राजनीति

    Showing 4,471-4,480 of 7,570 items.
  • आज घोषणापत्र सार्वजनिक गर्दै जसपा

    झापा / जनता समाजवादी पार्टी (जसपा)ले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो।दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरिने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतले जानकारी दिए । सत्ता गठबन्धनसँग असन्तुष्टि जनाउँदै जसपा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ । नेकपा एमालेसंग तालमेल गरेको जसपाले प्रतिनिधि सभा सदस्यका लागि १७ स्थानबाट उम्मेदवारी दिएको छ ।

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 69 पटक पढिएको
  • झापा –३ मा विचारको भिडन्त (भिडियाे रिर्पाेटसहित)

    आर. शर्माबिर्तामोड / चुनावको मिति नजिकिएसँगै झापा निर्वाचन क्षेत्र नं.३ को चुनावी भिडन्त चाख लाग्दो बन्दै गएको छ । गणतन्त्रका सारथी र राजतन्त्रका हिमायतीबीचको प्रतिस्पर्धाले चुनावी भिडन्त चाखलाग्दो बन्दै गएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला दुवैले यस पटकको निर्वाचनमा राजनीतिक विचारको आधारमा प्रतिस्पर्धा हुने बताइरहेका छन् । वैचारिक रुझानलाई चुनावी एजेण्डा बनाउने ज्यादै कम निर्वाचन क्षेत्र मध्ये झापा ३ पर्ने भएको छ । हिन्दु राज्य र राजतन्त्र पुनःस्थापना अभियानका सबैभन्दा प्रखर नेतृत्व कर्ता राजेन्द्र लिङदेनला

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 1,058 पटक पढिएको
  • रिहा भए वली

    झापा / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता शरद वली रिहा भएका छन् । बिहीबार नवलपुरको बसन्तपुरबाट पक्राउ परेका वलीलाई प्रहरीले आज बिहान रिहा गरेको हो । सरद नवलपरासी इन्चार्जसमेत हुन्। उनलाई नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी पार्टीको काममा जाँदै थिए।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले मंसिर ४ को चुनाव बहिष्कार गर्ने निर्णय गरेका थिए।यसपछि प्रहरीले ती पार्टीका नेता तथा कार्यकर्तामाथि निगरानी बढाएको छ। 

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 78 पटक पढिएको
  • दुई वर्षभित्र सुकम्वासीहरुलाई धनीपुर्जा वितरण गर्ने शर्माको घोषणा

    बिर्तामोड / मोरङ क्षेत्र नम्बर -३ मा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वार डाक्टर सुनिल शर्माले मंसिर पछि बन्ने गठबन्धन सरकारले आगामी २ वर्षभित्र सुकम्वासी भुमिहिनहरुलाई  पहिलो चरणको धनीपुर्जा वितरण गरिसक्ने बताएका छन् ।  मोरङ क्षेत्रनम्बर -३ को थपरेमा आयोजित कोणसभालाई सम्बोधन गर्दै संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार शर्माले आफूहरू आश्वासन दिने मात्र नभइ काम गर्ने बताए । आफूले यस अघिको निर्वाचन जित्न नसकेपनि आफूले सकेजति र सक्नेजति काम गरेको भन्दै सांसद भएर संसद् भवनमा गएपछि जनताले गुनासो गर्न नपाउने गरि काम गर्ने शर्माको

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 489 पटक पढिएको
  • झापा –२ मा पूर्वसहयात्री राना र घिमिरेबीच रोचक प्रतिस्पर्धा (भिडियाे रिर्पाेटसहित)

    अनिता  बिष्टबिर्तामोड /  झापाको क्षेत्र नम्बर –२ मा यसपटक चुनावी प्रतिस्पर्धा निकै रोचक छ । उक्त क्षेत्रमा केही समयअघि सम्म एउटै पार्टीमा सहयात्री रहेका एमालेका प्रदेश इन्चार्ज देवराज घिमिरे र एमालेकै पूर्व नेता हरि राना अहिले एक अर्काका प्रतिस्पर्धी बनेर चुनावी मैदानमा उत्रिएका छन् ।  झापा –२ मा अन्य दलका र स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा भएपनि मनोनयन दर्ताका अघिल्लो दिनसम्म एउटै पार्टीमा रहेका राना र घिमिरे अहिले मुख्य प्रतिस्पर्धी बनेका छन् । एमालेका प्रदेश कमिटी सदस्य समेत रहेका रानाले गत असोज २३ गते बिहान पार्टी परित्याग गरेको घोषणा गर्दै माओवादीको चुनाव चिन

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 247 पटक पढिएको
  • संसदमा जानका लागि तयार छौं : रबी लामिछाने

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेले आज बाचा पत्र’ सार्वजनिक गर्दै संसदमा जान तम्तयार रहेको बताएका छन् ।  बाचा पत्र’ सार्वजनिकका क्रममा उनले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई बाचापत्रमा समेटेको रबीले बताए ।आफु देश दौडामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको बताए । यी कुरा जनताका अधिकार भएको भन्दै अहिले नेताहरूले तिनै कुरा दिन्छौं भनेर चुनावमा आश्वासन बाँडेको बताए ।उनले छोटो समयमा ६२ जिल्लामा पार्टीलाई विस्तार गर्न सफल भएको दाबीसमेत गरे । जसले देशका बेथिती अन्त्य गर्न सक्छ उसैमा आफ्नो पार्टीलाई बिलिन गरिदिने

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 76 पटक पढिएको
  • चुनावी प्रचारप्रसार गर्दा आयोजना हुने कार्यक्रमको खर्च विवरण आयोगमा पेश गर्नुपर्ने

    काठमाडौं / आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा आयोजना हुने आमसभा, कोणसभाको क्रममा लागेको खर्चको विवरण पेश गर्नुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ । बुधवार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आमसभा र कोणसभा गर्दाको एकमुष्ठ खर्च बुझाउन उम्मेदवारलाई भनिसकिएको जानकारी दिए । ‘भोलिबाट चुनावी प्रचारको क्रममा आमसभा, कोणसभा गर्न पाइन्छ । त्यसरी आमसभा, कोणसभा गर्दा मञ्च बनाउन, सजाउन र प्रचार गर्न लागेको खर्च उम्मेदवारले मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्छ । यसबारे हामीले उम्म

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 111 पटक पढिएको
  • आगामी निर्वाचन शान्तिपूर्ण हुनेमा गृहमन्त्री खाण विश्वसत

    बुटवल /  गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले कर्मचारी सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने जनाएका छन्। आज आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेकाले आगामी निर्वाचन पनि सबैका सहयोगमा शान्तिपूर्ण हुने बताए । नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको जनाउँदै नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे ।उनले भने, “सीमित स्

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 67 पटक पढिएको
  • एमालेका उम्मेदवार योगेश भट्टराईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    झापा / निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईलाई स्पष्टीकरण सोधेको छ । भट्टराईले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको सिरिजङ्गा गाउँपालिका -३ सिकैचामा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो ।निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा ‘स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेल

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 84 पटक पढिएको
  • सरकारी स्रोत साधन प्रयोग नगर्ने शर्तमा प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा जाँदै

    काठमाडौं / निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी प्रचारका लागि सर्त राखेर डडेल्धुरा जाने अनुमति दिएको छ । निर्वाचन आयोगले उनलाई सरकारी स्रोत साधन प्रयोग नगर्ने शर्तमा चुनावी प्रचारप्रसारको अनुमति दिइएको हो ।देउवा चुनावी अभियानका लागि कात्तिक १७ देखि २० सम्मको चार दिने कार्यक्रम लिएर गृहजिल्ला डडेल्धुरा जाने तयारीमा थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि आयोगमा पत्र पठाएको थियो । आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्न र नगराउन निर्देशन दिँदै अनुमति दिएको छ । निर्वाचन आचारसंहिता भन्दा बाहिर नजाने गरी उनलाई प्रचारप्रसारमा जानका लागि अन

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 81 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा