राजनीति

    Showing 4,511-4,520 of 10,339 items.
  • विवाद पार्टीमै टुंग्याउँछौं, फुटको सम्भावना छैन: राप्रपा अध्यक्ष लिङ्देन

    काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको बताएका छन् । राप्रपाभित्र हाल देखिएको विवादले पार्टी विभाजन नहुने उनले स्पष्ट पारे ।उनले राप्रपा अब कहिल्यै विभाजन नहुने जिकिर गरे । विगतमा चित्त नबुझ्नेबित्तिकै पार्टी फुटाइहाल्ने प्रवृत्ति रहेको र त्यसको केही अवशेष अझै भए पनि अब त्यो सम्भावना नरहेको उनको भनाइ छ ।“यो पार्टीलाई मैले बारम्बार भनेको छु, विभाजन गर्ने कसैसँग तागत पनि छैन र विभाजन गर्नुपर्ने कुनै कारण पनि छैन । अब राप्रपा कहिल्यै विभाजित हुँदैन,” उनले भने, “म यति नै भन्छु, यो विषयचाहिँ हामी पार्टीमै बसेर टुंग्याउँछौँ ।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 618 पटक पढिएको
  • राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

    काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।शुक्रबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उक्त भेटवार्ता भएको हो । सो भेटवार्तामा समसामयिक विषयमा छलफल भएको छ ।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 418 पटक पढिएको
  • कृषि समितिको बैठक बस्दै,भूमि सम्बन्धी विधेयकमाथि छलफल हुने

    काठमाडौँ–  आज संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ।बैठक आइतबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल हुनेछ।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 528 पटक पढिएको
  • देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी हुन्छु : गगन थापा

    काठमाडौं –  नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिबाट सन्यास लिन्छौं भनेको दिन सबैभन्दा खुसी आफू हुने बताए । उनले भने,‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डले आजको दिन

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 594 पटक पढिएको
  • मुख्यमन्त्री बानियाँलाई मत दिन कांग्रेसको ह्वीप

    काठमाडौं— नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले दलका नेता एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा शनिबार काठमाडौंमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।सो संसदीय दलको बैठकले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम बाग्मती प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न प्रदेशसभाको यही साउन २७ गते मंगलबार दिउँसो ४ः०० बजे बस्ने गरी आह्वान गरेको छ । उक्त बैठकमा आफ्ना सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन, तटस्थ नहुन र विश्वासको मतको पक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 657 पटक पढिएको
  • प्रधानमन्त्री ओली भन्छन तराईमा सिँचाइको स्थायी समाधान ल्याउने दिन अब टाढा छैन

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आकासे वर्षाको निर्भरता अन्त्य गरी तराईमा सिँचाइको स्थायी समाधान ल्याउने दिन अब टाढा नभएको बताएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् खडेरीले तराईमा रोपाइँमा देखिएको कठिनाइ, किसानको पीडा र सरकारको तत्काल तथा दीर्घकालीन समाधानका लागि गरिएका कदमबारे जानकारी दिएका छन् ।उनका अनुसार तत्कालका लागि ५०० वटा डीपबोरिङ जडानको काम शुरू गरिएको छ भने दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम अघि बढाइँदैछ ।यसवर्षको खडेरीले अन्नको भण्डार मानिने तराईको खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आउनु दुःखद् भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । ‘यसवर

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 586 पटक पढिएको
  • हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ : नेता सिटौला

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतको इतिहास बिर्सिए सबै जना निजी स्वार्थमा लिप्त हुने बताएका छन् । शनिबार आयोजित नेपाली कांग्रेसको १६ औँ महाधिवेशन र आगामी नीति र नेतृत्व विषयक विचार गोष्ठीमा बोल्दै उनले विगतको इतिहासले प्रेरणा दिने भन्दै विगतलाई बिर्सिन नहुने बताएका हुन् । उनले भने, ‘हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ, देशको लागि समर्पित हो भन्ने त्यो कुरालाई हामीले बिर्सिदियौँ भने समस्या त्यहीनेर उत्पन्न हुन्छ र हामी नितान्त निजी स्वार्थमा लिप्त हुन्छौँ ।’ उनले नेपाली कांग्रेस सधै वर्तमानमा छ भन्ने कुरामा आफू सहमत नभएको भन्दै उनले इतिहासले

    • प्रकाशित मितिः साउन २४, २०८२
    • 332 पटक पढिएको
  • आदिवासी र मधेसी आन्दोलनकै कारण मुलुकमा संघीयता लागू भएको हो : मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न संघीयताको कार्यान्वयन अनिवार्य भएको बताएका छन्् । शनिबार काठमाडौंमा आयोजित विश्व आदिवासी दिवसको मुल समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा आदिवासी जनजातिहरूले अन्य मुलुकको तुलनामा कम संघर्ष गरे पनि राज्यमा आफ्नो पहिचान र अधिकार सुनिश्चित गर्न लामो यात्रा तय गर्नुपरेको उल्लेख गरे ।उनले भने, ‘विश्वमा आदिवासी जनजातिहरुको संख्या झण्डै २ करोड ९३ लाखजति छ । राजा रहुन्जेलसम्म नेपालको सबै चाडपर्व, विधि, परम्परा हिन्दु धर्मसँग मात्र जोडिएको थियो । त्यो बेला राज्य राजाको मात्र थियो, सबैजना राजाको प

    • प्रकाशित मितिः साउन २४, २०८२
    • 496 पटक पढिएको
  • ‘आदिवासी जनजातिहरुले पहिले आफ्ना अधिकारहरुको महत्वलाई बुझ्नुपर्छ’

    काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिहंले आदिवासी जनजातिहरुका  अधिकारको महत्वलाई बुझ्न आवश्यक रहेको बताएका छन् ।शुक्रबार कांग्रेस निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै उनले आफ्नो अधिकार प्राप्त गरी र सीमा भित्र रही संयमित रुपमा आफ्नो अधिकारहरुलाई सदुपयोग गरेर अगाडि बढ्नुपर्ने बताए ।उनले नीति निर्माण तहमा आदीबासी जनजातिहरुको उल्लेखनीय प्रतिनिधित्व रहेको तर त्यसमा चित्त बुझाउन नसकिने बताए ।

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 397 पटक पढिएको
  • रास्वपा बैठक : रविका पक्षमा ३२ लाख हस्ताक्षर, ६२ लाख बढी रकम संकलन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको संस्थापक ईश्रा मुल्ला मिया हजलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको छ ।शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । हज कमिटीको अध्यक्ष बनेपछि पार्टीबाट राजीनामा दिएका मियालाई पुनः केन्द्रीय समितिमा ल्याइएको हो ।यस्तै, पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्याम बाबु गौतम, काठमाडौँलाई मनोनयन गर्ने र केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटा नवलपुरलाई मनोनयन गर्ने निर्णय भएको छ । यसरी नै श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठ,

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 272 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.