पत्रपत्रिका

    Showing 411-420 of 1,254 items.
  • नेपालको जलवायु अनुकुलन कार्यक्रम अन्य मुलुकले अनुशरण गर्ने

     काठमाडौं   (गोरखापत्र दैनिक बाट )। जलवायु परिवर्तनको असरसँग अनुकुलन हुनका लागि नेपालले लिएको स्थानीय स्तरको नेतृत्वमा भएका कार्यक्रम विश्वका अरु मुलुकले पनि अनुशरण गर्ने भएका छन् ।नेपालले सन् २०१० मा राष्ट्रिय अनुकुलन कार्यक्रम (नापा) निर्माण गरी जलवायु परिवर्तनका कार्यक्रम स्थानीय स्तरमा बढी भन्दा बढी सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०११ मा स्थानीय अनुकुलन कार्यक्रम (लापा) कार्यान्वायनमा ल्याएको थियो । लापा कार्यक्रम सञ्चालन गर्ने नेपाल अति कम विकसित मुलुकहरुमा पहिलो मुलुक भएको छ ।बेलायतको ग्लास्गो शहरमा जम्मा भएका जलवायु परिवर्तनका असरले ज्यादै जोखिममा परिरहेका र विपद् सामना

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 111 पटक पढिएको
  • नेपालको जलवायु अनुकुलन कार्यक्रम अन्य मुलुकले अनुशरण गर्ने

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) जलवायु परिवर्तनको असरसँग अनुकुलन हुनका लागि नेपालले लिएको स्थानीय स्तरको नेतृत्वमा भएका कार्यक्रम विश्वका अरु मुलुकले पनि अनुशरण गर्ने भएका छन् ।नेपालले सन् २०१० मा राष्ट्रिय अनुकुलन कार्यक्रम ९नापा० निर्माण गरी जलवायु परिवर्तनका कार्यक्रम स्थानीय स्तरमा बढी भन्दा बढी सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०११ मा स्थानीय अनुकुलन कार्यक्रम (लापा) कार्यान्वायनमा ल्याएको थियो । लापा कार्यक्रम सञ्चालन गर्ने नेपाल अति कम विकसित मुलुकहरुमा पहिलो मुलुक भएको छ ।बेलायतको ग्लास्गो शहरमा जम्मा भएका जलवायु परिवर्तनका असरले ज्यादै जोखिममा परिरहेका र विपद् सामना गरिरहेका मुलुकका प्

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 117 पटक पढिएको
  • निरीक्षण गर्ने पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेट जडान

    बिर्तामोड (नागरिक दैनिकबाट) यातायात व्यवस्था विभागले नियमन तथा निरीक्षण गर्ने आवश्यक पूर्वाधार तयार नगरी आगामी मंसिर १ गतेदेखि नयाँ सवारीसाधन दर्तामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी मंसिर १ देखि नयाँ दर्ता हुने सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको हो।सरकारले पहिलो चरणमा वाग्मती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक सवारीसाधन,पर्यटन सवारी,निजी सवारी,सरकारी र संस्थानका सवारीसाधन नयाँ दर्ता गर्दा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको छ।तर प्रदेश १ र

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 138 पटक पढिएको
  • कांग्रेसका परम्परागत गुट भत्किँदै

     काठमाडौं(  अन्नपूर्ण पोष्ट दैनिक बाट ) । नेपाली कांंग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा परम्परागत गुटभित्रै खटपट सुरु भएको छ । सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका विमलेन्द्र निधिले केही महिनाअघि मात्र देउवाको साथ छोडेका थिए ।संस्थापन इतर रामचन्द्र पौडेल समूहका प्रकाशमान सिंह पनि उक्त गुटबाट अघोषित रूपमा अलग भएका छन् ।पौडेल समूहले सभापतिमा साझा उम्मेदवार घोषणा गर्ने तयारी गरेका बेला सिंह अलग भएका छन् । शुक्रबार पौडेल पक्षको गुटको भेलामा सिंह गएनन् । त्यसो त पौडेल र सिंहबीच पछिल्लो समय टेलिफोन वार्ता पनि नभएको सिंह निकट एक नेताले बताए सिंह व्यक्तिगत काम विशेषले काठमाडौँ बा

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 107 पटक पढिएको
  • कार्यकर्ता खोसाखोसः जसपा र लोसपाको प्रतिस्पर्धा

     काठमाडौं (  नागरिक दैनिक बाट )। जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि तराई मधेस हो । दुवै पार्टीको भोट बैंक पनि तराई मधेस नै हो । त्यसैले दसैँ, तिहार, छठजस्ता महत्त्वपूर्ण चाडमा जसपा र लोसपाका नेताहरु चाडपर्व मनाउनभन्दा पनि व्यस्त भए ।जसपा र लोसपाका अधिकांश शीर्ष नेता दसैँदेखि मधेसमै छन् । उनीहरु कात्तिकभर मधेसमै बस्ने भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतो यसबीचमा अर्जेन्ट काम परेको बेला मात्र काठमाडौँ आए । धेरै जसो समय मधेसमै बसे । यहाँसम्म कि अघिल्लो दिन काठमाडौँ आएर भोलिपल्टै मधेश फर्कि

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 121 पटक पढिएको
  • मङ्सिर १ बाट विद्युतीय राहदानी परीक्षण गरिँदै

     काठमाडौं (  गोरखापत्र दैनिक बाट )। आउँदो मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको राहदानी विभागले जनाएको छ ।अघिल्लो महिनादेखि नै परीक्षण वितरण सुरु गर्ने भनिए पनि बीचमा परेको चाडका कारण एक महिना ढिला गरी विद्युतीय राहदानीको परीक्षण सुरु हुन लागेको हो । विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी विभागको रहेको छ ।मङ्सिर १ गत

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 175 पटक पढिएको
  • कांग्रेस १४औं महाधिवेशनः नीतिभन्दा कुर्सी ठूलो

     काठमाडौं(  गोरखापत्र दैनिकबाट ) । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा आउन पार्टीका नेताहरूले निर्वाचन सरगर्मी तीव्र बनाए पनि पार्टीले लिने नीतिगत निर्णयका विषयमा अहिलेसम्म बहसको प्रारम्भ हुन सकेको छैन ।केन्द्रीय महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी रहे पनि महाधिवेशन हुँदै निर्वाचनमा जनताका बीचमा जाँदा लिने नीतिगत मुद्दाका विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल प्रारम्भ नै गरिएको छैन ।महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो पक्ष बलियो बनाउन विभिन्न समूहगत बैठक, लन्च तथा डिनर मिटिङ दैनिकजसो चलिरहे पनि पार्टीले तय गर्नुपर्ने राजनीतिक, आर्थिक, साङ्गठनिक नीतिका विषयमा भने नेताहरूक

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 123 पटक पढिएको
  • जलवायु प्रभावः हिमताल र जनता दुवै असुरक्षित

     काठमाडौं (राजधानी दैनिक बाट )। हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औंल्याएका छन् । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैं जोखिममा रहने भएकाले जोखिम न्यूनीकरणका लागि सरोकारवालाले निरन्तर आवाज उठाउँदै आइरहेका छन् ।हिमताल फुट्ने, हिमपहिरो जानेजस्ता विभिन्न कारणले मानव बस्तीमा विपत्ति आइलाग्ने गरेका छन् । हिउँ पग्लिएर बनेका हिमताल कुनै पनि समय फुट्न सक्छन् । त्यसवरिपरि पहिरो गएको अवस्थामा पनि ठूलो बाढीको सम्भावना रहन्छ । लामो समय जम्मा भएर बसेको पानी एकैपटक विस्फोट हुँदा त्यसले निम्त्या

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 156 पटक पढिएको
  • सर्वोच्च संकटः जनताको न्याय पाउने अधिकार कुण्ठित

     काठमाडौं (राजधानी दैनिक बाट )। तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले सर्वोच्च अदालतको संकटका कारण जनताले न्याय पाउने हक कुण्ठित भएकोमा चिन्ता व्यक्त गरेका छन् ।एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे) ले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै कात्तिक ८ गतेदेखि सुरु भएको आन्दोलनप्रति चासो र चिन्ता व्यक्त गरेको हो ।सर्वोच्च अदालतका १९ न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनमा हुनु र इजलास नलाग्दा न्यायको हक कुण्ठित भएको विज्ञप्तिमा उल्लेख गरेको छ । गत कात्तिक ८ गते प्रधानन्यायाधीश राणाले आह्वान गरेको अदालतको पूर

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 114 पटक पढिएको
  • उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्न बैंकहरुलाई अर्थमन्त्रीको निर्देशन

    काठमाडौं(राजधानी दैनिकबाट ) । हाल मुलुकको बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार नेपाल बैंकर्स संघका पदाधिकारी तथा अन्य बैंकर्सहरूसँग छलफल गरेका छन् ।सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले कर्जा प्रवाह धेरै भएको तर त्यो पैसाको प्रभाव नदेखिएको भन्दै चिन्ता व्यक्त गरे । उनले बैंकर्ससँग जुन प्रकारले कर्जा प्रवाह भएको छ सोहीअनुरूपको आर्थिक विकास नभएको बताए । यसैगरी, अर्थमन्त्री शर्माले कर्जा प्रवाहको कुनै असर नदेखिएको भन्दै अध्ययन गर्नुपर्ने बताए ।त्यसैगरी, मन्त्री शर्माले आयातमा ठूलो रकम खर्च भइरहेको देखिए पनि आर्थिक क्रियाकलापमा भने प्रभाव

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • 116 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा