काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको ‘अन्य राजनीतिक दल संवाद समिति’ मा दुई जना केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन् ।

आइतबार जारी प्रेस विज्ञप्तिअनुसार पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह  के.सी. को संयोजकत्वमा रहेको उक्त समितिमा केन्द्रीय सदस्यद्वय उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्मालाई सदस्यका रूपमा मनोनयन गरिएको हो ।