राजनीति

    Showing 3,081-3,090 of 10,314 items.
  • पक्राउ पर्ने डरले भागेका खालिदा जियाका छोरा रहमान १७ बर्षपछि आफ्नै देश फर्किए

    एजेन्सी— बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षपछि स्वदेश फर्किएका छन् । उनको पार्टी बीएनपीका एक लाख कार्यकर्ता ढाका विमानस्थल नजिकै उनको स्वागत गर्न भेला भएका छन् । रहमान २००८ मा पक्राउबाट बच्न लन्डन भागेका थिए । त्यतिबेला हसिना सरकारको समयमा उनीविरुद्ध धेरै भ्रष्टाचारका मुद्दाहरू लगाइएको थियो ।बंगलादेशमा अर्को वर्ष फेब्रुअरी १२ मा आम चुनाव हुने तय भएको छ । शेख हसिनाको पार्टी, अवामी लिगलाई प्रतिबन्ध लगाइएकोले बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) विजयको प्रमुख दावेदार मानिएको छ । बीएनपीकी अध्यक्ष खालिदा जिया ८० वर्षकी र सिकिस्त बिरामी रहेकाले रहमानलाई बंगलादेशको

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 527 पटक पढिएको
  • जनकपुरधाममा ई–रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

    जनकपुर— जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापान, सञ्चालन तथा दर्ताको विषयमा भइरहेको समस्या समाधानका लागि पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।आज जनकपुरधाममा बसेको जिल्लास्थित यातायात व्यवस्था समितिको बैठकले मधेस प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐनअनुसार १५ दिनभित्र उक्त विषयका सन्दर्भमा अध्ययन गरी सम्बन्धित निकायमा प्रतिवेदन पेस गर्नेगरी अध्ययन समिति गठन गरेको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलकोको अध्यक्षतामा आज जनकपुरधाममा बसेको बैठकले यातायात कार्यालय धनुषाका प्रमुख धनञ्जयकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ । समि

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 551 पटक पढिएको
  • निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।पार्टीको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनमा परिचालन भएका स्वयंसेवकहरुलाई प्रमाणपत्र प्रदान गर्दै उनले निर्वाचनका निम्ति शान्तिपूर्ण वातावरण बन्नुपर्ने  बताउँदै त्यसो भएमा आफ्नो दल सहभागी हुन्छ भने।  त्रास र असुरक्षाकाबीच निर्वाचनको वातावरण नबन्ने  अध्यक्ष ओलीको कथन थियो । जेन-जी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र जेलबाट भागेकाहरूबाट सुरक्षा चुनौती थपिएकोतर्फ लक्ष्य गर्दै उनले शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउने दायित्व सरकारको हो भने।&n

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 532 पटक पढिएको
  • ओली भन्छन युवाको आचरण र अनुशासन नै देशको ठूलो चुनौती

    काठमाडौं— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको प्रमुख समस्या युवाले सही कुरा बुझ्ने, सही आचरण अपनाउने र आफूलाई सही ढङ्गले प्रस्तुत गर्ने विषयसँग जोडिएको बताएका छन् ।बिहीबार एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले समाजमा गलत प्रवृत्ति बढ्दै गएको उल्लेख गरे । उनले देशका केही चर्चित व्यक्तिहरू नै नशामा भेटिने गरेको भन्दै त्यसलाई सामान्यीकरण गर्न खोजिएकोप्रति चिन्ता व्यक्त गरे ।उनले भने, ‘आज देशको एउटा के समस्या हो भने युवाहरुले ठिक कुरा बुझ्नु, ठिक आचरण गर्नु र ठिक ढङगले आफुलाई प्रस्तुत गर्नु देशकै समस्या भएको छ । त्य

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 549 पटक पढिएको
  • विप्लव भन्छन देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै छ

    काठमाडौं— नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै रहेको बताएका छन्।बिहीबारदेखि राजधानीको बुद्धनगरमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै महासचिव चन्दले अहिलेको चुनावी प्रक्रिया दोबाटोमा उभिएको उल्लेख गरे ।उनले सरकारले प्रस्ताव गरेको निकासमा जाने वा त्यसअगावै नयाँ राजनीतिक वातावरण निर्माण गर्ने भन्ने विषयमा बहस चलिरहेको बताए ।उनले भने, ‘चुनाव अहिले दोबाटोमा उभिएको छ । हालको राज्य र सरकारले प्रस्ताव गरेको निकासमा जाने कि त्यो निकासअगावै नयाँ वातावरण बनाएर अघि बढ्ने भन्ने बहस छ । विश्वसनीयता गुमेको र अवस्था अस्वस्थ्य भए

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 462 पटक पढिएको
  • रविले बालेन भेट्दै, निर्णायक छलफल हुने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता हुँदैछ ।सोमबार राति लामो समय छलफल गरेका उनीहरुबीच आज हुने छलफललाई निर्णायक भनिएको छ । स्रोतका अनुसार छलफलका लागि बालेनलाई भेट्न रवि ललितपुरको कुपोण्डोल जाँदैछ ।यसअघि सोमबार राति कमलपोखरीमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए । अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरु निकट नेताहरुले बताएका

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 508 पटक पढिएको
  • शहीद परिवारका सदस्यहरुले दिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी

    जनकपुर— मधेश प्रदेशमा रहेका शहीद परिवारका सदस्यहरुले सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।बुधबार जनकपुरधाममा पत्रकार सम्मलेन गर्दै मधेशी शहीद प्रतिष्ठानका सदस्यहरुले सरकारले आफूहरुलाई हदै सम्मको बेवास्ता गरेको भन्दै एक हप्ता पछि सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।शहीदको नाममा नेता र मन्त्री बनेकाहरुले संघियता ल्याउन आफ्नो बलिदानी दिएका शहीद र उनीहरुको परिवारका सदस्यहरुलाई झुक्काउन मात्र खोजेको मधेशी शहीद प्रतिष्ठानका सदस्य एवम सहिद चंदिन पटेलका पिता अवदेश पटेलले बताए ।उनले शहीद परिवारका निम्ति बनाइएको मधेशी शहीद प्रतिष्ठानको नाममा १० करोड बजेट बिनियोजन गरिने भनिएकोमा जम्मा २ करोड

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 469 पटक पढिएको
  • प्रदेशस्तरीय विरोध सभा गर्दै जसपा नेपाल

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ ।२८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले शनिबारदेखि प्रदेशस्तरीय विरोध सभा गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।बस्नेतका अनुसार प्रदेशस्तरीय कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, १४ गते मधेस प्रदेशको जनकपुरमा, १५ गते वीरगञ्जमा र १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभाको आयोजना गर्न लागिएको हो ।यसबीच सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण, पार्टी प्रदेश समितिहरुको अधिवेशनसमेत सम्पन्न गरिएकोे उनको भनाइ छ ।जसपा नेपालले सङ्घर

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 495 पटक पढिएको
  • पूर्वदलीय विवाद टुंग्याउँदै राप्रपा र राप्रपा नेपाल एकतामा

    काठमाडौं— लामो समयदेखि विभाजित रहेका राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच बुधबार एकता सहमति भएको छ।राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले एकता सहमति पत्रमा साँझ ७ बजे हस्ताक्षर गरेका हुन् ।अनुसार सहमति भए पनि पद बाँडफाँटको कुरा नभएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।उनले भने, ‘अहिलेसम्म सहमति मात्र भएको छ, पद बाँडफाँटको कुरा भइसकेको छैन। कमल थापा कुनै बार्गेनिङ नगरी एकताका लागि तयार हुनु भएको छ।’पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग हुने घोषणा गरेका थिए। त्यसअघि ०७८ मंसिरमा भएको महाधिवेशनमा आफूलाई पराजित

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 476 पटक पढिएको
  • क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस्ः राष्ट्रपति पौडेल

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’को आवसरमा शुभकामना व्यक्त गरेका छन् ।उनले क्रिसमसले समाजमा आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका हुन् ।उनले शुभकामना सन्देश मार्फत यस पर्वले प्रेम, क्षमा, दया र शान्तिको मूल्यमा आधारित जीवनशैलीलाई बढावा दिई विभिन्न सांस्कृतिक र धार्मिक समुदायबीच आपसी समझदारी र भाइचारो मजबुत बनाउन सहयोग पुग्ने उल्लेख गरे ।राष्ट्रपतिले क्रिसमसको अवसरलाई सबै नेपालीबीच विश्वास, एकता र सामाजिक मेलमिलापको सन्देश फैलाउने अवसरका रूपमा लिन सुझाव दिए ।

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 539 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.