काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापना भएपछि मुलुकले हासिल गरेका उपलब्धिमाथि योजनाबद्ध रूपमा नकारात्मक प्रचार भइरहेको बताएका छन् ।बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले गणतन्त्रपछि भएका राजनीतिक, सामाजिक र भौतिक विकासलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको बताएका हुन् ।उनले भने, ‘नेपालमा गणतन्त्र भएपछि विकसित भएका थुपै सकारात्मक कुराहरू माथि अत्यन्तै नकारात्मक ढङ्गले झुटप्रचारको प्रहार गरिएको छ । भौतिक पूर्वाधारको क्षेत्रमा भएको अभूतपूर्व विकासला
काठमाडौं / नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र तथा संविधानद्वारा सुनिश्चित जनअधिकारमाथि विभिन्न चुनौती देखिएको बताएका छन् ।बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले सही क्रान्तिकारी कार्यदिशाका आधारमा कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन, रूपान्तरण र एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र र संविधानद्वारा सुनिश्चित जनअधिकारमाथि विभिन्न प्रकारका चुनौतीहरू देखापरिरहेका छन् । यस्तो परिस्थितिमा राष्ट्रको स्वाधीनता, राष्ट्रिय
काठमाडौं / सरकारले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै गुठी संस्थानको प्रशासक पदमा शैलेशराज कुँवरलाई नियुक्त गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । यस्तो छन् बैठका मुख्य निर्णयहरुः१. विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका माननीय न्यायाधीश श्री वासुदेव आचार्यलाई तोक्ने ।२.
जनकपुर / नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशमा पार्टीलाई सुदृढ बनाउन नसकिए देश र समग्र कम्युनिष्ट आन्दोलनले ठूलो क्षति व्यहोर्नुपर्ने दाबी गरेका छन् ।नेपाली कम्युनिष्ट पार्टी, मधेश प्रदेशद्वारा बुधबार जनकपुरधाममा आयोजित ‘एकता बैठक तथा प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश विकास, राजनीतिक तथा सामाजिक हिसाबले चुनौतीपूर्ण भए पनि पार्टी र राष्ट्रका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले मधेशमा पार्टीलाई थप संगठित र सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै मधेशमा राम्रो पार्टी बनाउन नसकिए देश र कम्युनिष्ट
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। बीपी स्मृति दिवसको कार्यक्रममा नेता तथा पूर्वमुख्यमन्त्री केदार कार्कीले महामन्त्री गगन थापामाथि कडा राजनीतिक आक्रमण गर्दै उनी बाह्य शक्तिबाट प्रभावित भएको आरोप सार्वजनिक गरेका छन्।कार्कीले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वर्षौँअघि गगन थापाबारे व्यक्त गरेको आशंका अहिलेको राजनीतिक घटनाक्रमले पुष्टि गरिरहेको दाबी गरे। उनले गगन थापाको राजनीतिक गतिविधि र आर्थिक स्रोतबारे आफूहरू जानकार रहेको संकेत गर्दै गम्भीर प्रश्न उठाए।यति मात्र होइन, कार्कीले गगन थापाले सिफारिस गरेका एक उपकुलपतिको मृत्युको प्रसंगसमेत जोड्दै त्यसको वास्
काठमाडौं। नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूहका नेता मोहनबहादुर बस्नेतले अब केवल ‘एकता’को नारा लगाएर समय खेर फाल्ने अवस्था नरहेको बताएका छन्। बीपी स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले इतर पक्षले तत्काल केन्द्रीय भेला बोलाएर संगठन विस्तारको अभियान सुरु गर्नुपर्ने धारणा राखे।बस्नेतले संस्थापन पक्ष वडा अधिवेशनको तयारीमा लागिसकेको अवस्थामा इतर समूह निष्क्रिय बस्न नहुने बताए। देशभर समानान्तर भ्रातृ संगठन गठन गर्दै महिला, विद्यार्थी र युवालाई सक्रिय रूपमा परिचालन गर्नुपर्नेमा उनले जोड दिए।उनले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरी त्यसलगत्तै केन्द्रीय भेला आयोजना गरेर समूहको भावी रणनीति
जनकपुरधाम। जनकपुरधामबाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशलाई आफ्नो पार्टीको भावी राजनीतिक केन्द्रका रूपमा घोषणा गर्दै सशक्त सन्देश दिएका छन्। मधेशमा बलियो पार्टी निर्माण गर्न नसकिए देश र समग्र कम्युनिस्ट आन्दोलनले ठूलो राजनीतिक दुर्घटना भोग्नुपर्ने चेतावनी दिँदै उनले संगठन विस्तारलाई अब सबैभन्दा ठूलो प्राथमिकता बनाइने बताएका हुन्। मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा एकता भेलालाई सम्बोधन गर्दै प्रचण्डले मधेशको राजनीतिक महत्व असाधारण रहेको उल्लेख गरे। जनसंख्या, विकास र राजनीतिक प्रभावका दृष्टिले मधेश निर्णायक प्रदेश भएकाले यहीँबाट शक्तिशाली राजनीतिक आधार त
काठमाडौं। बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसको संस्थापन इतर समूहले विभाजनभन्दा एकता र सहकार्यको सन्देश दिने प्रयास गरेको छ। प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पूर्व महामन्त्री प्रकाशमान सिंह, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा। शेखर कोइराला एउटै मञ्चमा उभिएर संयुक्त रूपमा दीप प्रज्वलन गर्दै कार्यक्रमको शुभारम्भ गरेका हुन्।कार्यक्रममा तीनै नेताले बिरुवामा पानी हालेर बीपीको विचारलाई व्यवहारमा उतार्ने प्रतीकात्मक सन्देश पनि दिएका थिए। ‘संवाद, सहमति र एकता–आजको आवश्यकता’ शीर्षकमा आयोजित स्मृति सभामार्फत इतर समूहले पार्टीभित्र संवाद बढाउँदै संगठनलाई एक
जनकपुर । देशको राजनीतिक समीकरण फेरिने संकेतबीच नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिहरूबीच नयाँ सहकार्यको प्रक्रिया अघि बढेको खुलासा गरेका छन्। उनले नेकपा र एमालेबीच सहकार्यको वातावरण बनेको भन्दै प्रदेश सरकारको सत्ता समीकरणबारे कांग्रेससँग पनि समानान्तर संवाद भइरहेको जानकारी दिएका छन्। प्रचण्डले वाम शक्तिहरु एक हुनुको विकल्प नभएको जिकिर गरेका छन् । जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले वाम एकताको बहस अब केवल चर्चामा सीमित नरहेको, औपचारिक प्रक्रियामै प्रवेश गरिसकेको दाबी गरे। यद्यपि, तीन दलबीचको अन्तिम समझदारी भने अझै टुंगोमा नपुग
काठमाडौं। श्रमिकका गुनासा महिनौंसम्म अलपत्र पर्ने अवस्थालाई अन्त्य गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले कडा निर्देशन जारी गरेको छ। अब श्रमिकले दिएको उजुरी वा निवेदन एक घण्टाभित्रै दर्ता, सम्बोधन र जानकारी गराउनुपर्ने व्यवस्था लागू गरिएको छ।श्रमिकले न्यायका लागि कार्यालय धाइरहनुपर्ने र उजुरीको सुनुवाइमा हुने ढिलासुस्ती रोक्न सरकारले नयाँ कार्यनिर्देशन लागू गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले देशभरका सबै श्रम तथा रोजगार कार्यालयलाई उजुरी प्राप्त भएको एक घण्टाभित्रै आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।विभागका अनुसार पछिल्लो समय ‘हेल्लो सरकार’, मन्त्रालय, विभाग तथा कार्यालय
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.