राजनीति

    Showing 4,221-4,230 of 10,319 items.
  • गोपिकृष्ण आवास आयोजना क्षेत्रमा अतिक्रमित जग्गा फिर्ता गर्न माग

    काठमाडौं— काठमाडौं महानगरपालिका वडा नम्बर ७ को वडाअध्यक्ष विमल होडाले पन्चवर्षीय कार्ययोजना अन्तर्गत वातावरण, सम्पदा, स्वस्थ्य, शिक्षालगायत अरु विकास निर्माणका कामहरु गरिरहेको बताएका छन् ।आइतबार काठमाडौंको गोपिकृष्ण आवास आयोजनाको खुल्ला क्षेत्रमा निर्मित शिव पन्चायन मन्दिर भजन मण्डल हरियाली उद्यान उद्घाटन समारोहमा बोल्दै उनले शिव पञ्चायन मन्दिर बन्नु भन्दा अघि यस क्षेत्रमा चोरी, आतंक हुने, नकरात्मक गतिविधी हुने गरेको र अहिले सुरक्षा बढेको  बताए । उनले भने ‘शिव पन्चायन मन्दिर बन्नुभन्दा अघि यो ठाँउ चोरी र आतंकका गतिविधि हुन्थे । नकरात्मक गतिविधी हुने गरेको थियो । अहिले सुरक्षा बढेको छ

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 574 पटक पढिएको
  • गृहमन्त्री लेखक भन्छन लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रले चित्त दुखाउनु पर्दैन

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरूले चित्त दुखाउनु नपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज पर्सामा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति सही भएको बताए । ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो । हामीले हाम्रो भूमिलाई हाम्रो भूमि होभन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन,’ उनले भने, ‘यसमा मित्रराष

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 700 पटक पढिएको
  • पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न प्रचण्डको निर्देशन

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै, संगठन निर्माणका लागि आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् ।बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष प्रचण्डले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे ।उनले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भएपनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताए ।भर्चुअल बैठकमा सहभागी हुनको कारण स्पष्ट पार्दै अध्

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 602 पटक पढिएको
  • एससीओ शिखर सम्मेलनपछि मोदी र पुटिन एउटै गाडीमा अमेरिकी शुल्कबारे छलफल

    काठमाडौं— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि तिआनजिनमा भएको द्विपक्षीय बैठक स्थलमा एउटै गाडीमा सँगै गएका छन् ।सो अवसरको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै प्रधानमन्त्री मोदीले लेखे, “एससीओ शिखर सम्मेलनको कार्यसूचीपछि राष्ट्रपति पुटिनसँग म द्विपक्षीय बैठक स्थलमा सँगै गइरहेको थिएँ । उहाँसँगका वार्तालापहरू सधैँ गहन हुन्छन् ।”यो भेटघाट भारत–रुसबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रयास भइरहेको अवस्थामा भएको हो । जब वाशिङ्टनसँगको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ । अमेरिकाले हालै भारतीय वस्तुमा ५० प्रतिशतसम्म शुल्

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 669 पटक पढिएको
  • प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।सोमबार शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।आजै प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छ

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 802 पटक पढिएको
  • संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा

    काठमाडौं— संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा हुन लागेको छ । मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रकाश पार्न देशका विभिन्न ठाउँमा जनजागरण अभियान गर्दै आएको मोर्चाले सोमबार विराटनगरको अतिथि सदनमा कार्यक्रम गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा हुन लागेको कार्यक्रममा मोर्चासम्बद्ध पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।मोर्चाले आगामी भदौ १८ गते राजविराज, २० गते जनकपुर र २२ गते वीरगञ्जमा जनजागरण अभियान गर्ने कार्यतालिका बनाएक

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 465 पटक पढिएको
  • प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिथसँग भेटवार्ता गरेका छन्।सोमबार शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले बिहान लाओका राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । उनले यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता गरिसकेका छन्।

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 583 पटक पढिएको
  • महासंघका अध्यक्ष ढकाल र कतार चेम्बरका अध्यक्ष अलथानी बीच कतारमा भेटवार्ता

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र कतार बीच आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढिकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक छिट्टै काठमाडौंमा आयोजना गर्ने सहमती भएको महासंघका अध्यक्ष ढकालले जानकारी दिए । उनले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) दुवै देशबीच व्यापार तथा लगानी प्रवद्र्धनको महत्वपूर्ण संयन्त्र बनेको उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउन सदस्य सू

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 346 पटक पढिएको
  • राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

    काठमाडौं— संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ ।दिउँसो सवा ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्ताव गर्ने पनि कार्यसूची राखिएको छ । त्यस्तै ,राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ का

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 524 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् ।चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने छन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् ।आजै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेट

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 557 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.