कृषि

    Showing २३१-२४० of ६०६ items.
  • खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

    मुगु— मुगुको पश्चिमी भेगमा पर्ने खत्याडगाँउपालिका वडा नम्बर १० का कृषकले लगाएको धानमा बाला नलागेपछि खेतमै आगो लगाएका छन् ।खडेरी परेर धान उत्पादन नभएपछि कृषक आक्रोशित बनेका हुन् । गत जेठ–असारमा खत्याडगाँउपालिका वडा नम्बर १० ह्रायाङ्खु गाँउका कृषकले लगाएको धानमा फल नलागेपछि कृषक चिन्तित बनेका हुन् ।  उक्त क्षेत्रका एक सय २५ घर परिवारले धान लगाएको खेतमा  आगो लगाएका हुन् । हयाङ्खु बासीहरुको मुख्य खाद्यान्न बाली धान हो । भुवा अर्थात पाखे खेत गर्ने जमिन निकै कम भएको हुँदा बर्षभरी धान खतीमार्फत जीवन निर्वाह गर्दै आएका कृषक खडेरीको मारमा परेका हुन् ।खत्याड गाउँपालिका १० का ६५ बर्षीय कृष

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ७२५ पटक पढिएको
  • बेमौसमी वर्षाले सर्लाहीको धान बालीमा क्षति

    सर्लाही— मङ्गलबार बिहानदेखि परेको अविरल बेमौसमी वर्षाले सर्लाहीका किसानको मुख्य बाली धानमा ठूलो क्षति पु¥याएको छ । तिहार लगत्तै भित्र्याउने तयारीमा रहेका किसानहरू अहिले फलेको धान खेतमै नष्ट भएपछी चिन्तित बनेका छन् ।कोडैनाका किसानहरूको अनुसार खेतमा काटेर सुकाउन राखिएको धान पानीमा डुबेको छ भने अझै नकाटिएका बालीमा पनि बाला झर्ने समस्या देखिएको छ। ‘धान काटेर घरमा ल्याउने तयारीमा थियौँ, तर वर्षाले सबै भिजायो,’ एक किसानले दुखेसो पोख्दै भने, ‘धान भित्र्याउने तयारी भइरहँदा पानी परेर क्षति भयो।’जिल्लाका विभिन्न ठाउँ अहिले जलमग्न छन् । लगातारको वर्षाले खेतबारीमा पानी थामिन नसकेपछि धान भित्र्याउने काम रो

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ८४३ पटक पढिएको
  • अर्गानिक मकैको माग बढ्दो, खेती भने जोगाउनै मुस्किल

    बाजुरा— बाजुरामा उत्पदित अर्गानिक मकैको माग बढ्दै गएको छ । पछिल्लो समय यहाँको नौंवटै स्थानीय तहमा उत्पादित मकैको माग देशका ठुला शहरमा बढ्न थालेको हो । बाजुराका अधिकाशं गाउँ बस्तीमा मकै खेती राम्रो उत्पादन हुने गरेको छ । मकै राम्रो उत्पादन भए पनि खेती भने जोगाउनै मुस्किल हुने गरेको छ । जङ्गली जनावर बाँदरका कारण मकै खेती सखाप हुदै आएको हो ।मकै अन्य बालीहरु भन्दा धेरै खपत हुने बालीको रुपमा पर्छ । खच्चरहरुलाई दाना खुवाउनदेखि बिभिन्न परिकार, तेल, इन्धन, चिनी ,रक्सी बनाउन यसको प्रयोग गर्ने गरिन्छ ।पहिले बाजुराका कृषकहरुले कमै मात्रामा खेती गर्थे । तर पछिल्लो समय मकैको महत्त्व, माग बढ्दै गएकोले

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ६८८ पटक पढिएको
  • मकवानपुरलाई देशकै ‘मोडल पशुपालन जिल्ला’ बनाउने प्रयास, आत्मनिर्भरतामा फड्को

    हेटौंडा— मकवानपुर जिल्ला पशु सेवा कार्यालयले उल्लेख्य प्रगति गरेको दाबी गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका कार्यक्रम र उपलब्धिहरूले जिल्लालाई पशुपालन तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा उल्लेखनीय फड्को मारेको दाबी छ ।कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरका अनुसार यस वर्षलाई ‘उत्पादन विस्तार र सेवा सुदृढीकरणको वर्ष’का रूपमा मनाइँदै विभिन्न किसानमुखी गतिविधिहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिएको दाबी कार्यालयको छ । कार्यालयले यस वर्ष पशुपन्छी नियमन, निरीक्षण र उद्धारका क्षेत्रमा विशेष ध्यान दिएको जनाएको छ । बजारमा बिक्री हुने मासु, कुखुरा, माछा तथा दुग्धजन्य उत्पादन

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ६५७ पटक पढिएको
  • अलैंची निर्यात ३३ प्रतिशतले बढ्यो

    काठमाडौं— चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म अलैंचीको निर्यात ३३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा अलैंची निर्यात बढेको पाइएको हो ।विभागका अनुसार आव २०८२/८३ को असोज सम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको छ । यो निर्यात गत आवको सोहि अवधिको तुलनामा ३३ प्रतिशत धेरै हो ।गत आव २०८१/८२ को सोहि अबधिमा नेपालबाट १ अर्ब २६ करोड २१ लाख ७८३ मेट्रिक टन मात्रै अलैंची निर्यात भएको थियो । नेपाल बाट निर्यात हुने मुख्य बस्तु मध्ये अलैंची पनि पर्दछ ।विभाका अनुसार पहिलो त्रैमासमा अन्तर्रा

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ५८४ पटक पढिएको
  • युवालाई आत्मनिर्भर बनाउँदै ‘चखेल’

    हेटौँडा (मकवानपुर), ९ कात्तिकः विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ चखेलका किसानले बारीमा पसिना बगाए पनि भविष्य उज्यालो हुन्छ देखाएका छन् । यही बारीले गाउँका युवालाई इन्जिनियर, नर्स, कृषिविज्ञ, प्राविधिक र आत्मनिर्भर नागरिकमा रूपान्तरण गरिरहेको छ ।पहाडी भूभागका खेतबारी बाँझिन थालेको नेपालमा चखेलले भने माटोसँगको आत्मीयता पुनर्जीवित गरेको छ । काठमाडौँ उपत्यकाबाट आधा घण्टाको दूरीमा अवस्थित यो सानो गाउँ बिहानैदेखि कोलाहलमय हुन्छ– कोही मुला उखेल्दै छन्, कोही काउली बोकेर बजार हिँड्दै त कोही बीउ छर्ने तयारी गर्दैछन् । जम्मा ३६ परिवारको मात्र

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • २९७ पटक पढिएको
  • पौवादुङमाको खुर्सानी खेती : बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’

    भोजपुर, ३ कात्तिकः यहाँको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बन्दै गएको छ । यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र अपनाएको प्रविधिले अन्य जिल्लाका किसानलाई आकर्षित गर्न थालेको हो । गाउँपालिकामा करिब चार सय हेक्टर क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ । यहाँका करिब नौ सय किसान खुर्सानी खेतीमा आवद्ध रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।खुर्सानी खेतीको अध्ययन, अवलोकन र आवश्यक जानकारी लिन देशका विभिन्न ठाउँबाट किसान र कृषि विज्ञ आ

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • ४४६ पटक पढिएको
  • अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

    फुङ्लिङ, ३ कात्तिकः ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्ने थालेका छन् ।फक्ताङलुङ गाउँपालिका–६ का किसान रोशन लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् बाँकी सबै बगानमै बास बस्छन् । अलैँची टिप्ने बेला गुमायो भने वर्षभरको मेहनत खेर जाने भएकाले बगानमै व्यस्त भएको उहाँले बताउभयो । फुङ्लिङ नगरपालिका–७ का किसान खाङडु शेर्पा झन करिब एक महिनादेखि बगानमै बसिरहनु भएको छ । दसैँ परिवारसहित ब

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • २६६ पटक पढिएको
  • जुम्लामा मार्सी धान भित्र्याउने चटारो

    जुम्ला । तिहारको चटारोसँगै यतिबेला जुम्लाका किसानलाई जुम्ली मार्सी धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छ ।विश्वको अग्लो स्थान छुमचौरीदेखि आठवटै स्थानीय तहमा रहेका खेतका लटरम्म फाँटमा झुलेका कालीमार्सी जातको धान उत्पादन हुने गर्छ । धान पाक्ने सिजन भएकाले किसानहरु ब्यस्त बनेका हुन् । पछिल्ला बर्षहरुमा जुम्ली काली मार्सी धान उत्पादन घट्दै गइरहेको छ । कात्तिक महिनाको पहिलो साता मात्र धान काट्ने धान पछिल्ला बर्षहरुमा तापक्रम बढेकाले चाँडै भित्र्याउने गरिन्छ । जिल्लाभर २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुने भएको भएपनि अहिले ६ हजार ३ सय ७७ मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने गरेको तथ्यांक छ ।

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • ३९९ पटक पढिएको
  • काटेको धानबाली चुट्नमा व्यस्त बाजुराका किसान

    बाजुरा । बाजुराका किसान यतिबेला काटेको धानबाली चुट्नमा व्यस्त रहेका छन् । यहाँका नौं वटै स्थानीय तहका कृषकहरु आफ्नो खेतबारीमा लगाएको धानबाली चुटेर भित्र्याउनमाा व्यस्त छन् ।असारको महिना लगाएको धानबाली यतिवेला काटेर सकिए पश्चात् धमाधम चुट्ने काम चलिरहेको छ । कतिपय बाँकी रहेका ठाउँमा भने धान काट्ने काम जारी नै छ । यहाँका गाउँबस्तीमा स्थानीय बालीनाली भित्र्याउने काममा व्यस्त देखिन्छन् ।बाजुराका नौं वटै स्थानीय तहका किसान बिहानदेखि बेलुकी अवेरसम्म खेतबारीमा व्यस्त छन । खेतमा लगाएको धानसँगै कागुनु, झुमरो, चिनो र फापर काट्ने, सुकाउने,चुट्ने काम भ्याईनभ्याई छ । त्यस्तै खाली भएका खेतबारी जोत्ने,खन्ने,

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • ३६९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.