राजनीति

    Showing 4,661-4,670 of 7,570 items.
  • प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति

    काठमाडौँ / आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाल समाजवादी पार्टीका नेताहरू माओवादी केन्द्रको चुनाव चिह्न लिएर  निर्वाचन लड्ने भएका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आइतबार खुमलटारमा भएको भेटवार्तामा आसन्न निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको हो ।स्रोतका अनुसार सहमतिलाई औपचारिक रूप दिन भने बाँकी रहेको छ । त्यस्तै, दुबै पार्टीको घोषणापत्र समेत एउटै हुने बताइएको छ । सरकारले संघीय निर्वाचनको मिति आगामी मंसिर ४ गते तोकेको छ ।

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 99 पटक पढिएको
  • संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगमा ४० दल दर्ता

    झापा / आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि शनिबार अपरान्हसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले दल दर्ता गराएका हुन् । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिनका लागि यही साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको थियो । २२ गतेदेखि २८ गते सम्ममा ४० दल दर्ता भएका छन् । अव दल दर्ता गर्ने समय दुई दिन मात्रै बाँकी रहेको छ । यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आसन्

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 138 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    झापा / प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५ माथि छलफल तथा पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । साथै अर्थमन्त्री शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल पश्चात् पारित गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।बैठकमा राष्ट्रिय सभाको सन्देश सहितको ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ को दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ ।भौतिक

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 115 पटक पढिएको
  • नागरिकता विधेयक अविलम्ब प्रमाणिकरण गर्न राष्ट्रपतिलाई आग्रह

    काठमाडौं  / राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक अविलम्ब प्रमाणिकरण गर्न नेपाली कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समितिले आग्रह गरेको छ ।पार्टीको प्रदेश कार्यालय धनुषामा बिहीबार बसको समितिको बैठकले राष्ट्रपति भण्डारीसँग सो आग्रह गरेको हो । राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक करिब दुई सातादेखि ‘विचाराधीन’ राखेको बैठकको ठहर छ ।यस्तै, कांग्रेस मधेशले केन्द्रीय सरकारलाई भने नागरिकता विधेयक पारित गरेकोमा धन्यवाद दिने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकताबाट बञ्चित नेपाली नागरिकहरूलाई नागरिकता प्रदान गर्न

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 115 पटक पढिएको
  • एमालेको युवा तथा खेलकुद विभाग सचिवमा पौडेल

    झापा / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको युवा तथा खेलकुद विभाग सचिवमा मेघराज पौडेल मनोनीत भएका छन् । एमालेको सचिवालय बैठकले पौडेललाई केन्द्रीय युवा तथा खेलकुद विभागको सचिवको जिम्मेवारी दिएको हो । लीलबहादुर थापा प्रमुख रहेको विभागमा यसअघि नै सदस्यहरू मनोनीत भएका थिए । शुक्रबार मात्र विभिन्न विभागको सचिव टुङ्गो लगाउने क्रममा खेलकुद विभागको सचिवमा पौडेललाई मनोनीत गरिएको हो । नेपाल क्लाइमबिङ एसोसिएसनका महासचिव रहेका पौडेल एमालेको खेलकुद राजनीतिमा क्रियाशील छन् । उनी यसअघि एमाले निकट नेपाल खेलकुद महासङ्घको केन्द्रीय महासचिव थिए । खेलकुद महासंघमा लामो समय राजनीति गरेका पौडेललाई एमाले

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 173 पटक पढिएको
  • निर्वाचनका लागि समाजवादीले तोक्यो केन्द्रीय नेताहरूलाई जिम्मेवारी

    झापा  / नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ ।शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रिया’ बारेमा प्रस्ताव तयार गर्न महासचिव डा. वेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ ।निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी कार्यालय सचिव तथा उपमहासचिव गङ्गालाल तुलाधरले पाएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत सचिवालय सदस्यको सहभागिता रहेको सो बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको घोषणा

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 143 पटक पढिएको
  • हात्ती वनमा बाबुराम र प्रचण्डबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

    काठमाडौँ / नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग  भेटवार्ता गरेका छन् । बिहीबार भट्टराईले प्रचण्डसँग हात्ती वनस्थित एक घरमा भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागि थिए । तीन नेताबीच भएको भेटवार्तामा चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको बताइएको छ । स्रोतका अनुसार भट्टराईले सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलमा आफू पनि सहभागि हुने कुरा राखेका थिए ।उपेन्द्र यादव नेतृत्वको जसपाबाट छुटिएर नेकपा समाजवादी गठन गरेका भट्टराई पाँच दलीय गठबन्धनमा सामे

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 144 पटक पढिएको
  • प्रचण्ड आज स्वदेश फर्किँदै

    झापा  / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किँदै छन्।नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणामा गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ। टोलीमा अध्यक्ष प्रचण्डसँगै उनका स्वकीय सचिव रमेश मल्ल, प्रेस संयोजक सूर्य किरण र निजी सचिव गङ्गा दाहाल छन्।जापानमा रहँदा विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्डले त्यहाँको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गरेका थिए।

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 147 पटक पढिएको
  • प्रचण्ड र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता

    काठमाडौँ  / जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कईबीच आज भेटवार्ता भएको छ ।भेटमा लिवरल डेमोक्र्याटिक पार्टीका पूर्व महासचिव, पूर्व अर्थ, व्यापार तथा उद्योगमन्त्री एवं प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिमा सभापतिसमेत रहेका तोसिहिरो र अन्य वरिष्ठ नेतालगायतको उपस्थिति थियो ।उक्त भेटवार्तामा नेपाल जापान सम्बन्धका विविध आयामका बारेमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहमा भ्रमणको आदानप्

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 98 पटक पढिएको
  • एमालेले आज दल दर्ता गर्ने

    झापा / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघ र प्रदेश सभा सदस्यको निर्वाचनका लागि आज दल दर्ता गर्ने भएको छ । मंसिर ४ मा हुने निर्वाचनका लागि एमालेले आज दिउँसो निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको हो । एमाले निर्वाचन विभागका अनुसार साढे १२ बजे उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेता निवेदन लिएर आयोग जाने भएका छन् ।निर्वाचन आयोगले आमनिर्वाचनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगले असोज २३ गते उम्मेदवारको मनोनयन गर्दा गर्ने गरि

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 181 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा