राजनीति

    Showing 10,131-10,140 of 10,379 items.
  • सभापति देउवाद्वारा शोक व्यक्त

    काठमाडौँ / नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व कोषाध्यक्ष गणेशभक्त साखःको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त पार्टी सभापति शेरबहादुर देउवाले शोक प्रकट गरेका छन् । साखःले पार्टी र नेपालको औद्योगिक क्षेत्रमा पु¥याउनु भएको  योगदानको स्मरण गर्दै सभापति देउवाले उनको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताएका छन् । मुलुकका प्रसिद्ध उद्योगपति साःखको शुक्रबार ९४ वर्षको उमेरमा निधन भएको हो । 

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 106 पटक पढिएको
  • लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह

    काठमाडौँ / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो रहेको औँल्याएका छन् । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ र २ ले आज बिहान वालिङमा आयोजना गरेको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले लोकतन्त्रको रक्षाका लागि अब कांग्रेसले नेतृत्व लिएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पनि नेपाली कांग्रेसले अबको नेतृत्व लिनुपर्ने समय आएको नेता सिंहको धारणा थियो । “कम्युनिष्टलाई पाँच वर्षसम्म स्थिर सरकार चलाउनका लागि जनताले निर्वाचित गरेका हुन्”, नेता सिंहले भनेका छन्, “जुन

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 120 पटक पढिएको
  • अस्थिरता निम्त्याउनेहरूको प्रतिवाद गर्न उपप्रमको आग्रह

    काठमाडौँ / उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक खिचातानी र सरकार ढाल्ने खेलले सरकारलाई काम गर्ने वातावरण नभएको बताएका छन् ।हाँडीगाउँस्थित टुवालदेवी मन्दिर नजिकैको सत्तलको आज उद्घाटन गर्दै नेकपा ९एमाले० का महासचिवसमेत रहेका उनले सरकार ढाल्ने खेल भइरहेकाले त्यसको खबरदारी र प्रतिवाद गर्न आह्वान गरेका छन् । कर्णाली प्रदेशमा एमालेकै सांसदले माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका प्रति लक्ष्य गर्दै पोखरेलले जालझेल गरेर सरकार ढाल्ने, अस्थिरता मच्चाउने र नयाँ बनाउने काम शुरु भए मुलुकका लागि दुर्भाग्य हुने जनाएका छन् । उनले विकास निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 82 पटक पढिएको
  • प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस–१९ को समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा उनले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलका प्रतिनिधिसँग कोभिड–१९ को समस्या समाधान गर्न सुझाव माग्नुभएको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिएका छन् । नेता लोहनीले आफ्नो पार्टीको तर्फबाट बैठकमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि पाँच–सात बुँदा पेश गरेको जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले संसद्मा सरकारलाई सभामुखले काम गर्न नदिएको समेत बताएका छन

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 105 पटक पढिएको
  • पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ : राजदूत भाने

    काठमाडौँ / नेपालका लागि डेनमार्कका राजदूत फ्रेडी भानेले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा हिमतालमा परेको असरलाई डेनमार्क सरकारले निकै गम्भीर रुपमा लिएको र यस समस्याको समाधानमा नेपालसँग मिलेर काम गर्न डेनमार्क सरकार तयार रहेको बताएका छन् । आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न नेपाल आउनुभएका राजदूत भानेले आज स्वदेश फर्कनुअघि रासससँग संक्षिप्त कुराकानी गर्दै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा मात्र नभई ठूलो सङ्ख्यामा यहाँका वासिन्दाको जीविकोपार्जनमा समेत नकारात्मक असर गरेकाले यसमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न आफूले पहल गर्ने उल्लेख गरेका छन् । जलवायु परिवर्तनको असर विश्

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 95 पटक पढिएको
  • सञ्चारमन्त्रीद्वारा हिम आरोहीलाई बिदाइ

    काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिम आरोही टोलीलाई आज बिदाइ गरेका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान टोलीलाई बिदाइ’ कार्यक्रममा मन्त्री गुरुङले नेपालको झण्डा हस्तान्तरण गरेर सो टोलीलाई बिदाइ गरे । दोलखा, गौरीशङ्कर गाउँपालिका–९ बेदिङका एकै घरका तीन दिदीबहिनी ३० वर्षीया निमाजाङ्बु, २६ वर्षीया छिरिङनाम्गे र २४ वर्षीया दावाफुटी शेर्पाले शुक्रबारदेखि सातै महादेशका सात अग्ला शिखर आरोहण गर्ने छन् ।  आरोहीको तीन वर्षभित्र सातै हिम आरोहण गर्ने योजना छ । सो अवसरमा मन्त्री गुरुङले आरोहण सफल बनाउन मन्त्रालयले सक्दो सहयोग र समर्थन गर्ने

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 103 पटक पढिएको
  • डर त्रासबाट कहिल्यै प्रभावित हुन्न :भुसाल

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसालले लोभ, लालचा र डर त्रासबाट कहिल्यै प्रभावित नहुने बताएका छन्। सिद्धार्थ नगरपालिका–३ दरखसवामा खेल मैदानको शिलान्यास कार्यक्रममा उनले भने, “म लोभ र डरबाट कहिल्यै प्रभावित हुनेछैन ।” भुसालले राजनीति गर्ने मान्छे लोभ र डरबाट टाढा बस्न सक्यो भने मात्रै पनि भ्रष्टाचार धेरै कम हुने बताएका छन् । उनले भने, “कमाउने, खाने र बाँड्ने काममा राजनीतिक नेतृत्व लागेन भने कर्मचारीले राम्रो काम गर्छन् ।” उनले नेपालका नगरपालिकामध्येको सिद्धार्थ नगरपालिकाले जे पूर्वाधारमा काम गर्दैछ, त्यो महत्वपूर्ण भएको समेत बताएका छन् ।उनले भने,

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 87 पटक पढिएको
  • हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याइन्छ : कानूनमन्त्री यादव

    लहान / प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । गत शनिबार राति लुटेरा समूहको गोली प्रहारबाट मृत्यु भएका सिरहाको लहान नगरपालिका–२२ निवासी ४५ वर्षीय सुन चाँदी व्यवसायी प्रदीप विश्वकर्माको परिवारजनलाई आज भेटेर उनले लुटेरा समूहलाई कानूनी दायरामा ल्याउने र मृतक परिवारलाई उचित क्षतिपूर्तिसमेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।मन्त्री यादवले भने, “घटना असाध्यै हृदयविदारक छ, घटनाका अपराधीलाई छिटोभन्दा छिटो कानूनी दायरामा ल्याइने छ ।” घटनामा संलग्न कतिपय व्यक्ति पक्राउ परिसकेका र कति

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 88 पटक पढिएको
  • सरकार सकेसम्म बन्दाबन्दीको पक्षमा छैन: प्रधानमन्त्री ओली

    काठमाडौँ /प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताएका छन् ।प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताएका छन् ।प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका ल

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 89 पटक पढिएको
  • कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक : उपप्रधानमन्त्री

    काठमाडौ / उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ को जोखिम बढेकाले यसविरिुद्धको लडाइँमा सकारात्मक सहयोगको अपेक्षा गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले घरमै बसेर परिवारसँग नयाँ वर्ष मनाउन पनि आग्रह गरेका छन् । “सिङ्गो मानवजगत् यतिबेला कोभिड–१९ सँग जुधिरहेको छ । नेपाल सरकारले पनि कोभिड–१९ विरूद्वको लडाइँमा हरसम्भव प्रयास र रोकथामका लागि रणनीति अपनाइरहेको यहाँहरूलाई विदितै छ । यो लडाइँमा सम्पूर्ण देशवासीको सकारात्मक सहयोगको अपेक्षा नेपाल सरकारले गरेको छ”, उपप्रधानमन्त्री पोखरेलले सन्देशमा भनेका छन्, “कोभिड–१९ को सङ्क्रमणको

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 95 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.