राम्चेका ४२ घर पहिरोको उच्च जोखिममा, तत्काल स्थानान्तरण गर्न सांसद खनालको माग

43 Shares
alt


काठमाडौं । सांसद मनिष खनालले नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित राम्चेका ४२ घरधुरी पहिरोको उच्च जोखिममा रहेकाले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले केरुङ्गे खोलाको मुहान क्षेत्रमा रहेको राम्चो पहिरोका कारण स्थानीयवासी लामो समयदेखि जोखिममा रहेको बताए । उनले ठूलो जनधनको क्षति हुनुअघि नै जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न सरकारसँग आग्रह गरे ।

खनालका अनुसार २०७६ भदौ १२ गते राम्चेका बासिन्दालाई अन्यत्र स्थानान्तरण गर्ने उद्देश्यले एकीकृत नमुना बस्तीको तामझामका साथ उद्घाटन गरिएको थियो। तर उद्घाटन भएको लामो समय बितिसक्दा पनि बस्ती निर्माण तथा स्थानान्तरणको काम अघि बढ्न सकेको छैन ।

उनले भने, ‘२०७६ सालमा भदौ १२ गते राम्चोबाट अन्यन्त्र सार्ने गरी एकीकृत नमुना बस्तीको तामझामसाथ उद्घाटन भए पनि हालसम्म कुनै कार्य हुन सकेको छैन । २०७८ सालमै गरेको अध्ययनले यो क्षेत्रलाई उच्च जोखिम घोषणा गगर्दै यस क्षेत्रमा बसोबास नगर्न सुझाव दिएको थियो । तर हालसम्म पनि हामीले कुनै कार्य गर्न सकेका छैन ।’

२०७८ सालमा गरिएको भौगर्भिक अध्ययनले समेत राम्चे क्षेत्रलाई उच्च जोखिमयुक्त घोषणा गर्दै त्यहाँ बसोबास नगर्न सुझाव दिएको सांसद खनालले बताए । जोखिमबारे पटक–पटक अध्ययन र चेतावनी भए पनि हालसम्म प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने ठोस पहल हुन नसकेको उनले उल्लेख गरे ।

जिल्ला विपद् व्यवस्थापन समितिले केही दिनअघि गरेको स्थलगत अनुगमनले समेत राम्चेका सबै ४२ घरपरिवार उच्च जोखिममा रहेको निष्कर्ष निकाल्दै उनीहरूलाई अन्यत्र स्थानान्तरण गर्न सुझाव दिएको खनालले उल्लेख गरे । 

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.