राजनीति

    Showing 3,041-3,050 of 9,530 items.
  • जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ हुँदा निर्दोष नवयुवकहरूले ज्यान गुमाए : देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते भएको जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार लिखित धारणा राख्दै देउवाले घुसपैठका कारण प्रदर्शनले अर्कै रूप लिँदा निर्दोष नवयुवकहरूले ज्यान गुमाएको बताए । गत भदौ २४ गतेपछि मंगलबार सार्वजनिक रूपमा देखिएका देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्वबहादुर खड्कालाई हस्तान्तरण गरेका छन् । 

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 496 पटक पढिएको
  • कांग्रेस निर्वाचनबाट भाग्दैन् तर सरकारले वातावरण बनाउनुपर्छ : खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले कांग्रेस निर्वाचनबाट नभाग्ने तर सरकारले चुनावी वातावरण बनाउनुपर्ने बताएका छन् ।उनले पार्टी भित्र र बाहिर पार्टी एकता आवश्यक रहेको बताउँदै त्यसका लागि केन्द्रीय समितिको बैठक महत्वपूर्ण रहेको बताएका छन् । मंगलबार केन्द्रीय समितिको बैठकमा सहभागी हुनेक्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टी भित्र र बाहिर एकतावद्धरुपमा लिएर जानु आजको आवश्यकता रहेको औंल्याएका हुन् । ‘हामी केवल कांग्रेस भित्रको एकता मात्र कुरा गरिरहेका छैनौं । संविधान, देश, प्रजातन्त्रलाई स्थिरता बनाउनेक्रममा छौं । अन्य पार्टीहरुसँग सल्लाह गरेर अगाडि बढाउन यस पटकको बैठक ए

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 387 पटक पढिएको
  • हस्ताक्षर फिर्ता गराइएका चारजना विशेष महाधिवेशनकै पक्षमा

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका चार जनाले आफूहरूको हस्ताक्षर फिर्ता नभएको स्पष्ट पारेका छन् । मोरङका चारजना महाधिवेशन प्रतिनिधिहरूले सुरुमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेपनि जिल्लाका पदाधिकारीहरूले आफूहरूलाई झुक्याएको आरोप लगाएका छन्। पदाधिकारीहरूले विशेष महाधिवेशनका लागि भन्दै नियमित महाधिवेशनमा हस्ताक्षर गराएकाले फिर्ता लिएको उनीहरूको भनाइ छ । मोरङको क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि निरा कट्टेल तथा जानकी कुमारी केवरत र मोरङ ५ का महाधिवेशन प्रतिनिधि जिरालाल मण्डल तथा बिमलादेवी राजवंशीले आफूहरू नियमित महाधिवेशन नभई विशेष महाधि

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 254 पटक पढिएको
  • प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च पुगे तीनवटा रिट

    काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अहिलेसम्म तीनवटा रिट पेस भइसकेको कुरा बताए। ‘तीनवटा रिट आइसकेका छन्। दर्ता भइसकेको छैन। साथीहरुले अध्ययन गरिरहनु भएको छ’, प्रवक्ता कोइरालाले भने। सर्वोच्च अदालतले मंगलबारदेखि नै रिट दर्ता गर्ने निर्णय गरेको हो र पहिलो दिन नै अदालतमा रिट पेश भएको हो। प्रतिनिधि सभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरिएको छ।सरकारलाई असंवैधानिक घोषणा गर्न र संसद् पुनर्स्थापना गर्न माग गर्दै सिन्धुलीका युवराज पौडेल सफलले पनि रिट दायर गरेका छन्।

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 267 पटक पढिएको
  • पानी बाँड्न हिँडेका सुधन गुरुङले कसरी कब्जा गरे सरकार ?

    काठमाडौं । भदौ २३ को जेनजी आन्दोलनमा पानी बाँड्न गएको भन्ने र विदेशी एजेन्सीको शंकास्पद एजेन्टका रूपमा काम गर्ने व्यक्तिले अन्तरिम सरकार आन्दोलनका उपलब्धि कब्जा गर्न खोजेको भन्दै स्वतन्त्र जेनजी समूहले आपत्ति जनाएको छ ।स्वतन्त्र जेनजी समूहका संयोजक तथा आन्दोलनको घाइते समेत रहेका रुपेन्द्र दाहालले वक्तव्य जारी गर्दै वास्तविक जेनजीलाई ओझेलमा पारेर सुधन गुरुङजस्ता आइएनजिओ र विदेशी दूतावासबाट परिचालित अदृश्य शक्तिले राष्ट्रिय स्वाधीनता र संविधानमाथि नै हमला गर्न खोजेको आरोप लगाएका छन् ।स्वतन्त्र जेनजी समूहले विदेशी शक्तिले अन्तरिम सरकार चलाउन थालेको भन्दै यसविरुद्ध स्वतन्त्र जेनजी समूह नेपालले कात

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 442 पटक पढिएको
  • पूर्वसभामुख महराको थुनछेक सम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

    काठमाडौं— पूर्वसभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस मंगलबार हुँदैछ। काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसपछि उनी धरौटीमा छुट्ने कि थुनामै रहने भन्ने आदेश आउनेछ।सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता दर्ता गरेको थियो। महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग दाबी गरिएको छ ।उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ। २०७९ पुस १० मा फ्लाई दुबईको फ्लाइट एफजेट ०५८७ नम

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 642 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय समिति बैठक आज, शेरबहादुर देउवा सहभागी हुने

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।जेन–जी आन्दोलनपछि पहिलोपटक बस्न लागेको बैठकका एजेन्डा सार्वजनिक भएका छैनन् । एजेन्डा टुंगो लगाउन बिहान ११ बजे कार्य सम्पादन समितिको बैठक बस्दै छ ।कांग्रेसमा महाधिवेशन र नेतृत्व परिवर्तनको विषय जोडतोडका साथ उठेको छ ।बैठकमा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी हुने जनाइएको छ । २४ भदौमा जेन–जीको आक्रमणबाट घाइते भई उपचारपछि गोप्य रहेका देउवा आज सार्वजनिक हुन लागेका हुन् ।बूढानीलकण्ठस्थित निवासमा आगजनी भएका कारण देउवा अन्यत्र बस्दै आएका छन् ।

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 551 पटक पढिएको
  • कांग्रेसको महाधिवेशन चुनावअघि नै गर्न नेविसंघको माग

    काठमाडौ। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणामाथि भएको कथित सुनियोजित कुटपिटको भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जेन-जी आन्दोलनपछिको परिस्थितिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो माग राखेका हुन्। उनले आन्दोलनले उठाएका मुद्दाहरूलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।शेर्पाले राजनीतिक दलहरूको पुनर्संरचना आवश्यक रहेको बताउँदै पार्टी, संसद र स्थानीय तहमा ४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने माग अघि सारे। उनले युवाहरूलाई राजनीतिक प्रक्र

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 388 पटक पढिएको
  • कृष्ण बहादुर महरालाई अदालत उपस्थित गराइँदै

    काठमाडौँ । पूर्वसभामुख कृष्ण बहादुर महरालाई प्रहरीले आज अदालत उपस्थित गराउन लागेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले बताए । महरालाई म्याद थप गर्न सरकारी वकिलमार्फत प्रहरीले सोमबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदै छ । एसएसपी श्रेष्ठले भने, ‘हामी कानुन बमोजिम अनुसन्धान अघि बढाउँछौँ ।’ सीआईबीले महरालाई २०८० चैत ५ मा पनि पक्राउ गरेको थियो । त्यसबेला बयान प्रक्रिया पूरा गरेर उनी हाजिर जमानीमा

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 408 पटक पढिएको
  • गगन थापा भन्छन् देउवा, ओली र प्रचण्डलाई बिदा गरौँ

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेतालाई तत्काल बिदाइ गर्न आग्रह गरेका हुन्।  उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बिदाइ गर्न भनेका हुन्। उनले यसका लागि तीनवटै पार्टीमा संवाद सुरु गर्नुपर्ने पनि बताएका छन्।  उनले 'इफ, बट' केही नभनी तीनै दलका नेताहरूले उनीहरूलाई बिदा गर्न भन्नुपर्ने पनि बताएका छन्। सुधारको सुरुवात गरेर संवादको थालनी गर्नुपर्ने थापाको भनाइ छ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 722 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.