राजनीति

    Showing 10,161-10,170 of 10,379 items.
  • माओवादी छाडेका चार सांसद पदमुक्त हुँदै

    काठमाडौं / नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले ओली पक्षमा प्रवेश गरेका चार जना मन्त्रीको सांसदको पद खोसिने भएको छ । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयको तयारी छ ।माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार संसद सचिवायलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए ।राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुनेछन् । चारै जना ओली न

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 93 पटक पढिएको
  • राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौँ / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भोबीच स्पेनको एक्स्त्रेमादुरामा भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र स्पेनबीच आपसी कूटनीतिक  सम्बन्धलाई अझै प्रभावकारी बनाउने विषयमा कुराकानी भएको  थियो । अध्यक्ष तिमिल्सिनासहितको नेपाली टोलीसँग एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुईलेरम्मो फर्नान्डेज भारासँग समेत भेट भएको छ । भेटमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पासहित विभिन्न नगरपालिकाका प्रमुख तथा लुम्बिनी गार्डेन फाउन्डेसनका प्रतिनिधिको सहभागिता रहेको थियो । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा बुधबारदेखि तीन द

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 82 पटक पढिएको
  • गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

    बिर्तामोड / भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा सैनिकहरुको समस्यामा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सङ्गठनहरूको संयुक्त प्राविधिक समितिमा गरिएको छलफलमा आधारित १३ बुँदे प्रतिवेदन लगायतलाई सम्बोधन गर्नका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न एक उच्चस्तरीय वार्ता समिति गठन गर्न माग गरिएको छ । त्यस्तै भूतपूर्व गोर्खा सैनिकका विषयमा नेपाल तथा बेलायत सरकारबीच भएका पत्राचार, अन्य सूचना र तत्सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणासमेत अविलम्ब सार्वजनिक गर्न माग गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 111 पटक पढिएको
  • गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्रीको राजीनामा

    पोखरा / गण्डकी प्रदेश सरकारका आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषिमन्त्री लेखबहादुर मगरले राजीनामा दिएका छन् ।माओवादी संसदीयदलका नेतासमेत रहेका चुमानले बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजीनामा बुझाएको जानकारी दिए ।माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै दुवैजना मन्त्रीले राजीनामा बुझाएको हो ।प्रदेशसभा बैठकलाई सम्वोधन गर्दै चुमानले बर्तमान बिडम्बनापूर्ण राजनीतिक परिस्थितिले गर्दा नमिठो निर्णय लिनुपरेको बताए ।

    • प्रकाशित मितिः चैत २५, २०७७
    • 124 पटक पढिएको
  • जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमायो : सभापति देउवा

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन् । स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै सभापति देउवाले स्व जोशी भविष्यमा पार्टी हाँक्नसक्ने नेता भएको बताए । “छोटो समयमा धेरै काम गर्नसक्ने अध्ययनशील नेता जोशी हुनुहुन्थ्यो, केही समय मन्त्री हुँदा पनि देश र जनताको पक्षमा काम गरेर जोशीले आफ्नो र पार्टीको नाम उच्च राख्नुभएको थियो,” उनले भने । आगामी दिनमा कांग्रेसको

    • प्रकाशित मितिः चैत २५, २०७७
    • 94 पटक पढिएको
  • जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति : कांग्रेस नेताहरू

    काठमाडौँ / नेपाली कांग्रेसका नेताहरूले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घले नेता जोशीको १२ औँ पुण्य तिथिका अवसरमा मङ्गलबार यहाँ आयोजना गरेको श्रद्धाञ्जलि सभामा नेताहरुले स्वर्गीय जोशीमा निष्ठा, निरन्तरता र इमान्दारी भएको बताएका हुन् । कार्यक्रममा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्वर्गीय जोशीको राजनीतिलाई दुई पाटोबाट हेर्नुपर्ने बताएका छन् । “नेता जोशीलाई विसं २०४६ सालको जनआन्दोलन पहिले र जनआन्दोलन पछाडि गरी दुई पाटोबाट अध्ययन गर्नुपर्छ”, उनले भने । पार्टीभित्रको विवाद समाधा

    • प्रकाशित मितिः चैत २५, २०७७
    • 93 पटक पढिएको
  • एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधानलाई सरकारको नियुक्ति

    बिर्तामोड/ नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधानलाई सरकारले नियुक्ति उपहार दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मंगलबार मोरङका किशोरकुमार प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको मन्त्री ढकालको सचिवालयले जानकारी गराएको छ ।नेपाल उद्योग वाणिज्य महासंघमा दुई पटकसम्म वरिष्ठ उपाध्यक्षमा पराजित भएका व्यवसायी प्रधान केही दिन अगाडिमात्रै प्रधानमन्त्री ओलीको हातबाट टीका ग्रहण गर्दै एमालेमा प्रवेश गरेका थिए । उनै प्रधानलाई पर्यटनमन्त्री ढकालमार्फत् नेपाल एयरलाइन्सको सञ्चालक समिति सदस्यमा नियुक्ति गरेको हुन ।नेपाल वायुसेवा निगम ऐन २०१

    • प्रकाशित मितिः चैत २४, २०७७
    • 104 पटक पढिएको
  • सभापति देउवाद्वारा प्रधानाङ्ग र राईको निधनप्रति दुःख व्यक्त

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गरेकाछन् । प्रधानाङ्गको यही चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरको एकान्तकुनास्थित आफ्नै निवासमा निधन भएको थियो ।सभापति देउवाले सोमबार एक शोक विज्ञप्तिमार्फत उनको निधनबाट कांग्रेसले एक पुराना अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै उनिप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । सभापति देउवाले पार्टी सङ्गठन, नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा प्रधानाङ्गले निर्वाह

    • प्रकाशित मितिः चैत २४, २०७७
    • 107 पटक पढिएको
  • प्रतिनिधिसभा विशेष समय : सत्तापक्षको प्रतिरक्षा, प्रतिपक्षको आरोप

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरूले सरकारले स्वाधीनता, विकास र समृद्धिका यात्रामा तीन वर्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको बताएका छन् ।प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारका काम कारवाहीको प्रतिरक्षा गर्दै पछिल्ला उपलब्धिको प्रशंसा गर्नाका साटो विरोधका लागि विरोधमात्र गरेको बताएका छन् ।  उनले भने, “वर्तमान सरकार बन्नु अघिसम्म राजनीतिमा मात्रै सीमित छ, राष्ट्रिय विकास र स्वाभिमान एजेन्डा बनेको थिएन, बाटा, सिँचाइ, विद्यालय, पुल मात्रै होइन, समृद्ध नेपाली र सुखी नेपालीको राष्ट्रिय अभियान ठीक ढङ्गबाट अघि बढिरहेको छ ।”सत्

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 115 पटक पढिएको
  • सदनलाई प्रभावकारी बनाउन सांसदहरुको माग

    काठमाडौँ / मुलुकका विभिन्न भागमा भएका आगलागी, कोरोना सङ्क्रमण, रणनीतिक महत्वका सडक शिलान्यास, दशगजा क्षेत्रमा निर्माण गरिएको बाँध लगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ ।प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले अग्नि पीडितलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, कोरोना नियन्त्रणका लागि थप कदम चाल्न र दशगजा क्षेत्रको बाँध निर्माण भइरहेकामा त्यसलाई समयमै रोक्न सरकारसमक्ष आाग्रह गरेका हुन् । सांसद योगेश भट्टराईले ताप्लेजुङ्को दोभान बजारमा गत फागुन १८ गते भएको आगलागीको घटनाबाट पीडितलाई तत्काल बसोबास तथा राहतको व्यवस्था गर्न र दीर्घकालीन समाधानक

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 101 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.