काठमाडौं । नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिने संकेतबीच प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि औपचारिक निम्तो दिइएको पुष्टि भएको छ। भारतीय विदेश मन्त्रालयले मंगलबार सार्वजनिक रूपमा निम्तो दिइसकिएको जानकारी गराउँदै सम्भावित उच्चस्तरीय भ्रमणको संकेत दिएको हो।नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकिएको बताएका हुन्।भारतको यो सार्वजनिक पुष्टि नेपाल–भारतबीच उच्च राजनीतिक तहमा संवाद र सहकार्य थप सुदृढ हुने संकेतका रूपमा हेरिएको छ। यद्यपि भ्रमणक
सुर्खेत। कर्णाली प्रदेशको राजनीतिक समीकरण फेरिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा औपचारिक दाबी पेस गरेका छन्। मंगलबार प्रदेश प्रमुखको कार्यालय पुगेर उनले सरकार गठनका लागि आफ्नो दाबी दर्ता गराएका हुन्।शाहीको दाबीलाई नेकपा एमालेले समर्थन गरेको छ। दाबी पेसका क्रममा एमालेका प्रमुख सचेतक टेकराज पछाई पनि प्रदेश प्रमुखको कार्यालयमा उपस्थित थिए। सत्ता समीकरण बदलिएसँगै दुई वर्ष प्रतिपक्षमा रहेको नेकपा पुनः सरकारको नेतृत्वमा फर्किने अवस्था बनेको छ।प्रदेश प्रमुख कार्यालयका अनुसार शाहीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने र बुधबार शपथ गराउने तयारी भइरहे
काठमाडौं । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर स्थानीय युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनालाई लिएर नेकपा (एमाले)ले सरकारमाथि कडा प्रश्न उठाएको छ। पार्टीले घटनाको निष्पक्ष तथा उच्चस्तरीय छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै राज्यको बल प्रयोगमाथि गम्भीर आपत्ति जनाएको छ।महासचिव शंकर पोखरेलद्वारा जारी वक्तव्यमा सरकार र स्थानीय प्रशासनले संवेदनशील अवस्थालाई समयमै संवादमार्फत समाधान गर्न नसकी अनावश्यक बल प्रयोग गरेको आरोप लगाइएको छ। एमालेका अनुसार यही कारण परिस्थिति थप तनावपूर्ण बनेको हो।पार्टीले गोली लागेर ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको न
काठमाडौं ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मन्त्रीहरूले आवश्यकताभन्दा धेरै स्वकीय सचिव र सल्लाहकार नियुक्त गरेर मन्त्रालयलाई राजनीतिक कार्यकर्ता व्यवस्थापन गर्ने थलो बनाएको आरोप लगाएका छन्। उनका अनुसार मन्त्रालयमा स्वकीय र सल्लाहकारको भीड यति बढेको छ कि स्थायी कर्मचारी र सहसचिवहरूलाई समेत बस्ने ठाउँको अभाव हुन थालेको छ।पत्रकार सम्मेलनमा बोल्दै घिसिङले केही मन्त्रीहरूले पाँचदेखि सात जनासम्म तलबसहितका स्वकीय सचिव राखेको र दर्जनौं तलबविहीन सल्लाहकारसमेत नियुक्त गरेको दाबी गरे। मन्त्रालयको संख्या घटाएर सरकारी खर्च बचत गर्ने सरकारको उद्देश्य यस्ता नियुक्तिका कारण उल्टै खर्च बढाउने दिशा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले संसद्लाई अझ प्रभावकारी, परिणाममुखी र व्यवस्थित बनाउन सत्ता पक्ष सक्रिय रूपमा काम गरिरहेको बताएकी छन्। आगामी संसदीय बैठकहरूमा सरकारबाट नयाँ–नयाँ विधेयक आउने तयारी भइरहेकाले संसद्को व्यस्तता उल्लेख्य रूपमा बढ्ने उनले संकेत गरिन्।मंगलबार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै धितालले लगातार सदन सञ्चालन हुँदा सांसदहरू आफ्ना निर्वाचन क्षेत्र र मतदातासँग प्रत्यक्ष सम्पर्कमा जान नपाएको बताइन्। यही कारण सांसदहरूलाई जनतामाझ पुग्ने अवसर दिन दुई साताको संसदीय विश्राम दिइएको उनको भनाइ थियो।उनका अनुसार आगा
काठमाडौं / उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा राखेर राष्ट्रिय रूपान्तरणको अभियान अघि बढाउने निर्णय गरेको छ ।साउन ९ देखि ११ गतेसम्म काठमाडौंस्थित उज्यालो घरमा बसेको तीनदिने बैठकले वर्तमान राजनीतिक अवस्था, सरकारको कार्यशैली, आर्थिक चुनौती, कृषि, ऊर्जा, सहकारी पीडित, युवा पलायन तथा राष्ट्रिय हितका विषयमा छलफल गरी विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको पार्टीले जनाएको छ । बैठकले नेपाल राजनीतिक परिवर्तनपछि अब आर्थिक रूपान्तरण, सुशासन र नागरिकको जीवनस्तर
काठमाडौं / संसदीय सुनुवाइ समिति संयुक्तले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ ।सुनुवाइका क्रममा डा. सुब्बाले निर्वाचन आयोगले आगामी दिनमा सामना गर्नुपर्ने प्रमुख चुनौती र सुधारका प्राथमिकताबारे आफ्नो धारणा प्रस्तुत गरे । उनले आफूले निर्वाचन व्यवस्थापनसँग सम्बन्धित छ वटा मुख्य विषयलाई प्राथमिकतामा राखेको बताए ।उनका अनुसार ती विषयमा सबैका लागि मतदान पहुँच र समावेशिता सुनिश्चित गर्ने, निर्वाचनको विश्वसनीयता, पारदर्शिता तथा सूचना अखण्डता सुदृढ गर्ने, निर्वाचन व्यवस्थापनलाई दक्ष, मितव्ययी र वित्तीय रूपमा पारदर्शी बनाउने, समया
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद पुनम अग्रवालले निर्वाचन प्रणालीलाई कम खर्चिलो, पारदर्शी र प्रविधिमैत्री बनाउन निर्वाचन आयोगसँग स्पष्ट कार्ययोजना माग गरेकी छन्।प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको संसदीय सुनुवाइका क्रममा अग्रवालले राज्य र उम्मेदवार दुवैतर्फबाट हुने अत्यधिक निर्वाचन खर्च नियन्त्रण गर्न आधुनिक प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको बताइन्।उनले निर्वाचनलाई डिजिटल र पारदर्शी बनाउँदै अनावश्यक खर्च घटाउने ठोस योजना के छ भन्ने प्रश्न राखिन्। साथै, उम्मेदवारबीच हुने खर्चिलो प्रतिस्पर्धालाई प्रविधिमार्फत कसरी नियन्त्रण गरिन्छ भन्ने विषयमा पनि आयोगको धा
काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेसँग निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने रणनीति र विदेशमा रहेका नेपालीका लागि मतदान प्रणाली कार्यान्वयनको तयारीबारे स्पष्ट योजना मागेकी छन्।संसदीय सुनुवाइका क्रममा अर्यालले निर्वाचनमा हुने आर्थिक प्रभाव, शक्ति प्रदर्शन र धाँधलीका आशंकालाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आयोगको कार्ययोजना के छ भन्ने प्रश्न उठाइन्।उनले विदेशमा रहेका लाखौं नेपालीलाई मताधिकार दिने प्रतिबद्धता व्यवहारमा कसरी कार्यान्वयन हुन्छ, त्यसका लागि आवश्यक बजेट, प्राविधिक क्षमता, भौतिक पूर्वाधार र व्यवस्थापनको स्पष्ट खाका प्रस्तुत गर्न पनि आग्र
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गते हुने राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाउँदै विभिन्न संगठन र क्षेत्र परिचालनका लागि १० जना नेतालाई जिम्मेवारी दिएको छ।चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, दलित संघ, किसान संघ, आदिवासी जनजाति, विदेश जनसम्पर्क समिति, बुद्धिजीवी तथा ट्रेड युनियनलगायत क्षेत्रको समन्वय गर्न नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको हो।भेलाका लागि केन्द्रीय प्रतिनिधिको नामावली टुंग्याउने काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ। इतर समूहले यो भेलालाई शक्ति प्रदर्शनभन्दा पार्टीभित्र आन्तरिक लोकतन्त्र, नीतिगत सुधार र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.