पत्रपत्रिका

    Showing 1,081-1,090 of 1,254 items.
  • चार्जिङ स्टेसन निर्माण थालिने

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरु भएको छ ।नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु जोङ्दोङ न्यु इनर्जी टेक्नोलोजी कम्पनी छनोट गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो । प्राधिकरणले निर्माण कम्पनीलाई सम्झौताका लागि २८ दिनको म्यादसहितको पत्र पठाइसकेको जनाएको छ ।कम्पनीलाई बैङ्क ग्यारेन्टीसहित सम्झौता गर्न पत्र ‘लेटर अफ इन्टेन’ ९एलओआई० पठाइएको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भन्नुुभयो, “कम्पनी छनोट गरी सम्झौता गर्न आउन २८ दिनको म्यादसहित पत्र पठाइएको छ । अब छिट्टै सम्झौता भई काम सुरु हुन्छ । सम्झौता भएको एक वर्षमा

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 147 पटक पढिएको
  • सुटुक्क बेचिन्छन् हात्ती

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) चितवन निकुञ्ज घुम्न आउनेको मुख्य सोख हो – हात्ती सफारी । अधिकांश पर्यटक हात्ती चढे र निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा गैंडा लगायत वन्यजन्तु हेर्न जान्छन्। तर पछिल्लो समय सफारीमा प्रयोग हुने हात्ती घट्न थालेका छन्। पर्यटकको संख्या घटेपछि गुपचुपमै हात्ती बेचिन थालेका हुन्। हात्ती बिक्री गर्न नियम कानुनले दिँदैन, तर सुटुक्क भारतसम्म पुर्याइन्छ ।चैत ५ गते साँझपख बूढी राप्ती खोलाको पुल तरलगत्तै  सौराहा जाने बाटो छेउमा एउटा ट्रक उभियो। कुनैजीव जनावर लैजान ठिक्क परेझैँ  ट्रक बाटोको अग्लो ढिस्कोभन्दा सिधा तल केही गहिरो भागमा रोकिएको थियो। यस

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 94 पटक पढिएको
  • एकै दिन ४७९ डढेलो :अहिलेसम्मकै सबैभन्दा धेरै

    बिर्तामोड (कान्तिपुर दैनिकबाट ) बिहीबार एकै दिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा डढेलो लागेको छ । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जाल संयोजक डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बिहीबारको डढेलो अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताए ।गत वर्ष यही दिन एक ठाउँमा मात्र डढेलो लागेको थियो । ‘बिहीबार धेरैतिर डढेलो लागेको देखिन्छ,’ नासाको मोडिस प्रविधिले खिचेको डढेलोको तस्बिर विश्लेषण गर्दै शर्माले भने, ‘यति डढेलो विगतमा कहिल्यै लागेको थिएन ।’मध्य फागुनदेखि मध्य वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ । हिमाली क्षेत्रमा कात्तिकमै डढेलो लाग्न सुरु हुन्छ । यो वर्ष रसुवा, ताप्लेजुङ, मनाङ, गोरखा, लमजुङलगायतका हिमाली जिल

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 96 पटक पढिएको
  • कता ढल्किएला जसपा ?

    बिर्तामोड (अन्नपूर्ण पोष्ट दैनिकबाट) प्रतिनिधिसभा पुनःस्थापना र कम्युनिस्ट एकता भंगको नयाँ परिस्थितिमा सत्ताको चाबी जनता समाजवादी पार्टी (जसपा)को हातमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि ढाल्ने रणनीतिमा लागेको माओवादी केन्द्रको सहकार्य पहलमा उक्त दलले खासै रुचि देखाएको छैन। बरु सत्ता टिकाउने प्रधानमन्त्रीको कदममा साथ दिने संकेत उसले देखाएको छ। सरकार र जसपा नेतृत्वबीच भएको अनौपचारिक वार्ता साबिककै अवस्थाबाट अघि बढे आगामी साता सत्ता साझेदारीको प्रक्रिया अघि बढ्ने सम्भावना छ। प्रधानमन्त्री ओली र जसपा नेताहरूबीच अनौपचारिक वार्तापछि मधेस–थरुहट आन्दोलनका क्रममा चलाइएका २ सय ९२ म

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 108 पटक पढिएको
  • ओली झनै शक्तिशाली

    बिर्तामोड (नागरिक दैनिकबाट) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झनै शक्तिशाली हुँदै गएका छन् । ओली नेतृत्वको सरकार टिकाउन एमाले र जनता समाजवादी पार्टीबीचको सहकार्यको सम्भावना बढेको छ भने अर्कोतर्फ पार्टीभित्र विधान संशोधन गरेर सबै अधिकार आफूमा केन्द्रित गर्न ओली सफल भएका छन् । ओली नेतृत्वको सरकारले विश्वासको मत लिएमा र जसपाले समर्थन गरेमा एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन ।ओलीले फागुन २८ गते माधव नेपाललगायत नेतालाई नबोलाइ केन्द्रीय कमिटीको बैठक राखेर जिम्मेवारी खोस्ने, विधान संशोधन प्रस्ताव अघि सार्ने तथा केन्द्रीय सदस्य थप गर्ने निर्णय गराएका थिए । त्यसपछि दु

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 101 पटक पढिएको
  • काठमाडौंका धारामा आइतबारबाट मेलम्ची पानी

    बिर्तामोड  (राजधानी दैनिकबाट) बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गर्न लागिएको छ ।आगामी २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानी कार्यक्रम उद्घाटन गर्ने तयारी छ । उनीबाट भृकुटी मण्डपस्थित जडित नयाँ धाराको टुटी खोलेर मेलम्ची पानी उद्घाटन गरि“दै छ । त्यसअघि नै आइतबारदेखि मेलम्ची उपआयोजनाअन्तर्गत आयोजना निर्देशनालयले १५ चैतमा ४ करोड लिटर पा

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 106 पटक पढिएको
  • ओली–नेपाल सम्बन्ध टुट्ने अवस्थामा

    बिर्तामोड ( राजधानी दैनिकबाट ) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बुझाएको जवाफीपत्रले समस्या समाधान गर्नुभन्दा झनै बल्झाउने स्थिति देखिएको छ ।एमालेको केही दिनअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टी अनुशासन विपरीत काम गरको भन्दै उनीहरूलाई तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोहीबमोजिम पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिनुको साटो वरिष्ठ नेता नेपाललगायतका नेताहरूले उल्टै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई गम्भीर आरोप लगाउँदै पत

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 99 पटक पढिएको
  • चक्रपथ दोस्रो खण्ड विस्तार चीनको जिम्मामा

    बिर्तामोड (राजधानी दैनिकबाट) कलंकीदेखि महराजगन्ज–धोबीखोला चक्रपथ दोस्रो खण्ड सडक विस्तार अब चीन सरकारको जिम्मामा पुगेको छ ।चक्रपथ विस्तार दोस्रो खण्डअन्तर्गत विस्तारका लागि पूर्वतयारी सकिएसँगै चीन सरकारलाई आमन्त्रण गर्न लागिएको हो ।विस्तारका लागि चीनबाट टोली आएसँगै काम सुरु हुने जनाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार विस्तारस्वरूप पूर्वतयारी मुख्य काम सकिएको छ । मुआब्जा वितरण प्रक्रियापछि अब काम सुरु गर्न सकिने अवस्था रहेको छ । नेपालले चीनलाई काम सुरु गर्न सकिने अवस्था रहेको भन्दै पत्राचारसमेत गरिसकेको छ ।११.६ किलोमिटर सडक खण्ड चीन सरकारले आठ लेनमा विस्तार गर्नेछ । विस्तारक

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 94 पटक पढिएको
  • सर्वोच्चमा भ्रष्टाचारका दर्जनौं मुद्दा ‘जाम’

    बिर्तामोड ( राजधानी दैनिकबाट) सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा फैसला गर्दा गलत आय गणना भएको दाबी गर्दै पुनरावलोकनमा परेको आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको मुद्दाका कारण दर्जनौं मुद्दा जाममा परेका छन् ।शर्माविरुद्धको भ्रष्टाचार मुद्दा अन्तिम चरणमा पुगेर पनि सर्वोच्चमा सुनुवाइ रोकिएको छ । शर्माले आफ्नो कृषिलगायत आय गणना नगरी सर्वोच्चले आफूलाई दोषी ठहर गरेको भन्दै उनले पुनरावलोकन गरेका थिए ।२८ पटक पेसी तोकिएको मुद्दा अन्तिम सुनुवाइका लागि १२ चैतका लागि पेसी तोकिएको छ । शर्माले लिएको आय गणना विषयमा सर्वोच्चले फैसला गर्दै व्याख्या गरेसँगै भ्रष्टाचार मुद्दा सुनुवाइ ‘कसरी अगाडि ब

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 95 पटक पढिएको
  • बढ्यो मोटरसाइकल र गाडीको आयात

    बिर्तामोड (कान्तिपुर दैनिकबाट)  पोहोर फागुन सुरुदेखि नै कोरोना संक्रमणको त्रास बढ्दा बिस्तारै आर्थिक गतिविधिमा मन्दी छाएको थियो । अटोमोबिल व्यवसायीहरूले विभिन्न कम्पनीका गाडी झिकाए, ग्राहकको माग नै घट्यो । कोरोनाले निम्त्याएको संकटलाई ध्यानमा राख्दै सरकारले धेरै विदेशी मुद्रा बाहिरिने सवारीको आयातमा पनि कडाइ गर्‍यो ।अर्डर नै नभएपछि त्यसबेला उनीहरूले भन्सारमा आइपुगेका गाडी छुटाएका थिएनन् । त्यसबेला वीरगन्ज भन्सारको यार्ड गाडीले भरिएको थियो । लकडाउन हट्यो । त्रासकै बीच जनजीवन सामान्यतर्फ फर्किंदा मास्क लगाउनु र साबुनपानीले हात धुनु स्वास्थ्य सुरक्षाका लागि जति जरुरी भयो, त्यो जतिकै ध्यान दि

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 100 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा