन्छन् । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन । सिसीटिभी फुटेजबारे मन्त्रीलाई कसरी थाहा हुन्छ कहिलेसम्म रहन्छ भन्ने कुरा ।’शर्माले गत जेठ १४ गते राती अर्थ मन्

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 75 पटक पढिएको
  • जनमत पार्टीका कार्यकर्ताले गरे कृषि मन्त्रालयमा तालाबन्दी

    काठमाडौँ / सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले मधेश प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी गरेका छन् । मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई कारबाही गर्न भन्दै गएका कार्यकर्ताले मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्केका हुन् ।जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलन अन्तर्गत बुधबार जनकपुरधाममा प्रदर्शन गर्दै जनमतका कार्यकर्ताहरूले मन्त्रालयमा तालाबन्दी गरेका हुन् । प्रदेश कृषि मन्त्रालयको किसानका योजनाहरूमा व्यापक भ्रष्टाचार भएको, कृषकहरूलाई दिइएको योजनामा मन्त्री र कर्मचारीलाई कमिसन नदिँदा भुक्तानी रोकेको भन्दै कारबाहीका

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 88 पटक पढिएको
  • कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा र सचेतकमा मिन बहादुर

    काठमाडौँ / नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतक र सचेतक तोकेको छ। बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन्।यादव कांग्रेस कोषाध्यक्ष हुन् भने विश्वकर्मा केन्द्रीय सदस्य छन् । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्रीमा नियुक्त भएपछि सो ठाउँ रिक्त थियो ।त्यसैगरी पार्टीको सचेतक रहेकी पुष्पा भुसाल हालै उपसभामुखमा नियुक्त भएपछि सो पद पनि रिक्त हुन पुगेको थियो ।

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 81 पटक पढिएको
  • काठमाडौँका महानगरका मेयर बालेनले दिए नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध उजुरी

    काठमाडौँ / काठमाडाैँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले हिमालयन टेलिभिजन र राष्ट्रिय दैनिक नेपाल समाचारपत्रविरुद्ध नेपाल प्रेस काउन्सिलमा उजुरी दिएका छन् । समाचारपत्र र हिमालयन टेलिभिजनले महानगरपालिकाका विषयमा तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै मेयर बलेनले ती समाचार माध्यमहरूमाथि कारबाही माग गर्दै मंगलबार प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । केही दिन अगाडि नेपाल समाचारपत्र र हिमालयन टिभीले काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ रुटिन अफ नेपाल बन्द नामको फेसबुक पेजलाई छुट्याएको भन्दै समाचार प्रकाशन र प्रसारण

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 105 पटक पढिएको
  • पूर्वाधार निर्माणलाई गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन् ।६० औं इन्जिनियर दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सरोकारवालाहरूबीच समन्वय कायम गरी विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई सचेत गराएका हुन् ।उनले जनताको आवश्यकता अनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माण गर्न इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले उनीहरू थप क्रियाशील भएर लाग्नुपर्ने बताए । देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत आयोजना, सूचना प्रविधिलगायत पूर्वाधारहरूको

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 72 पटक पढिएको
  • राप्रपाका ४ नेताले छाडे पार्टी

    काठमाडौँ / स्पष्टीकरण सोधिएका ४ जना नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टी परित्याग गर्ने नेताहरूमा दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठ रहेका छन । मंगलबार एक विज्ञप्ति जारी गर्दै तीन नेताहरूले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । पार्टीमा आन्तरिक प्रजातन्त्रको चिरहरण भएको अवस्थामा सर्वसत्तावाद र अहंकार मौलाएको उनीहरूले बताएका छन् । विधि विधानको धज्जी उडेको अवस्थामा अपमानित र निरीह भएर बस्न नसक्ने भन्दै उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी छाडेको घोषणा गरेका छन् । गत २९ असारमा बसेको राप्रपा के

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 137 पटक पढिएको
  • राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

    काठमाडौँ / राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक बसिरहेको हो ।बैठकमा पार्टीका पूर्वअध्यक्ष द्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दीपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरु, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूको उपस्थिति रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।बैठकमा ५ साउनदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुने प्रतिवेदनहरू, दोस्रो चरणको आन्दोलनको मोडालिटी लगायत विविध विषयमा छलफल हुने श्रेष्ठको भनाइ छ ।

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 65 पटक पढिएको
  • राप्रपा नेपालका २९ विभाग प्रमुख तथा सचिव मनोनित (सूचीसहित)

    झापा / राप्रपा नेपालका अध्यक्ष कमल थापाले २९ विभागमा प्रमुख तथा सचिव मनोनयन गरेका छन् । पार्टीको विधान बमोजिम अध्यक्ष थापाले विभाग तथा समितिकाे प्रमुख तथा सदस्य सचिव पदमा मनोनयन गरेका हुन् । अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख थापा आफैँ रहेका छन् भने सचिव राजाराम बर्तौला मनोनीत भएका छन् । यस्तै, अनुशासन आयोगको प्रमुखमा राजीव पराजुली, सचिवमा डम्बर प्रसाद शिवाकोटी, सामाजिक विभागको प्रमुखमा जयकुमार खड्का, सचिवमा निराकारमान सिंह रेग्मी मनोनीत भएका छन् । यसैगरी अनुसन्धान तथा योजना विभागको प्रमुखमा डा. विष्णु भण्डारी र सचिवमा श्रेय केसी, वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन विभाग

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 84 पटक पढिएको
  • भदौ २ देखि चुनाव लक्षित अभियान चलाउँदै कांग्रेस

    काठमाडौं / नेपाली कांग्रेसले भदौ २ गतेदेखि २४ गते सम्म विशेष अभियान चलाउने भएको छ ।सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा चुनाव लक्षित विशेष अभियान चलाउने निर्णय गरेको हो ।यो अभियानको विस्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्ने छ ।बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन पनि गर्ने निर्णयसमेत गरेको छ ।गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने कांग्रेसको सर्त छ ।गत स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट नि

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 82 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा