राजनीति

    Showing 261-270 of 10,271 items.
  • मन्त्री रावल र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

    काठमाडौं— भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो। विशेषगरी चीनको स्वशासित क्षेत्र सिजाङ सरकारको सहयोगमा सञ्चालित नेपाल सहायता परियोजना, सिभिल अस्पतालको स्तरोन्नति, उक्त अस्पतालमा क्यान्सर उपचारका लागि कार–टी सेल प्रयोगशाला स्थापना तथा भूमि प्रशासनको डिजिटल रूपान्तरणलगायतका सहकार्यका विषयमा विचार–विमर्श गरिएको मन्त्रालयले जनाएको छ।साथै, राजदूत झाङ माओमिङले मन्त्रालयले पहिलो १०० दिनमा गरेका कार्यप

    • प्रकाशित मितिः साउन ९, २०८३
    • 627 पटक पढिएको
  • भदौ २३–२४ को घटनाको वैज्ञानिक समीक्षा नगरी चुनौती सामना गर्न सकिँदैन: प्रचण्ड

    काठमाडौं / नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै देखिएको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र तथा वामपन्थी आन्दोलनका कमजोरीबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् ।४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले २०८२ भदौ २३ र २४ गते भएको घटनाक्रमलाई प्रतिक्रान्तिकारी परिघटना भन्दै त्यसमा वैदेशिक दबाब र हस्तक्षेप देखिएको दाबी गरे । उनले नेपालको सुरक्षा निकायको भूमिका र समग्र राजनीतिक शक्तिको अवस्थाप्रति प्रश्न उठाउँदै

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 186 पटक पढिएको
  • देशलाई भूराजनीतिक भुमरीतर्फ धकेल्ने खेल भइरहेको छ: ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले संविधान संशोधनको नाममा भइरहेका राजनीतिक गतिविधिले नेपाललाई गम्भीर भूराजनीतिक संकटतर्फ धकेल्ने खतरा बढाएको बताएका छन्।४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै ज्ञवालीले संविधानका आधारभूत प्रावधानमै हस्तक्षेप गर्ने प्रयास भइरहेको दाबी गरे। उनका अनुसार यस्ता कदमले लामो संघर्षपछि प्राप्त भएका उपलब्धिहरू नै संकटमा पर्न सक्ने अवस्था सिर्जना गरेको छ।ज्ञवालीले प्रतिनिधिसभाको अंकगणित मात्रै हेरेर संविधान संशोधन अघि बढाउन खोजिएको आरोप लगाउँदै राष्ट्रिय सभा र जनताको सचेत भूमिकाबिना प्रतिगामी कदम रोक्न कठिन हुने चेताव

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 214 पटक पढिएको
  • वामपन्थीकै कमजोरीले देश संकटमा : मोहनविक्रम सिंह

    काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालको वर्तमान राजनीतिक जटिलताको जिम्मेवारीबाट वामपन्थी शक्तिहरू उम्कन नसक्ने बताएका छन्। जनताले दिएको विश्वासलाई सही ढंगले उपयोग गर्न नसक्दा देश आजको अवस्थासम्म आइपुगेको भन्दै उनले सबै वामपन्थी दलले आत्मालोचना गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्। शुक्रबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै सिंहले वामपन्थी दलहरूले आफ्नै कमजोरीको समीक्षा गर्दै कार्यशैली परिवर्तन गर्नुपर्ने बताए।उनका अनुसार अहिलेको राजनीतिक अन्योल

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 155 पटक पढिएको
  • पश्चिम एसियाको द्वन्द्वबारे नेपालको अडान यथावत

    काठमाडौं । नेपाल सरकारले पश्चिम एसियामा जारी द्वन्द्वबारे आफ्नो पुरानै धारणा दोहोर्याउँदै वार्ता र कूटनीतिक माध्यमबाट स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएको छ।शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले शान्ति सम्झौताको पूर्ण कार्यान्वयन हुन नसक्दा द्वन्द्व चर्किएको उल्लेख गर्दै त्यसको प्रभाव विश्वव्यापी रूपमा परेको र नेपाल पनि त्यसबाट अछुतो नरहेको बताए। उनका अनुसार द्वन्द्वले नेपालको अर्थतन्त्रमा समेत असर पारेको छ।नेपाल सरकारले होर्मुज जलमार्ग सञ्चालनमा ल्याउन भइरहेका अन्तर्राष्ट्रिय प्रयासलाई समर्थन गरेको पनि उनले जानकारी दिए।

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 147 पटक पढिएको
  • मन्त्री गौरीकुमारी यादवको प्रतिक्रिया: आठवटा सुधारका कार्यक्रम कार्यान्वयनमा सक्रिय छौं

    काठमाडौं/ चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयमा आयोजित छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योग मन्त्रालयअन्तर्गतका बजेटमा समेटिएका सुधारका कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालय सक्रिय रूपमा लागिरहेको बताएकी छिन् । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको उपस्थितिमा बिहीबार आयोजित छलफलमा मन्त्री यादवले उद्योग मन्त्रालयको क्षेत्राधिकारमा रहेका कानुनी तथा नीतिगत सुधारका कार्यक्रम कार्यतालिकाअनुसार अघि बढाइने जानकारी दिइन् । उनले बजेटमा उद्योग मन्त्रालयसँग सम्बन्धित आठवटा सुधारका कार्यक्रम रहेको उल्लेख गर्दै

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 201 पटक पढिएको
  • ‘ठूलो भूल गर्‍यौँ’ भन्दै प्रचण्डले गरे बाम राजनीतिमै प्रश्न

    काठमाडौं । नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक संकटको जिम्मेवारीबाट आफूहरू उम्किन नसक्ने स्वीकार गर्दै वाम आन्दोलन र आफ्नै भूमिकामाथि गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको परिस्थिति सिर्जना हुनुमा ूहामीले पनि कहीँ न कहीँ ठूलो त्रुटि गरेका छौूँ भन्दै पहिलोपटक आत्मआलोचनात्मक अभिव्यक्ति दिएका हुन्।उनले भदौ २३–२४ का घटनापछि नेपाल सुगौली सन्धिपछिकै सबैभन्दा कठिन मोडमा पुगेको दाबी गर्दै राष्ट्रिय स्वाधीनतामाथि दबाब, विदेशी हस्तक्षेप र प्रतिगामी शक्तिको सक्

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 166 पटक पढिएको
  • आत्मदाह पीडितका परिवारलाई गगनले दिए जनही १ लाख रुपैयाँ

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह गरेका मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डलका परिवारलाई जनही एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।कांग्रेसका अनुसार शोकाकुल परिवारलाई राहतस्वरूप सभापति थापाको तर्फबाट उक्त सहयोग उपलब्ध गराइएको हो। साथै, विवेक मण्डलका सन्तानको शिक्षा–दीक्षाको व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले गत असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा भोलिपल्ट उनको निधन भएको थियो।त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका–१०

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 189 पटक पढिएको
  • हिंसाको जोखिम देखेपछि सोनम वाङ्चुकले गरे अनसन स्थगित

    काठमाडौं / भारतीय सामाजिक अभियन्ता सोनम वाङ्चुकले २६ दिनदेखि जारी आमरण अनसन अन्त्य गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले केन्द्रीय मन्त्री  जे.पी. नड्डा, डा. जितेन्द्र सिंहलगायत वरिष्ठ नेताहरूको उपस्थितिमा अनसन तोडिएको जानकारी दिएका हुन्। वाङ्चुकका अनुसार विभिन्न राजनीतिक दलका ६५ सांसदले पत्र लेखेर अनसन अन्त्य गर्न आग्रह गरेका थिए। त्यसपछि भएको छलफल, केही सहमति र देशमा सम्भावित हिंसाको जोखिमलाई मध्यनजर गर्दै अनसन अन्त्य गर्ने निर्णय लिइएको उनले बताएका छन्।उनले सहमतिका सबै बुँदाबारे चाँडै भिडियो सन्देशमार्फत सार्वजनिक गर्ने जानकारी दिएका छन्। साथै समर्थकहरूलाई शान्तिपूर्ण रूप

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 161 पटक पढिएको
  • परिवारका सदस्य र आफन्तहरुलाई स्वकिय सचिव नराख्न रास्वापा सांसदहरुलाई पार्टीको निर्देशन

    काठमाडौं । सांसदहरूले पहिलोपटक राज्यकोषबाट स्वकीय सचिव राख्न पाउने सुविधा पाएलगत्तै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आफ्नै सांसदमाथि कडा अनुशासन लागू गरेको छ। पार्टीले स्पष्ट निर्देशन जारी गर्दै परिवारका सदस्य वा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त गर्न पूर्ण प्रतिबन्ध लगाएको हो।महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी आन्तरिक निर्देशनमा ुनातावाद र परिवारवादको पूर्ण निषेधु लाई अनिवार्य मापदण्ड बनाइएको छ। अब रास्वपाका कुनै पनि संघीय सांसदले एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न पाउने छैनन्।सरकारले हालै राजपत्रमार्फत सांसदलाई शाखा अधिकृत ९राजपत्राङ्कित तृतीय श

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 319 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.