पत्रपत्रिका

    Showing 1,151-1,160 of 1,258 items.
  • यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि जर्नेल कार्की बर्खास्त

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) नेपाली सेनाका एक जना सहायक रथी संगठनभित्रकै महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेपछि बर्खास्तीमा परेका छन् ।संगठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पंकज कार्कीलाई नेपाली सेनाले एक साताअघि बर्खास्त गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । यसरी यौन दुर्व्यवहार गरेको प्रमाणित भएर बर्खास्तीमा पर्ने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् ।सैनिक स्रोतका अनुसार कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले एक उच्च अधिकृतको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो । उक्त

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 135 पटक पढिएको
  • विवादमा बीएन्डसीको सम्बन्धन बीपी प्रतिष्ठानसँग मिलेर केयूले सम्बन्धन दिने

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट )  झापाको बीएन्डसी मेडिकल कलेजलाई ऐनविपरीत सम्बन्धन दिलाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं विश्वविद्यालय (केयू) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबीच गोप्य सम्झौता गराएका छन् ।स्रोतका अनुसार बुधबार शिक्षा मन्त्रालयस्थित मन्त्रीको कार्यकक्षमा दुर्गा प्रसाईं सञ्चालक रहेको मेडिकल कलेजलाई तत्काल प्रतिष्ठानसँग मिलेर केयूले सम्बन्धन दिने सम्झौता भएको हो । केयूले सम्बन्धन दिए पनि नियमन, अनुगमनलगायत प्राज्ञिक गतिविधिका कार्यक्रम र परीक्षा प्रतिष्ठानले सञ्चालन गर्ने सम्झौता गरिएको छ । केयूले दिएको सम्बन्धन प्रतिष्ठानको ऐन संशोधन गराएर उतै स

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 157 पटक पढिएको
  • पाँच वर्षमा २६ हजार ५ सयले गरे आत्महत्या

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) - दैलेखको आठबिस नगरपालिका– ३ निमाइलकी सुकु बडुवाल गत आइतबार चार छोराछोरीसहित कर्णाली नदीमा हामफालिन् । उनीसहित दुई छोरी र एक छोराको शव भेटिएको छ, एक नाबालक छोरी अझै बेपत्ता छिन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सुकुले सन्तानसहित आत्महत्याको बाटो रोज्नुको मुख्य कारण घरेलु हिंसा देखिएको छ । पति मानसिङ मदिराका अम्मली थिए, पत्नी र छोराछोरीलाई यातना दिन्थे । यो क्रम आइतबार पनि दोहोरियो । सुकुले पीडा सहन सकिनन् । र, चार सन्तानसहित बग्दै गरेको कर्णाली नदीमा हामफालेर आफ्नो इहलीला समाप्त गरिन् ।- दुई वर्षअघि कपिलवस्तु यशोधरा गाउँपालिका– २ की ३० वर्षीया शकुन्तला यादव

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 139 पटक पढिएको
  • स्वदेशमै परीक्षण र उपचार सम्भव

    बिर्तामोड  (गोरखापत्र दैनिकबाट) नेपालमा मिर्गौला रोगका बिरामीहरू दिनहँु बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने भएको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्थ्य संस्थामा जाने गर्नाले समस्या उत्पन्न भएको हो । नेपालमा बर्सेनि तीन हजार पाँच सय जनाको मिर्गौला खराब हुने गरेको अनुमान गरिएको छ ।वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। पुकारचन्द्र श्रेष्ठले पछिल्लो समय सानै उमेरमा पनि मिर्गौला खराब हुने गरेको बताउनुभयो । डा। श्रेष्ठले आ

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 162 पटक पढिएको
  • सत्ता टिकाउन प्रधानमन्त्रीलाई चुनौती

    बिर्तामोड ( नागरिक दैनिकबाट ) सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै पनि बेला संसद्मा आफ्ना पक्षमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आएको छ।  संसद्का अबका बैठकमा आएका कुनै पनि प्रस्ताव वा विधेयक पारित गराउन ओलीलाई प्रमुख चुनौती छ। संविधानविद् डा। विपीन अधिकारी भन्छन्, ‘संसद्मा सरकारले ल्याएका कुनै पनि प्रस्ताव वा विधेयक पारित हुन सकेनन् भने माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा र कांग्रेस वा जसपाले सहयोग नगरेमा सरकार अप्ठेरोमा पर्नेछ।’ प्रधानमन्

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 135 पटक पढिएको
  • एमालेमा के हुन्छन् पुस ५ पछिका मनोनयन

     बिर्तामोड ( नागरिक दैनिकबाट ) कम्युनिस्ट राजनीतिमा निस्क्रिय जस्तै बन्न पुगे। एकीकरणपछि बनेको नेकपामा उनी अग्रपंतिका नेताको सूचीमा अटाउन सकेनन्। फलतः उनको राजनीतिक सक्रियता पनि ह्वात्तै घट्यो। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि माधवकुमार नेपाल समूहका ज्ञवाली यो समूहको प्रदेश नेतृत्वकर्ताका रूपमा छानिए।  दाहाल–नेपाल समूहले लुम्बिनी प्रदेशको इन्चार्ज तोकेपछि उनी पुनः सक्रिय राजनीतिमा फर्किएका थिए। तर छोटो समयमै सर्वोच्चले एमाले ब्यूँताउने फैसला गरिदियो। फैसलापश्चात एमालेमै फिर्ता हुन पुगेका ज्ञवाली पुनः नेतृत्वदायी भूमिकामा पुगेका छन्। उनी भन्छन्, ‘सर्वो

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 139 पटक पढिएको
  • यस्तो छ , भाइरल शिवकलीको वास्तविकता

    बिर्तामोड ( नागरिक दैनिकबाट ) रौतहटको मौलापुर गाउँको भिडियो यति भाइरल भयो कि जिन्दगीमै नसोचेको प्रचार शिवकलीले पाइन्। प्रचार त पाइन् तर यतिबेला उनलाई पछुतो पनि लागिरहेको छ। महाशिवरात्रिको अवसरमा मधानी महायज्ञ लगाउन ठाउँ आवश्यक परेपछि स्थानीय तहको सरसल्लाहमा शिवकली मात्र होइन, छिमेकीको गहुँ र तरकारी बाली मास्ने निर्णय गरिएको थियो। निर्णय त भयो तर यस निर्णयबाट बेखबर शिवकली अचानक खेतमा डोजर चलेपछि भक्कानिइन्। उनलाई रुन मन लाग्यो।त्यसपछि त के थियो र रु निरीह शिवकली हातमा कचिया लिएर उभिएकी थिइन्, क्यामेरा देखेपछि उनको भक्कानो छुट्यो। उनलाई बालीको माया लागेर आयो र क्यामेराअगाडि भक्कानिइन्। उनको भक्क

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 185 पटक पढिएको
  • संविधान छल्दै पन्छाइए अध्यादेश

    बिर्तामोड ( अन्नपूर्ण पोष्टबाट) प्रतिनिधिसभाको पहिलो बैठकमा पेस नभएका ६ वटा अध्यादेशको कानुनी अवस्था अन्योलमा परेको छ। संसद अधिवेशन प्रारम्भ भएको पहिलो बैठकमै अध्यादेशहरु पेश हुनुपर्ने संवैधानिक बाध्यता छ। तर, बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि ती अध्यादेश पेश नहुंदा त्यसको अवस्था के हुने भन्ने अन्योल उत्पन्न भएको छ।संविधानको धारा १४१ ९२० को स्पष्टीकरण खण्डमा सरकारले जारी गरेका अध्यादेशहरु संघीय संसदको दुवै वा अलग अलग अधिवेशन प्रारम्भ भएको बैठकमै पेश हुनुपर्ने व्यवस्था छ। प्रतिनिधिसभा नियमावलीको नियम ९३ मा भनिएको छ, ‘संविधानको धारा ११४ बमोजिम जारी भएको अध्यादेश, जारी भएपछि आह्वान भए

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 138 पटक पढिएको
  • उद्योगीको मनपरी : तेलको मूल्य सातामै १० रूपैयाँ बढ्यो

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) एक महिनाअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको जनाउँदै खाने तेल उद्योगीले अस्वाभाविक मूल्यवृद्धि गरे । मूल्यवृद्धिको सर्वत्र आलोचना भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रज्ञापनपत्र मगाएर अनुसन्धान थाल्यो । प्रज्ञापनपत्र विश्लेषणका क्रममा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको र केही प्रज्ञापनपत्रमा मूल्य घटे पनि यहाँ घटाइएको देखिएन ।लागत मूल्य र एमआरपीबीचमै धेरै फरक देखिएपछि विभागले अन्नपूर्ण भेजिटेबल प्रालि र महालक्ष्मी सल्भेन्ट एन्ड रिफाइनरीलाई जरिवाना गरे पनि अन्यलाई कारबाही गरेन । कारबाहीमा परेका यी दुईबाहेक अन्यलाई मूल्य घटाउन म

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 153 पटक पढिएको
  • तानातानमा जसपा

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) सत्ता समीकरणलाई लिएर सत्तारूढ एमाले र माओवादी केन्द्रले जनता समाजवादी पार्टी ९जसपा० लाई आफूतिर तान्न रस्साकसी थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन निर्णायक शक्ति बनेपछि दुवै पार्टीले जसपालाई फकाउन थालेका हुन् ।एमाले र माओवादी केन्द्रले बुधबार जसपाका नेताहरूसँग छलफल गरेका थिए । बिहान सरकार पक्षसँग कार्यदलस्तरमा छलफल भएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेताहरूमाझ जसपा कार्यकारिणी समितिका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग कुराकानी गरे । दाहालले ओलीको विकल्पमा तीन दलीय गठबन्धन सरकार बनाउन जसपालाई आफूतिर ल्य

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 128 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.