काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गरेकाछन् । प्रधानाङ्गको यही चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरको एकान्तकुनास्थित आफ्नै निवासमा निधन भएको थियो ।सभापति देउवाले सोमबार एक शोक विज्ञप्तिमार्फत उनको निधनबाट कांग्रेसले एक पुराना अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै उनिप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । सभापति देउवाले पार्टी सङ्गठन, नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा प्रधानाङ्गले निर्वाह
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरूले सरकारले स्वाधीनता, विकास र समृद्धिका यात्रामा तीन वर्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको बताएका छन् ।प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारका काम कारवाहीको प्रतिरक्षा गर्दै पछिल्ला उपलब्धिको प्रशंसा गर्नाका साटो विरोधका लागि विरोधमात्र गरेको बताएका छन् । उनले भने, “वर्तमान सरकार बन्नु अघिसम्म राजनीतिमा मात्रै सीमित छ, राष्ट्रिय विकास र स्वाभिमान एजेन्डा बनेको थिएन, बाटा, सिँचाइ, विद्यालय, पुल मात्रै होइन, समृद्ध नेपाली र सुखी नेपालीको राष्ट्रिय अभियान ठीक ढङ्गबाट अघि बढिरहेको छ ।”सत्
काठमाडौँ / मुलुकका विभिन्न भागमा भएका आगलागी, कोरोना सङ्क्रमण, रणनीतिक महत्वका सडक शिलान्यास, दशगजा क्षेत्रमा निर्माण गरिएको बाँध लगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ ।प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले अग्नि पीडितलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, कोरोना नियन्त्रणका लागि थप कदम चाल्न र दशगजा क्षेत्रको बाँध निर्माण भइरहेकामा त्यसलाई समयमै रोक्न सरकारसमक्ष आाग्रह गरेका हुन् । सांसद योगेश भट्टराईले ताप्लेजुङ्को दोभान बजारमा गत फागुन १८ गते भएको आगलागीको घटनाबाट पीडितलाई तत्काल बसोबास तथा राहतको व्यवस्था गर्न र दीर्घकालीन समाधानक
विराटनगर / माओवादी केन्द्र छोडी एमाले प्रवेश गरेर प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट कारवाही गरेको छ ।सांसदबाट हटाइएको जानकारी आजै प्रदेशसभालाई दिने तयारी गरिएको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए ।एमाले प्रवेश गरेर आर्थिक मामिला तथा योजनामन्त्री बनेका आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनले स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो । दल त्याग गर्दै मन्त्री बनेका आङ्बुहाङ ६ महिना मात्रै मन्त्री हुनेछन् । गैर सांसदले
काठमाडौँ / सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुुनुुवाइ आगामी वैशाख ३ गते हुुने भएको छ । सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुुमार चुँडाल र नहकुुल सुवेदीलाई सुनुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिको आजको बैठकले उनीहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुुरीकर्तालाई बोलाएर जानकारी माग ग¥यो । प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए । चुँडालविरुद्धको उजुुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताए । प्रस्ताव
काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई भेट्न हात्तीवन पुगेका छन् । उनीहरुबीच करिब आधाघण्टा कुराकानी भएको बताइएको छ ।वरिष्ठ नेता पौडेलले जनता अध्यक्ष ठाकुरलाई सरकार विस्थापनको पक्षमा एक हुन आग्रह गरेका छन् । ‘तपाईं, हाम्रो पार्टी सभापति शेरबहादुर देउवा र प्रचण्ड बसेर सहमति बनाउनोस्,’ पौडेलले महन्थलाई सल्लाह दिए। मोटामोटी खाका बनाएर नयाँ सरकारका निर्माण गर्न पौडेलले आग्रह गरेका थिए। प्रत्युत्तरमा महन्थले पार्टीमा छलफलकै क्रममा रहेको प्रतिक्रिया दिएको पौडेलको सचिवालयले जानकारी दिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको राजी
काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराएका छन् । सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उनलाई पद तथा गोपनियताको शपथ गराराएका थिए । नेकपा (एमाले) की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा उनी निर्वाचित भएका थिए । सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो । निर्वाचन आयोगले उनी समावेशी दलित कोटामा निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो । संसद्को पहिलो बैठकमा भाग लिनुअघि सभामुखबाट शपथ ल
काठमाडौं / नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । बैठक आज (आइतबार) विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको थियो ।केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले जानकारी दिए । उनले बैठकको अर्को मिति पनि नतोकिएको बताए ।‘पाँच–छ जना नेताहरु नै भ्याली बाहिर हुनुहुँदो रहेछ, त्यही भएर बैठक स्थगित गरिएको हो, अर्को बैठकको मिति तय भइसकेको छैन ।’ उनले भने । सरकारलाई दिइएको समर्थन आइतबारको स्थायी कमिटी बैठकबाट माओवादी केन्द्रले फिर्ताको निर्णय लिने चर्चा थियो ।
कैलाली / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन समारोहमा उनले खानेपानीका मूल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने विकास योजनामा ध्यान दिनुपर्ने बताए ।“पछिल्लो समय विकास निर्माणका काम भएका छन् तर विकास निर्माण गर्दा हुने विनाशलाई पनि ध्यान दिन आवश्यक छ”, मुख्यमन्त्री भट्टले भने, “प्रदेश सरकार यो कुरामा सजग छ र यसका लागि नीति बनाएर अगाडि बढ्ने छ ।” उनले सुदूरपश्चिमका सबै नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन प्रदेश सरकार प्रयत्
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.