कृषि

    Showing 411-420 of 472 items.
  • बारा र पर्साबाट दुई हजार दुई सय ७२ क्वीन्टल धान खरिद

    वीरगञ्ज (पर्सा) । वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बारा र पर्सा जिल्लाबाट दुई हजार दुई सय ७२ क्वीन्टल सोनामन्सुली धान खरिद गरेको छ । कम्पनीले गत मङ्सिर २० गतेदेखि धान खरिद सुरु गरेको हो । कम्पनीले यो हिउँदमा ३२ हजार क्वीन्टल सोनामन्सुली र १० हजार क्वीन्टल जिरामसिनो धान खरिद गर्ने योजना बनाएको छ । हालसम्ममा जिरामसिनो धान भने कृषकले बिक्रीका लागि ल्याएका छैनन् । कम्पनीका सूचना अधिकारी समीर दाहालले अपेक्षाकृत रुपमा किसानहरु धान बिक्री गर्न नआएको बताए । ‘‘किसानले अपेक्षा गरेभन्दा कम धान बिक्रीमा ल्याउनुभएको छ’, उनले भने, ‘उहाँहरुले फाट्टाफुट दुई–तीन दिनमा एक गाडी धान लिएर आइरह

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 180 पटक पढिएको
  • सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार

    म्याग्दी (बेनी) । रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तलाखेतीमा रमाइरहेका छन् । उनी यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउँछन् ।बाह्र वर्षअघि करिब तीन रोपनी बारीमा सुन्तला रोप्नुभएका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन् । यस वर्ष बगैँचाबाटै १० लाखको सुन्तला बिक्री भएको मगरले बताए । ‘पहिले घरपरिवारको आर्थिक स्रोतकै लागि ११ वर्ष कतार र तीन वर्ष दुबईमा काम गरेँ, तर अहिले सुन्तलाले उत्पादन दिन थालेपछि विदेश जान छोडेको हुँ, अहिले आफ्नै सुन्तलाबारीमा पसिना बगाउँदा आनन्द लाग्छ’, मगरले भने ।केही वर्ष अघिसम्म दोसल्लेका

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 160 पटक पढिएको
  • सरकारी कृषि फार्मको जग्गा दुई दशकदेखि अतिक्रमणमा

    झापा । शिवसताक्षी–७ स्थित कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् । अतिक्रमणमा परेको जग्गा फर्काउन फार्मले गरिरहेको प्रयास सफल हुन सकेको छैन ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र मातहतको उक्त फार्मले अतिक्रमण हटाउन बर्सेनि विभिन्न सरोकारवाला निकाय गुहार्दै आएको जनाएको छ ।फार्मका कार्यालय प्रमुख एवं वरिष्ठ बाली विकास अधिकृत विनोदकुमार मण्डलका अनुसार सङ्घीय सरकार मातहत रहेर खाद्यान्न, दलहन तथा तेलहन बालीको स्रोत बीउ उत्पादन गर्दै आएको फार्मको ५२ हेक्टर (८४ बिघा) जग्गा रहेको विसं २०५

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 183 पटक पढिएको
  • ग्रामीण कृषिः लिफ्ट सिँचाइले फेरियो मेटेराको मुहार

    दाङ । तुलसीपुर उपमहानगरपालिका– १४ मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न छन् । उनले तोरी, चना, केराउ खेतीबाट प्रशस्त आम्दानी गरेका छन् । लिफ्ट सिँचाइले उनी सफल किसान बनेका हुन् ।‘पहिले नौ बिघा जमिनमा तोरी, चना र केराउखेती गरे पनि उत्पादन कम हुन्थ्यो तर अहिले पहिलेको तुलनामा १० गुणाबढी उत्पादन हुन्छ । लिफ्ट सिँचाइका कारण यो सब सम्भव भएको हो’, उत्पादन वृद्धिको रहस्य सुनाउँदै उनले भने ।उनले पाँच बिघामा तोरी र बाँकी भूमिमा केराउ तथा चनाखेती गर्नु भएको छ । उहाँ बेमौसमी सागसब्जी लगाउने योजनामा छन् । कृषि उपज बेचेर बितेको याममा आफूले रु पाँच लाख बचत गरेको उनले बताए । उनी क

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 236 पटक पढिएको
  • जैमिनी नगरपालिकाले सञ्चालन गर्‍याे निःशुल्क किसान फोन सेवा

    ढोरपाटन (बागलुङ) । बागलुङको जैमिनी नगरपालिकाले किसानको सहजताका लागि ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरेको छ । व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका किसानलाई प्राविधिक तथा अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरिएको हो । माघ पहिलो सातादेखि यो सेवा सुरु गरेपछि किसान लाभान्वित हुँदै गएको नगरपालिकाका पशु शाखा प्रमुख डा अच्युत आचार्यले जानकारी दिए । किसानले बालीनाली र पशुचौपायामा समस्या देखिए तत्काल फोन गरेर प्राविधिक सेवा लिन सकिने उनको भनाइ छ । किसानले पशु तथा कृषिसम्बन्धी जानकारी लिनुपरे पैसा नलाग्ने नम्बर १८१०–५०००–११६ मा फोन गर्न सक्नेछन् ।आचार्यले भ

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 169 पटक पढिएको
  • यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

    काठमाडौँ । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आइतबारकोे लागि तरकारी र फलफूलको भाउतोकेको छ ।आइतबार गोलभेँडाठूलो न्यूनतममूल्य ६० रुपैयाँप्रतिकिलोमा बिक्रीभइरहेको छ ।यसैगरी सानो गोलभँेडालोकल २०, रातो आलु ३६,सुकेको प्याज ६८, गाजर २०, बन्दालोकल १०, बन्दा तराई १०, बन्दानरिवल १०, स्थानीयकाउली १०, स्थानीयकाउलीज्यापु १५, तराई काउली १०, सेतो मुला १०, लाम्चो भान्टा ३०, डल्लो भान्टा ४०, मटरकोशा ४०, घिउसिमी ५०, टाटे सिमी ४०, तिते करेला ९०, लौका ५० र परवर ९० रुपैयाँप्रतिकिलो बिक्रीभएको छ ।यस्तै, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो १०, हरियो फर्सी डल्लो १०, भिण्डी १००, सखरखण्ड ६०, बरेला ३०, पिडालु ८०

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 156 पटक पढिएको
  • आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका

    भद्रपुर (झापा) । भद्रपुर नगरपालिकाको खायन आलुखेती कार्यक्रमअन्तर्गत एक सय ५० जना किसान लाभान्वित भएका छन् ।  पालिकाले कम्तीमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा रु दुई हजार अनुदान दिएको थियो । नगरप्रमुख गणेश पोखरेलका अनुसार यो कार्यक्रम किसानलाई तरकारीखेतीमा आत्मनिर्भर बनाउनका साथै व्यावसायिक उत्पादनतर्फ प्रेरित गर्न सञ्चालन गरिएको हो । किसानको उत्पादनलाई बजारीकरण गर्न नगरपालिकाले छिट्टै विभिन्न स्थानमा बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको छ । पालिकाले उपलब्ध गराएको अनुदानपछि स्थानीय भद्रपुर–३ बेसाबारीका किसान मेवा गणेशले १० कट्ठा जमिनमा आलुखेती गरेर रु ती

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 199 पटक पढिएको
  • डेढ करोड लगानीमा कागतीखेती

    बागलुङ (ढोरपाटन) । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागतीखेती सुरु गरेका हुन् । बलेवाका ५२ किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएका छन् । विसं २०७७ देखि ‘चासो कृषक समूह’ले सुरु गरेको कागतीखेती फस्टाउन थालेको छ । कागतीखेती गर्न  रु एक करोड ५० लाखभन्दा बढी लगानी भएको समूहका अध्यक्ष केशव सुवेदीले जानकारी दिए । गत वर्षदेखि नै कागती उत्पादन हुन थालेको उहाँको भनाइ छ । यस वर्ष झण्डै रु पाँच लाखको बिक्री गरेको अध्यक्ष सुवेदीले बताए ।काग

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 226 पटक पढिएको
  • स्थानीय कफी देश तथा विदेशमा प्रवर्द्धन गरिँदै

    रामपुर (पाल्पा) । ‘झोलामा कफी बोकेर गाउँ–गाउँमा बिक्रीका लागि पुग्दा धेरैको हाँसो मजाकको पात्र बनें, काम नपाएर कफी बेच्न गाउँ डुले जस्तो व्यवहार मैले भोग्नुप¥यो, तैपनि हिम्मत भने आफूमा राखिरहें, कफीको प्रवर्द्धनका लागि गाउँ धाइरहन्थें । अहिले भने परिस्थिति बदलिएको छ, कफी खरिद गर्न घरमै ग्राहक आउनुुहुन्छ,’ यो अनुभव युवा प्रेमबहादुर सिंह ठकुरीको हो । उनी पाल्पा रामपुर नगरपालिका–५ भम्बक निवासी हुन् । उनले कफी व्यवसायमार्फत आफ्नो पहिचान बदलेका छन् । पाँच वर्षअघि उनलाई कफी व्यवसायबाट समाजमा चिनिन्छु भन्ने लाग्दैनथ्यो । हाल उनको पहिचान प्रेमबहादुर नभई कफी व्यवसायी तथा धेरैका कफी दाइका नामले परि

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 162 पटक पढिएको
  • उत्पादित कफी सहकारीले किनेपछि कृषक उत्साहित

    दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी सहकारीले खरिद गर्न थालेपछि कृषक उत्साहित भएका छन् । दुलेगौडास्थित कृष्मी सहकारी संस्थाले कृषकले उत्पादित कफी खरिद गरिदिन थालेपछि यहाँका कृषक उत्साहित भएका हुन् । सहकारीले नै कफी खरिद गर्ने व्यवस्था मिलाएपछि उत्पादित कफीको बजार खोज्दै हिँड्नुपर्ने बाध्यताबाट मुक्ति पाएको शुक्लागण्डकी–१ थप्रेकका सुरज वाग्लेले बताए ।उनले भने, ‘कफी उत्पादन भएपछि कहाँ बिक्री गर्ने, कसलाई बिक्री गर्ने भन्ने अन्योल थियो, सहकारीले नै सबै कफी खरिद गरिदिने भएपछि कृषकलाई सहज भएको छ ।’ हाल सुरुआती चरणमा आफूले २० बोट कफी लगाएकामा अब त्यसलाई व

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 155 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा