राजनीति

    Showing 4,321-4,330 of 7,559 items.
  • मोरङ- ३ मा डा. सुनिल शर्माको ११ हजार मतको अग्रता

    बिर्तामोड / मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ११ हजार मतको अग्रता बनाएका छन् ।५० हजार ८१६ मत गणना गर्दा दोस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार भानुभक्त ढकालसँग थापाले ११ हजार ६१ मतको अग्रता बनाएका हुन् । शर्माले २४ हजार ९६२ मत पाउँदा ढकालले १३ हजार ९०१ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा उम्मेदवार रेखा थापाले ५ हजार ६८८ मत पाएकी छन् ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 140 पटक पढिएको
  • झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन कांग्रेसका सिटौला भन्दा ३ हजार ३९८ मतले अगाडि

    बिर्तामोड / झापा क्षेत्र नम्बर- ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन ३ हजार ३९८ मतले अगाडि रहेका छन् । पछिल्लो मतगणना अनुसार लिङ्देनले ३० हजार ९६३८ मत प्राप्त गरेका छन् भने गठबन्धन तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाको २७ हजार ५६५ मतले पछ्याइ रहेका छन् । प्रदेशसभातर्फ भने ३९१० मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी र ३ ९२० मा नेकपा एमालेका छविलाल चुडाल विजयी बनिसकेका छन् । झापा ३ मा १ लाख ३१ हजार ४३२ मतदाता संख्या मध्ये ८९ हजार ६३७ मत खसेको थियो । 

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 126 पटक पढिएको
  • ललितपुर- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की निर्वाचित

    काठमाडौं / ललितपुर क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की निर्वाचित भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् । यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 79 पटक पढिएको
  • पाँचथरको प्रदेशसभा २ बाट माओवादीका इन्द्र आङ्बो निर्वाचित

    झापा / पाँचथरको प्रदेशसभा २ बाट माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो पुनः निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका उनी दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका हुन् ।प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले एमाले उम्मेदवार आइन्द्रसुन्दर नेम्वाङलाई पराजित गरे । माओवादी केन्द्रबाट प्रदेश १ मुख्यमन्त्रीको एकल दाबेदार आङ्बोले १५ हजार ६७२ मत पाएका छन् । एमाले उम्मेदवार नेम्वाङले १२ हजार ६०५ मत पाएका छन् ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 97 पटक पढिएको
  • जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    झापा / जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार गोमा गौतम कुँवरलाई १० हजार आठ सय ६० मत अन्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन् ।उनले २२ हजार आठ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी गौतमले ११ हजार नौ सय ५९ मत प्राप्त गरिन । त्यसैगरी नेकपा एमालेका रत्ननाथ योगीले छ हजार पाँच सय २८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 90 पटक पढिएको
  • एमालेका ओलीलाई हराउँदै डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

    झापा / डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका छन् । बिहीबार बिहान मतगणना सम्पन्न हुँदा आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् ।सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे । एमालेकी  ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए ।राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत प्राप्त गरे । कुल १ लाख २४ हजार ८७० मतदाता रहेकामा ६३ हजार ५५२ मत खसेको थियो, जस

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 102 पटक पढिएको
  • प्रतिनिधिसभाका ३० निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

    झापा  / प्रतिनिधिसभाका १६५ मध्ये ३० वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।बुधबार दिउँसो पाँच बजेसम्मको मत परिणामअनुसार नेपाली कांग्रेस १३, एमाले ५, राष्ट्रिय स्वतन्त्र पार्टी ५, नेकपा माओवादी केन्द्र २, नेकपा एकीकृत समाजवादी पार्टी १, राप्रपा १ र नागरिक उन्मुक्ति पार्टी १ स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै स्वतन्त्र २ ठाउँमा विजयी भएका छन् ।नेपाली कांग्रेसप्रदीप पौडेल– काठमाडौं ५योगेश गौचन थकाली– मुस्ताङ १मोहन आचार्य– रसुवा १टेकबहादुर गुरुङ– मनाङ १राजेन्द्र कुमार के. सी. – काठमाडौं १०उदयशमशेर जबरा– ललितपुर १हृदयराम थानी– सुर्खेत २सन्तोष चालिसे– काठमाडौ

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 132 पटक पढिएको
  • झापा २ (२) मा एमालेका पाठक निर्वाचित

    बिर्तामोड / झापा निर्वाचन क्षेत्र नं २ (२) बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका तिलचन पाठक (चिन्तन) भारी मतान्तरले विजयी भएका छन् ।नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत रहेका पाठकले २० हजार १८४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत प्राप्त गरे ।नेपाली कांग्रेसका मैनालीले ३ हजार ८४० मत कम पाएका हुन् । यसअघि झापा २ (१) बाट नेकपा एमालेका एकराज कार्कीले पनि १२ हजार ६३० मतको अन्तरले सत्ता गठबन्धनका उम्मेदवार पुष्प पोखरेललाई पराजित गरिसकेको छन् । 

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 91 पटक पढिएको
  • रेशम चौधरीका बुवा लालवीर बर्दिया –२ बाट निर्वाचित

    झापा /  बर्दिया –२ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् । माओवादी केन्द्रका सुरेश पन्थलाई १३६ मतान्तरले पछि पार्दै चौधरी विजयी भएका हुन् ।चौधरीले २६ हजार ५२० मत ल्याउँदा पन्थले २६ हजार ३८४ मत पाए । नेकपा एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत प्राप्त गरे । राप्रपाका विनय रावलले १३ हजार २९२ मत प्राप्त गरे ।निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका पूर्वसांसद रेशम चौधरीका बुवा हुन्। रेशमको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको थियो ।

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 108 पटक पढिएको
  • जसपा अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरले हराउँदै जनमत पार्टीका अध्यक्ष सिके राउत विजयी

    काठमाडौं / सप्तरी क्षेत्र नम्बर- २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके) राउत विजयी भएका छन् ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए । अन्य उम्मेदवारले हजार मत पनि कटाउन सकेन ।

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 84 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा