काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले वर्तमान सरकारको कार्यशैली गैर जिम्मेवारपूर्ण रहेको भन्दै आक्रोस् व्यक्त गरेका छन् ।सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जेनजी आन्दोलनमा विध्वंस मच्चाउने अपराधीहरु एक जनालाई पनि सरकारले कारबाही गर्न नसकेको बताउँदै सरकारको अर्कमण्यता देखिएको बताए ।उनले भने,‘जेनजी आन्दोलनमा विध्वंस मच्चाउने राष्ट्रकै अपराधीहरु हुन् । उनीहरुलाई अहिलेको सरकारले कारवाही गर्छ कि गर्दैन ? आज सिंगो देशमा प्रश्न उठाइरहेको छ । आजसम्म ती अपराधीहरु एकजनालाई पनि कारबाही गरेको छैन । म यो सरकारको अर्कमण्यता, गैर जिम्मेवारीप्रति आक्
काठमाडौं— पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा गहन उपचारपछि सोमबार स्वदेश फर्किएकी छन् ।जेनजी आन्दोलनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते भई जीवन–मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनी नेपाल फर्किएकी हुन् ।सोही क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जेनजी भाइवहिनीहरुले अवोधपनको मकुन्डो ओडेर देशलाई नष्ट पार्न खोज्नेहरुलाई यो सरकारले छिटै चिनेर कारवाही गर्नुपर्ने माग गरेकी छन् ।उनले भनिन्, ‘भाइवहिनीहरुको अवोधपनको
काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुनुपर्ने बताउनुभएको छ ।आज बिहान सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले महाधिवेशनबाट नयाँ नेतृत्व, जेनजी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई चलायमान बनाइ पार्टी निर्वाचनमा होमिनुपर्नेमा जोड दिनुभयो । कांग्रेसले यही पुस २६ देखि २९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।उहाँले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु नै जेनजी आन्दोलनको भावना र चाहना भएको बताउँदै कांग्रेसको प्राथमिकता पनि
एजेन्सि— बंगलादेशमा इन्कलाब मञ्चसँग सम्बन्धित विद्यार्थी नेता उस्मान हादीको हत्यापछि अब अर्का नेतालाई सार्वजनिक स्थानमा गोली हानिएको छ।बंगलादेशको अखबार 'ढाका ट्रिब्यून' का अनुसार राष्ट्रिय नागरिक पार्टी (एनसीपी) को खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्तिका केन्द्रीय संयोजक मोतेलेब सिकदरलाई सोमबार बिहान करिब ११:४५ बजे खुलनाको सोनाडाङ्गा क्षेत्रमा गोली हानिएको हो।अस्पताल स्रोतलाई उद्धृत गर्दै उक्त पत्रिकाका अनुसार सिकदरलाई खुलना मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ।यस घटनामा सोनाडाङ्गा मोडेल प्रहरी चौकीका इन्चार्ज (अनुसन्धान) अनिमेष मण्डलले भने कि सिकदरलाई 'अज्ञात आक्रमणकारीहरूले गोली हानेका थिए र
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले विदेशमा भएका नागरिकलाई भोटिङ्को अधिकार सुनिश्चितता गर्न नसके कानूनी प्रावधान गरेर भएपनि अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।सोमबार बसेको सर्वदलीय बैठकमा उनले विदेशमा भएको नागरिकको भोटिङ्को अधिकारको लागि कानूनी प्रावधान गरेर अगाडि बढ्नको लागि निर्वाचन आयोग र सरकारलाई ध्यानाकर्षण गराएका छन् ।उनले भने, ‘समयले विदेशमा भएका नागरिकलाई भोटिङ्को अधिकार सुनिश्चितता गर्न सक्दैन भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सम्पूर्ण दलहरुलाई कम्तीमा कानूनी प्रावधान गरेर जाऔं भन्न चाहन्छु । जसका कारण चुनावमा स्पष्ट तरिकाले अगाडि बढ्न पाइन्छ । हामीले पटक
काठमाडौं— नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन आग्रह गरेका छन् ।सोमबार सिंहदरबारमा जारी सर्वदलीय बैठकमा कांग्रेसको तर्फबाट बोल्दै उनले निर्वाचन नभए देशले निकास नपाउने पार्टीको धारणा रहेको बताउँदै उम्मेदवार सिफारिस पनि कांग्रेसले गरिसकेको बताए ।उनले भने,नेपाली कांग्रेले फागुन २१ को निर्वाचनमा सहभागी हुने तय गरेको छ । निर्वाचनबिना देशले निकास पाउँदैन । त्यो नेपाली कांग्रेसको धारणा हो । फागुन २१ गते भन्दा कुनै तलमाथि नगरी निर्वाचन गर्न कांग्रेसको आग्रह छ । निर्वाचनको लागि पार्टीभित्रको तयारी गरिसकेको छौं । उम्मेदवारी सिफारिस तहगत रुपमा ल्याइसकेका छौं
काठमाडौं— नेपाल मज्दुर किसान पार्टीका नेता प्रेम सुवालले चुनाव जित्न र सरकारमा पुग्न सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढेको बताएका छन् ।सोमबार भएको सर्वदलीय बैठकमा उनले सिद्धान्तहीन गठबन्धनले देशमा भ्रष्टाचार बढेको भन्दै पद नपाएसम्म इमानको कुरा गर्ने पाएपछि बेइमान गर्ने राजनीतिले जनतालाई धोका भएको बताए ।उनले भने, ‘चुनाव जित्न र सरकारमा पुग्न सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढेको हो । पद नपाएसम्म इमानको कुरा गर्ने पाएपछि बेइमान गर्ने राजनीतिले देश र जनतालाई धोका भएको हो ।’यस्तै, उनले धेरै पटक प्रधानमन्त्री र मन्त्री हँदैमा त्यो जनताको नहुने रहेछ भन्ने
काठमाडौँ। सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ ।निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन् । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० जना भने समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्य
काठमाडौं— संघीय संसद अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दैछ ।मंगलबार विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेका हुन् ।विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे १० बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको छ । बैठकमा उत्तरविधायिकी परिक्षण सम्बन्धी छलफल गर्ने कार्यसूचीमा तय गरिएको छ ।यस्तै दिनको २ः३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्ययोजना र राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने ९इएलए०को सहजीकरण सम्बन्धमा छलफल गरिने कार्यस
डोटी— डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर २ स्थित समाज कल्याण जनजागृत वन उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर पुन मगरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।आयोगले मगरसहित उपभोक्ता समितिका सचिव तारादेवी साउद र कोषाध्यक्ष दिलबहादुर साउदलाई पनि प्रतिवादी बनाएको छ ।तीनै जनाविरुद्ध ३ लाख १ हजार ९९६ रुपैयाँ बिगो कायम गरिएको छ ।वन क्षेत्रमा वृक्षारोपणको लागि डिभिजन वन कार्यालय डोटीबाट ६७ हजार ५ सय रुपैयाँ लिएको भए पनि वृक्षारोपण नगरेको पाइएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.