राजनीति

    Showing 161-170 of 7,458 items.
  • निर्वाचनअघि नै प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला आएमा स्वीकार गर्छौ : कांग्रेस

    काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनअघि नै सर्वोच्च अदालत वा न्यायपालिकाबाट प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला आएमा त्यसलाई स्वीकार गर्ने बताएको छ ।सोमबार निर्वाचनका लागि समानुपातिक बन्द सूचीको नाम बुझाउनका लागि निर्वाचन आयोग पुगेका नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आफूहरु निर्वाचनको पक्षमा नै रहेको बताउँदै तर निर्वाचन अघि प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला आएमा स्वीकार गर्ने बताए ।उनले भने ‘निर्वाचन होस् भन्ने हाम्रो चाहना छ । सोहीअनुसार हामीले पहिला दल दर्ता पनि गर्यौँ । आज बन्द सूची बुझाउन पनि आउँदैछौ । केही समय पछि प्रत्यक्षको पनि उम्मेदवारी दर्ता हुन्छ ।

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 79 पटक पढिएको
  • जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैनः रमेश लेखक

    काठमाडौं— गत भाद्र २३ र २४ गतेको घट्नाका तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रदर्शनमा आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका छन् ।सोमबार जाँचबुझ आयोगमा बयान दिएपछि पत्रकार सम्मेलन गर्दै उनले गृहमन्त्रीलाई कुनैपनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार नरहेको भन्दै आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका हुन् ।उनले भने,‘प्रदर्शनहरुमा गृहमन्त्रीले बल प्रयोग गर्नेबारे कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन । न त त्यस्तो कुनै कानूनी व्यवस्था नै छ । गृहमन्त्रीलाई कुनैपनि कानुनले बल प्रयोग सम्बन्धमा निर्द

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 401 पटक पढिएको
  • सात जना सचिवहरूको सरुवा तथा पदस्थापन, गृहमा श्रेष्ठ

    काठमाडौं— सरकारले गृह सचिवसहित सात जना सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ।पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्दै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।त्यसैगरी, लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा.कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने उनको स्थानमा राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेलाई ल्याइएको छ।युवा तथा खेलकुद मन्त्रालयका सचि

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 380 पटक पढिएको
  • पूर्वगृहमन्त्री रमेश लेखकले दिए जाँचबुझ आयोगमा लिखित बयान (पूर्णपाठसहित)

    काठमाडौं— पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा लिखित बयान दिएका छन् ।लेखक आज सिंहदरबारस्थित जाँचबुझ आयोग कार्यालयमा पुगेर ६ पृष्ठको बयान दिएका हुन् ।

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 381 पटक पढिएको
  • ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार भन्दा बढी पुग्यो

    ताप्लेजुङ— ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय २७ पुगेको छ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले प्रकाशित गरेको अन्तिम मतदाता नामावली अनुसार ४८ हजार २ सय ८५ पुरुष र ४२ हजार ४२ महिला मतदाता रहेका छन् । पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या ६ हजार २ सय ४३ कम छ ।पछिल्लो पटक जिल्लामा २ हजार ४२ नयाँ मतदाता थपिएका हुन् । विसं २०७९ को निर्वाचनमा जिल्लामा ८८ हजार २ सय ८५ मतदाता रहेका थिए । नौ स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी १८ हजार १ सय ९० मतदाता फुङलिङ नगरपालिकामा रहेका छन् । सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ६ हजार ९ सय ४८ मतदाता रहेका

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 388 पटक पढिएको
  • डा.निकोलस भुसालको जीवन रक्षा गर्न चिकित्सक संघको माग

    काठमाडौं— नेपाल चिकित्सक संघले आमरण अनसरत डा. कमल भुसाल (निकोलस भुसाल) को जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।सोमबार संघले विज्ञप्ती जारी गर्दै माइतीघर मण्डलामा अनसनरत डा. भुसालको स्वास्थ्य अवस्था बिग्रदै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै जीवन रक्षाका लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेको हो ।बिगत सात दिनदेखि आमरण अनसनमा रहेका भुसाललाई रिंगटा लाग्ने, शरीर सुन्निने लगायत स्वास्थ्य समस्या देखा परेको संघले जनाएको छ । भुसालको अवस्थाप्रति सरकारले गरेको बेवास्ताका कारण उनको स्वास्थ्यमा थप जटिलताहरु देखा पर्दै गएको संघले उल्लेख गरेको छ ।हरेक नेपालीको स्वस्थ रुपमा बाँच्न पाउने मौलिक अधिकार

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 371 पटक पढिएको
  • ‘नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र ट्राफिक अग्रपङ्क्तिमा’

    काठमाडौं— काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी अग्रपङ्क्तिमा रहेको बताएका छन् ।सोमबार उपत्यका ट्राफिक प्रहरीलाई म्याजिक लाइट हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सडक सुरक्षा, यात्रु सुरक्षा तथा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका हुन् ।सीडीओ पौडेलले जेनजी आन्दोलनपछि ट्राफिक प्रहरी कठिन परिस्थितिमा पुगेको स्मरण गर्दै हाल स्थिति सुधार भई अझ बलियो रूपमा सडकमा फर्किएको बताए ।‘जेनजी आन्दोलनपछि सुरुमा ट्राफिक प्रहरी सडकमा थिएन, सवारीसाधन थिएन, ड्रेससमेत थिएन, चारैतिर जलेका संरचनाहरू थिए,’ उनले भन

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 361 पटक पढिएको
  • सुर्यविनायकमा चिडियाखाना निर्माणको काम चाँडै सुरु हुन्छः मन्त्री चौलागाईँ

    काठमाडौं— वन तथा वातावरणमन्त्री माधव प्रसाद चौलागाईँले भक्तपुरको सुर्यविनायकमा चाँडै चिडियाखाना बनाउने घोषणा गरेका छन् ।सोमबार चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको ३० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले चिडियाखाना निर्माणको लागि आवश्यक प्रकृया र कागजातहरुको बारेमा काम गरिरहेको बताउँदै अब चाँडै निर्माणको घोषणा गर्ने बताएका हुन् ।उनले भने,‘१० वर्षदेखि अल्झिराखेको सुर्यविनायकमा चिडियाखाना निर्माण गर्ने कुरा केही हप्तामा नै घोषणा गर्नेछौं । त्यसको प्रकृया र कागजातहरुको बारेमा कुरा गरिरहेको छौं’उनले भने ।त्यस्त

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 370 पटक पढिएको
  • जनता समाजवादी पार्टी र जसपा, नेपालबीच एकीकरण

    काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीबीच एकीकरण भएको छ ।एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित दुवै पार्टीबीच औपचारिक रूपमा एकीकरण गरिएको हो ।एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम गरिएको छ । नेताहरूले एकीकरणले मधेस केन्द्रित राजनीति थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 353 पटक पढिएको
  • निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसुची बुझाउने दलको संख्या चार पुग्यो

    काठमाडौं— जनप्रीय लोकतान्त्रिक पार्टीले समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । आज समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन भएको हुनाले जनप्रीय लोकतान्त्रिक पार्टीले सूची निर्वाचन आयोगमा बुझाएको हो ।यसैगरी नेमकिपा, राष्ट्रिय जनमोर्चा र नेपाल लोकतान्त्रिक पार्टीले समेत समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ ।आयोगका अनुसार हिजो र आज दर्ता भएका राजनीतिक दलहरूले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा बुझाउन पाउनेछन् ।पेस गरिएका बन्द सूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ । छानबिनका क्रममा कानुनअनुसार समावेशी मापदण्ड पूरा भए–नभएको, उम्मेदवारको योग्यता र सूचीको

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 337 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा