काठमाडौं । नेकपा (एमाले) की सांसद यशोदा कुमारी बरालले संसद्मा प्रधानमन्त्री बालेन शाहको छोटो उपस्थितिप्रति असन्तुष्टि जनाएकी छन्। लामो समयपछि प्रधानमन्त्री संसद्मा आएको देखेर जनताका प्रश्नको जवाफ दिने अपेक्षा गरे पनि केहीबेरमै बाहिरिएको भन्दै उनले आपत्ति जनाइन्।प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै बरालले भनिन्,प्रधानमन्त्रीज्यू आउनुभएको देखेर अब सदनमा उठेका प्रश्नको जवाफ दिनुहुन्छ भन्ने आशा लागेको थियो। तर उहाँ हाम्रो कुरा दुई मिनेट पनि नसुनी बाहिरिनुभयो, भनिन्।उनले सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिपछि प्रधानमन्त्री संसद्मा उपस्थित भए पनि सांसदका जिज्ञासाको सामना नगरेको आरोप लगाइन्।बरालले ग
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मनसुन सुरु भएसँगै बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गरेका हुन् ।‘यस वर्षको मनसुन सुरु भइ बाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरु बढ्न थालेका छन्,’ उनले भने, ‘यस्ता विपद्जन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् प
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका पूर्वपदाधिकारीहरूले जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्न आयोगसँग माग गरेका छन्। संक्षिप्त सारांश मात्रै सार्वजनिक गरेर मूल प्रतिवेदन गोप्य राखिएको भन्दै उनीहरूले आयोगको पारदर्शितामाथि प्रश्न उठाएका हुन्।पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायसहित आयोगका पूर्वसदस्य र पूर्वसचिवहरूले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर करिब ६ सय पृष्ठको मूल प्रतिवेदन तथा प्रमाण–सहितको विवरण सार्वजनिक गर्न आग्रह गरेका छन्। उनीहरूको भनाइमा आयोगले करिब १० हजार पृष्ठको अनुसन्धान सामग्रीलाई २९ पृष्ठको सारांशमा सीमित गरेको छ, जसले घटनाको वा
काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले जनताका प्रश्नबाट उम्किन नमिल्ने भन्दै प्रधानमन्त्रीलाई तत्काल संसद्मा उपस्थित भएर जवाफ दिन चुनौती दिएका छन्। सरकार गठन भएको सय दिन पूरा भइसकेको उल्लेख गर्दै उनले अब परिणाम देखाउने बेला आएको बताए।प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै दुलालले लोकतन्त्रमा सरकार प्रश्नबाट भाग्ने होइन, संसद्मा उभिएर जवाफ दिने संस्कार हुनुपर्ने बताए। संसद् सरकारलाई नियन्त्रण र सन्तुलन गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था भएकाले प्रधानमन्त्री स्वयं उपस्थित भएर उठेका सबै प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने उनको माग थियो।दुलालले सरकारकै तथ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको दबाब, अवरोध वा त्रास लोकतान्त्रिक व्यवस्थामाथिकै आक्रमण भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले राजधानीस्थित एक सञ्चारगृहको मुख्य प्रवेशद्वारमा गाडी पार्किङ गरी आवतजावत रोक्ने प्रयासको कडा आलोचना गरे।परियारले तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सैनिक समाचार कक्षभित्रै पुगेर समाचार सेन्सर गर्थे। त्यो बेला नझुकेको नेपाली प्रेस आज सडकमा दुई–चार गाडी तेर्स्याएर तर्सिँदैन भन्दै प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने कुनै पनि प
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभाको बैठकमा छोटो समय सहभागी भएर बाहिरिएका छन्। उनीहरू सोमबार दिउँसो १ बजेर ३७ मिनेटमा प्रतिनिधिसभा बैठक कक्षमा प्रवेश गरेका थिए। बैठक सुरु भएपछि करिब २० मिनेट मात्र बसेर दुवै नेता संसद् भवनबाट बाहिरिएका हुन्। संसद् प्रवेशअघि प्रधानमन्त्री शाहले सभामुख डोलप्रसाद अर्यालसँग करिब पाँच मिनेट छलफल गरेका थिए। त्यसपछि उनी रवि लामिछानेसँगै बैठकमा सहभागी भएका थिए। दुवै नेताको संसद्मा छोटो उपस्थितिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका बेला उनीहरू बाहिरिनुको कारण भने सार्वजनिक
काठमाडौं / भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ ।मन्त्रालयले सूचना जारी गर्दै ९० दिन भन्दा बढी कार्यालयमा अनुपस्थित रहेका सह-सचिव पदमा कार्यरत १ कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न प्रयास गर्दा पनि सम्पर्कमा नआएको र कुनै जानकारीसमेत प्राप्त नभएको जनाएको छ । उनी २०८२ माघ ११ गतेदेखि कार्यालयमा अनुपस्थित छन् । मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएका
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद अमरेश कुमार सिंहले देश गम्भीर संकटतर्फ उन्मुख भएको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनतामा निराशा बढ्दै गएको, युवादेखि व्यवसायी र विद्यार्थीसम्म भविष्यप्रति आशाविहीन बन्दै गएको दाबी गरे । उनले भने, ‘आज हाम्रो राज्य संकटमा छ । जनतामा निरास्यता छ । यो देशमा बाच्न सकिन् गर्न सकिँदैन यो भाष्य निर्माण यो संसदबाट कम्ती नगरै ।’सिंहले देशको वर्तमान समस्या समाधानका लागि सबै राजनीतिक शक्ति जिम्मेवार बन्नुपर्नेमा बताए । उनले राज्य, जनता र लोकतन्त्र सुरक्षित रहेमा राजनीति निरन्तर चलिरहने बताए । ‘आज सत्ता पक
काठमाडौं / नेकपा एमालेका सांसद ऐनबहादुर महरले बझाङको जीप दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले गत असार २७ गते बझाङको बुङ्गल नगरपालिकाबाट केदारस्युँ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो जीप दुर्गाथली गाउँपालिका–६ को सुङुरेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जानकारी गराए।उनका अनुसार दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, कुटुरीदेवी महत र केदारस्युँ गाउँपालिका–७ की इमला महत धामीको मृत्यु भएको हो। सांसद महरले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। उनले
काठमाडौं / नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकारमाथि निरंकुश बन्दै गएको आरोप लगाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई नागरिकको प्रश्न सुन्न र संविधानको सीमाभित्र रहेर काम गर्न आग्रह गरे। सांसद राईले भागवत पुराणको हिरण्यकश्यप र प्रह्लादको प्रसंग उल्लेख गर्दै प्रश्न गर्ने अधिकारमाथि रोक लगाउने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक भएको बताए। उनले प्रश्न गर्नु अपराध ठान्ने शासन व्यवस्था अन्ततः पतन हुने दाबी गरे।‘हिरण्यकश्यप आफूलाई सर्वशक्तिमान् ठान्थे। उनको राज्यमा उनीबाहेक अरू कसैलाई ईश्वर मान्न पाइँदैनथ्यो। जब छोरा प्रह्लादले प्रश्न गरे, सत्य बोले, त्यो न
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.