राजनीति

    Showing 10,201-10,210 of 10,379 items.
  • होली पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : पर्यटनमन्त्री

    काठमाडौँ  / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले फागुपूर्णिमा पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सहयोग पु¥याउने बताएका छन्।    फागुपूर्णिमाका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्ता पर्वले आपसी सद्भाव र भाइचारा अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । मन्त्री ढकालले शुभकामना सन्देशमा कोभिड– १९ सङ्क्रमणको जोखिम कायमै रहेको अहिलेको अवस्थामा राज्यका व्यवस्थाभित्र रहेर स्वास्थ्य मापदण्डलाई अपनाएर मात्र फागुपर्व मनाउन पनि अनुरोध गरेका छन् । उनले सत्यको विजयको प्रतिकका रुपमा यो पर्व मनाइने गरेको उल्लेख गरे । 

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 119 पटक पढिएको
  • महामन्त्री कोइरालाद्वारा जोशी र कोइरालाको निधनप्रति दुःख व्यक्त

    काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री एवं सुशील कोइराला मेमोरियल फाउण्डेशनका अध्यक्ष डा शशांङ्क कोइरालाले फाउण्डेसनका संस्थापकद्वय नवीन्द्रराज जोशी र अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।महामन्त्री कोइरालाले विज्ञप्ति प्रकाशित गरी पूर्वमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य जोशी र पार्टीका पूर्व जिल्ला सभापति कोइरालाको निधनले मुलुकको प्रजातान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति भएको उल्लेख गरेका छन् ।विद्यार्थी राजनीतिबाट काठमाडौँ महानगरको उपप्रमुख, सांसद हुँदै मन्त्री र पार्टीको केन्द्रीय सदस्य हुनुभएका जोशीलाई एक नैतिकवान नेताका रुपमा भावी पुस्ताले स्मरण गरिरहने विज्ञप्तिमा उल्लेख छ ।त

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 120 पटक पढिएको
  • डेढ वर्षभित्र सबै भूमिहीनले जग्गा पाउँछन् : अध्यक्ष ज्ञवाली

    पाँचथर / भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आगामी डेढ वर्षभित्र सबै भूमिहिनले जग्गा प्राप्त गर्ने बताएका छन् ।  उनले भने “आयोगले ७५३  स्थानीय तहसँग भूमिसम्बन्धी समस्या समाधानका कार्य गर्ने समझदारी गरिसकेको छ ।  स्थानीय तहका आगामी डेढ वर्षमा सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउन तयारीसहित आयोग सक्रिय रहेको छ । ” आयोगको  जिल्ला समितिले शनिबार फिदिममा आयोजना गरेको स्थानीय तहसँगको अन्तक्र्रियामा उनले भूमिहीनभन्दा अव्यवस्थित बसोबासीको सङ्ख्या ठूलो रहेकाले जग्गा उपलब्ध गराउनेसम्मको प्रक्रियाका लागि करीब डेढ वर्षको समय लाग्ने जानकारी दिए । भूमिहीन

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 114 पटक पढिएको
  • सामुदायिक वनको काठमाथिको प्रतिबन्ध हटाउ फेकोफन आग्रह

    काठमाडौँ / सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले सामुदायिक वनको काठ बिक्री वितरणमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट २०७७ साल जेठ १५ गतेदेखि साललगायतका काठको बिक्री वितरणमा लगाइएको प्रतिबन्धका कारण सो मितिभन्दा पहिला सामुदायिक वनमा कटान भएका साललगायतका काठ उपभोक्ता समूहमा बिक्री वितरण र सदुपयोग गर्न नपाएको जनाएको छ । फेकोफनका अध्यक्ष भारती पाठकले विज्ञप्तिमार्फत सामुदायिक वन उपभोक्ता समूहका घरधुरीमा काठको चरम अभाव सिर्जना भएको हुँदा सामुदायिक वनको काठ बिक्री वितरणमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन माग गर्नुभएको छ । सामुदायिक व

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 120 पटक पढिएको
  • सूचनाको हक कार्यान्वयनको समन्वय गर्न आयोगको सुुझाव

    काठमाडौँ / राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्न सरकारलाई सुुझाव दिएको छ । आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सरकारलाई बुुझाउँदै आयोगले सूचनाको हक कार्यान्वयनको समन्वय गर्न केन्द्रमा प्रधानमन्त्री वा वरिष्ठमन्त्रीको संयोजकत्वमा समन्वय समिति बनाउन पनि सुुझाव दिएको छ । यस्तै प्रदेश र स्थानीयतहका सार्वजनिक निकायको हकमा प्रदेशका मुुख्यमन्त्रीको संयोजकत्वमा समन्वय समिति गठन गरी प्रभावकारीरूपमा कार्यान्वयन गर्न गराउन उपयुक्त हुने आयोगको सुुझाव छ । सूचना अधिकारीलाई सक्षम, सबल र अधिकारसम्पन्न तथा प्रोत्साहित बनाउन नियमितरूपमा प्रशिक्ष

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 110 पटक पढिएको
  • जोशीको निधनप्रति शोक प्रस्ताव पारित, तीन दिन झण्डा झुकाइने

    काठमाडौँ / नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पार्टी केन्द्रीय कार्यसमिति सदस्य नवीन्द्रराज जोशीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले यही चैत १५, १६ र १७ गते तीन दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र ती दिनमा शोकका कार्यक्रमहरुबाहेक पार्टीका अरू औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ । यसैगरी बैठकले नेता जोशीको स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने  तथा १३ औँ पुण्य तिथिमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 144 पटक पढिएको
  • मुलुकले इमान्दार राजनीतिज्ञ गुमाएको छः राष्ट्रपति

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै उनको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाएकी छिन् । स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छिन्। 

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 114 पटक पढिएको
  • संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्रीको तयारी

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको जारी अधिवेशन अन्त्य गर्ने तयारी थालेका छन् । एमालेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वर्षे अर्थात बजेट अधिवेशनको तयारीगर्नुपर्ने भन्दै जारी अधिवेशन अन्त्य गर्ने संकेत गरेका हुन् ।प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गर्दै पुनर्स्थापनाको आदेश दिएपछि अधिवेशन आह्वान गरिएको थियो । यो अधिवेशन जारी रहँदा सरकार र संसदबीचको सम्बन्ध सहज बन्न सकेको छैन । सरकारले विजनेश नै नदिएर संसदलाई पंगु बनाउने खेल जारी राखेको छ ।जानकारहरुका अनुसार प्रधानमन्त्री ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच देखिएको तित्ततामा सुधार आएको छैन । सभामुख

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 137 पटक पढिएको
  • कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

    काठमाडौँ / नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो । स्व जोशीको पार्थिव शरीरलाई मध्याह्न १२:०० बजेदेखि २:०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयले जनाएको छ ।गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हँुदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो । विसं २०१९ असार ३ गते काठमाड

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 116 पटक पढिएको
  • प्रदेशमन्त्रीको शपथ

    मोरङ / प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।  प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री शेरधन राईका नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम मुख्यमन्त्रीको सिफारिसमा मन्त्री तथा राज्यमन्त्री पदमा आज नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका छन् ।प्रदेश प्रमुख अधिकारीले नवनियुक्त मन्त्री आर्थिक मामिला तथा  योजनामन्त्री टङ्क आङ्वुहाङ (लिम्बू), भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री उषाकला राई र भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरब

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 99 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.