राजनीति

    Showing 3,111-3,120 of 7,540 items.
  • जनयुद्धलाई अपमानित र अवमूल्यन गर्नेकुरा सैह्य हुन्नः शक्तिबहादुर बस्नेत

    काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेतले माओवादी जनयुद्धलाई अपमानित गर्ने र अवमूल्ययन गर्ने कुनैपनि गतिविधि स्वीकार्य नहुने बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै बस्नेतले नेपालको संविधान, शान्ति प्रक्रियाको भावना र जनयुद्धको भुमिकालाई अवमूल्यन र अपमानित गर्नेगरी एमाले सांसद योगेशकुमार भट्टराईले संसदमा बोलेको विचारप्रति आफ्नो दलको असहमती, आपत्ति र विरोध कायमै रहेको समेत बताए । उनले सो सम्बन्ध स्पष्ट पार्न पनि सम्बन्धित दलसँग माग गरेका छन् । उनले भने, ‘नेकपा माओवादीको नेतृत्वमा सञ्चालन भएको १० वर्षे जनयुद्ध, जसलाई विस्तृत शान्ति सम्झौता र संविधानले सशष्त्

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 426 पटक पढिएको
  • संसदको अवरोध हट्यो, प्रधानमन्त्रीले सम्बोधन गर्दै

    काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरोध नगर्ने भएको छ ।      प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणअघि आज संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेकाले माओवादी केन्द्र सदनको अवरोध हटाउन सहमत भएका हो । यद्यपी हिंसा शब्द संसदको रेकर्डबाट हटाउनु पर्ने आफूहरुको अडान भने कायमै रहेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । ‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा नै छौं, तर प्रधानमन्त्री विदेश जाने विषयमा सदनमा बोल्न बाधा गरेनौं । सभामुखको विरोधमा छैनौं, बैठकको सुरुमा आफ्ना कुरा राखेर अवरोध हटाउँछौं’, पाण्डेले

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 330 पटक पढिएको
  • आज प्रतिनिधि सभामा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको तयारी

    काठमाडौं – माओवादी केन्द्रले संसद चलाउन सकारात्मक देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने तयारी गरेका छन् । बैठक आज अपराह्न १ बजे बस्ने गरी तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठकमा ‘तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालित सशस्त्र सङ्घर्षलाई सत्तारुढ नेकपा (एमाले)का सांसदले ‘हिंसा’ का रूपमा टिप्पणी गरेपछि विवाद सिर्जना भएको हो । माओवादीले एमाले सांसद योगेश भट्टराईले हिंसा भनेर  असंवैधानिक शब्द प्रयोग गरेको’ भन्दै बैठक अवरुद्ध गर्दै आएको छ । माओवादी केन्द्रले संसद् बैठकमा प्रस्तुत भएको ‘माओवादी हिंसा’ भन्ने श

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 435 पटक पढिएको
  • माओवादी केन्द्र सरकार बनाउने खेलमा लाग्दैन् : अध्यक्ष प्रचण्ड

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी अब सरकार बनाउने वा भत्काउने खेलमा नलाग्ने बताएका छन् । झापाको बिर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादी केन्द्र अब जनतालाई संगठित गर्दै जनतासँग जाने र सत्ताको खेलमा नलाग्ने धारणा राखेका हुन् । कार्यक्रममा पुराना कम्युनिष्ट नेता लोकबन्धु कन्दङ्वासहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 412 पटक पढिएको
  • माओवादी केन्द्रलाई काँग्रेसले भन्योः संसद अवरुद्ध गर्नुपर्ने कारण नै छैन

    काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध नगर्न नेकपा (माओवादी केन्द्र) लाई आग्रह गरेको छ ।काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदमा प्रयोग हुँदै आएको हिंसा शब्दलाई लिएर संसद बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता नदिन माओवादीलाई आग्रह गरेका हुन् । महतले एउटा सांसदले संसदमा प्रयोग गरेको शब्दलाई कोटयाईरहनुपर्ने आवश्यक्ता नभएको जिकिर समेत गरे । नकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसदमा बोल्ने क्रममा हिंसा शब्द प्रयोग गरेपछि माओवादी केन्द्रले आपत्ति जनाउँदै त्यो शब्द संसदका रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग माग गरेको थियो । तर सभामुख घिमिरेले सो शब्द

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 323 पटक पढिएको
  • गगन थापाको आरोप : नेपालका राजनीतिक दलप्रति चीनको नीति स्पष्ट छैन

    काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन् । काठमाडौंमा आज सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । थापाले चीनको सरकारले एकातिर सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने र अर्कोतिर वामपन्थीहरु मिल्नुपर्छ भन्दै हिँड्ने गरेको आरोप लगाए । उनले भने ‘म नेपाली काँग्रेसको कार्यकर्ता, चीनको सरकारले आएर के भन्छ भने सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्छ । त्यही चीनको सरकारको मान्छे फेरि एकछ

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 365 पटक पढिएको
  • राष्टिय सभामा सभामुखको आलोचना, एमाले कार्यकर्ताको रुपमा प्रस्तुत भएको आरोप

    काठमाडौं- नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे एमाले कार्यकर्ताको भुमिकामा देखिएको आरोप लगाएका छन् । आज राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले सभामुख घिमिरेले हिंसा शब्दलाई संसदको रेकर्डबाट नहटाउने निणर्य लिएर एमालेको कार्यकर्ताको रुपमा प्रश्तुत भएको जिकिर गरे । प्रतिनिधि सभा बैठकमा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय भएको भन्दै माओवादी केन्द्रका सांसदहरुले संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । तर सभामुख घिमिरेले सो शब्द असंसदीय नभएको भन्दै संसदको रेक

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 328 पटक पढिएको
  • संसद अवरोध गर्ने/नगर्नेबारे माओवादीले संसदीय दलको बैठकमा छलफल गर्ने

    काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले संसद अवरोध जारी राख्ने भएको छ ।आज सिंहदरबारमा सभामुख देवराज घिमिरेसँग प्रमुख सचेतकहरुको छलफलमा पनि बैठक निस्कर्षमा पुग्न नसकेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले आफूहरु छलफलकै क्रममा रहेको र पार्टी संसदीय दलको बैठकमा सभामुखसँग भएको छलफलबारे कुरा राख्ने बताए । उनले संसदमा भदौ १२ गते नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा शब्दमा मात्रै नभइ समग्र जनयुद्धको भावमा प्रहार भएको आरोप लगाए ।  पाण्डेले सदनको अवरोध जारी राख्ने वा हटाउने भन्ने विषयमा आफूहरु अहिले छलफलकै क्रममा रहेको बताए ।

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 366 पटक पढिएको
  • प्रचण्डलाई काँग्रेस सांसदको चेतावनी : जथाभावी बोलेर जनतामा भ्रम छर्ने काम बन्द गरौं

    काठमाडौं- सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा भ्रम छर्ने अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाएका छन् । आज राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले माओवादी अध्यक्ष प्रचण्डले सत्ताबाट बाहिरिने बित्तिकै जथाभावी बोल्ने काम गरेको भन्दै आपत्ति जनाए । दाहालले मुलुक बंगलादेश र श्रीलंका हुने चेतावनी दिएर जनतामा भ्रम छर्ने प्रयास गरेको जिकिर गर्दै सांसद श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रताको नाममा जथाभावी बोल्दै हिँड्ने काम नगर्न चेतावनी समेत दिए । श्रेष्ठले भने, ‘सरकारबाट निस्कन पाएको छैन-ब

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 265 पटक पढिएको
  • गिरिबन्धु टी स्टेटको जग्गा समस्या समाधान समितिको ज्ञापनपत्र बुझ्दै प्रचण्डले भने- बेथिति र विचलनविरुद्ध बोल्दा सरकारै छोड्नुपर्‍यो

    झापा— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार नै छोड्नुपरेको बताएका छन्।आइतबार बिहान झापाको बिर्तामोडमा प्रचण्डले गिरिबन्धु टी स्टेटको जग्गा समस्या समाधान समितिको ज्ञापनपत्र बुझ्दै यस्तो दावी गरे । गिरीबन्धु टी स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१ विघा जग्गाका स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल रहने बताए।आइतबार बिहान सोही ५१ विघा जग्गामा भारतीय दूतावासको लगानीमा बनेको टेकबहादुर गिरी बसपार्कमा उक्त जग्गाको कित्ताकाट तथा किनबेच रोकिएको विषयमा स्थानीयवासीले पूर्व

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 420 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा