काठमाडौं । कोशी प्रदेशको सत्ता परिवर्तनको तयारी तीव्र भइरहेका बेला मुख्यमन्त्री हिक्मत कार्की ले पद नछाड्ने स्पष्ट संकेत दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली ले नेतृत्व परिवर्तनको तयारी गरिरहेका बेला कार्कीले भने व्यक्तिगत निर्देशनका आधारमा राजीनामा नदिने र पार्टीको संस्थागत निर्णय भए मात्र स्वीकार गर्ने अडान सार्वजनिक गरेका हुन्। एमाले र नेकपाबीच भएको नयाँ राजनीतिक सहमतिअनुसार कोशी सरकारको नेतृत्व एमालेमै रहने भए पनि मुख्यमन्त्रीका रूपमा तिलकुमार मेन्याङ्बो लाई अघि सार्ने चर्चा छ। तर कार्कीले आफू संविधानको धारा १६८ (५) अनुसार बहुमत सांसदको हस्ताक्षरबाट मुख्यमन्त्री बनेको उल्लेख गर्दै
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) को नियन्त्रण कसको हातमा रहने भन्ने विषय फेरि राजनीतिक बहसको केन्द्रमा पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राख्ने सरकारी तयारीविरुद्ध नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसदमा संशोधन प्रस्ताव दर्ता गर्दै गुप्तचर विभागलाई पुनः गृह मन्त्रालयअन्तर्गत नै राख्न माग गरेको हो।सरकारले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गरी राष्ट्रिय अनुसन्धान विभागलाई कानुनी रूपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने व्यवस्था गर्न विधेयक अघि बढाएको छ। तर नेकपाका प्रमुख सचेतक युवराज दुलाल र सांसद गणेशबहादुर विश्वकर्मा ले उक्त प्रावधान हटाएर विभागलाई गृह म
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वनेता रविन्द्र मिश्रले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीलाई भैंसेपाटीस्थित मन्त्री निवासलाई बाल आश्रयमा रूपान्तरण गर्न प्रधानमन्त्रीसमक्ष प्रस्ताव राख्न आग्रह गरेका छन् ।सोमबार सामाजिक सञ्जालमार्फत उनले भैंसेपाटीमा करिब तीन अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको र हाल करिब ४० करोड रुपैयाँ खर्चेर पुनर्निर्माण भइरहेको मन्त्री निवासलाई दक्षिण एशियाकै नमुना बाल आश्रयका रूपमा विकास गर्नुपर्ने बताए । ‘भैंसेपाटीमा झण्डै तीन अर्ब रूपैयाँको लागतमा निर्माण गरिएको र अहिले झण्डै ४० करोड रूपैयाँको लागतमा पुनर्निर्माण हुँदैगरेको
काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको ‘अन्य राजनीतिक दल संवाद समिति’ मा दुई जना केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन् ।आइतबार जारी प्रेस विज्ञप्तिअनुसार पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी. को संयोजकत्वमा रहेको उक्त समितिमा केन्द्रीय सदस्यद्वय उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्मालाई सदस्यका रूपमा मनोनयन गरिएको हो ।
काठमाडौं / तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ । सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुने कार्यक्रम रहेको छ ।त्यसैगरी, बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना सम्बन्धमा विस्तृत छलफल हुनेछ ।यस्तै, बिहान ११ः३० बजे बस्ने सार्वजनिक नीति तथ
काठमाडौं— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको ‘अन्य राजनीतिक दल संवाद समिति’ मा दुई जना केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन् ।आइतबार जारी प्रेस विज्ञप्तिअनुसार पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.को संयोजकत्वमा रहेको उक्त समितिमा केन्द्रीय सदस्यद्वय उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्मालाई सदस्यका रूपमा मनोनयन गरिएको हो ।
काठमाडौं। सरकारले स्वीकृत गरेको नयाँ सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) संरचना कार्यान्वयनमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अग्रता लिएको छ। मन्त्रिपरिषद्को असार ३२ गतेको निर्णयपछि मन्त्रालयले सबैभन्दा पहिले नयाँ सङ्गठन संरचना र पद दर्ता प्रक्रिया पूरा गर्दै प्रशासन सुधारको सुरुआत गरेको हो।राष्ट्रिय कितावखानाका अनुसार मन्त्रालय र त्यसका मातहतका दुई निकायका गरी २८३ पद ‘फास्ट ट्रयाक’ प्रणालीमार्फत दर्ता गरिएका छन्। मन्त्रालयले साउन ८ गते नै नयाँ दरबन्दी विवरण पठाएपछि राष्ट्रिय कितावखानाले तत्काल दर्ता प्रक्रिया सम्पन्न गरेको जनाएको छ।नयाँ संरचनाअनुसार मन
काठमाडौं। एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पाँच प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति गरेपछि नेपाली कांग्रेसले पनि आफ्नो राजनीतिक रणनीति तीव्र बनाएको छ। आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको शीर्ष बैठकले सातै प्रदेशमा सत्ता गठबन्धनको सम्भावना अन्तिमसम्म जीवित राख्ने निर्णय गरेको हो। बैठकमा पार्टी पदाधिकारी, सातै प्रदेशका संसदीय दलका नेता, प्रदेश सभापति तथा मुख्यमन्त्रीहरू सहभागी थिए। छलफलको मुख्य केन्द्र प्रदेश सरकारको वर्तमान अवस्था, सम्भावित सत्ता फेरबदल र कांग्रेस नेतृत्वका सरकार कसरी जोगाउने भन्नेमा केन्द्रित थियो।हाल कांग्रेसले मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम गर
पोखरा । केन्द्रमा नेकपा एमाले र नेकपाबीच सातै प्रदेशमा सहकार्य गर्ने सहमति भए पनि गण्डकी प्रदेशमा भने अंकगणितले नयाँ राजनीतिक पेच सिर्जना गरेको छ। एमाले र माओवादीसँग मात्र सरकार गठनका लागि आवश्यक बहुमत नपुग्ने भएपछि दुई सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सत्ता समीकरणको सबैभन्दा निर्णायक शक्ति बनेको छ।६० सदस्यीय प्रदेशसभामा हाल ५९ सांसद कायम छन्। सरकार बनाउन ३० सांसद आवश्यक पर्दा एमालेका २२ र माओवादीका ६ सांसद जोड्दा २८ मात्रै पुग्छ। यही कारण राप्रपाको समर्थनबिना नयाँ सरकार सम्भव देखिएको छैन। यता कांग्रेस नेतृत्वको वर्तमान सरकार पनि राप्रपाको समर्थन जोगाएर सत्ता निरन्तरता दिने प्र
काठमाडौं । एमालेसँगको नयाँ सत्ता सहकार्यबारे उठिरहेका प्रश्नको जवाफ दिँदै नेकपाका नेता नारायणकाजी श्रेष्ठले उक्त निर्णय राजनीतिक बाध्यता र पार्टी नीतिका आधारमा गरिएको बताएका छन्। उनका अनुसार कांग्रेस र एमालेमध्ये कुनै एकसँग सहकार्य नगरी प्रदेश सरकार गठन सम्भव नभएको अवस्थामा पार्टीले वामपन्थी शक्तिसँग सहकार्य गर्ने आफ्नो नीतिअनुसार एमालेसँग सहमति गरेको हो।आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै श्रेष्ठले प्रदेशसभा विघटन हुन नदिन र प्रदेश सरकारलाई निरन्तरता दिन यो निर्णय आवश्यक बनेको उल्लेख गरेका छन्। उनले सत्ता परिवर्तनलाई केवल पद बाँडफाँटको रूपमा नभई प्रदेशको राजनीतिक स्थायित्वसँग जो
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.