सिराहा— सिराहाको लहान नगरपालिका–१ ट्राफिक चोकबाट झण्डै १ हजार ४ किलो ४ सय ५० ग्राम गाँजा सहित दुई जना शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा संखुवासभा, धर्मदेवी नगरपालिका–९ छिपिधारा टोलका २४ वर्षीय टंक विश्वकर्मा र धनकुटा, छथर जोरपाटी गाउँपालिका–२ का २२ वर्षीय खेम राना मगर रहेका छन्।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले मिर्चैयाबाट रूपनीतर्फ गइरहेको ना।५ख ३२०९ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।
प्रहरीले चालक क्याबिन पछाडि फल्स बटम बनाई ३१ वटा बोरामा लुकाइछिपाइ राखिएको गाँजा फेला पारेको जनाएको छ। ट्रक चालक टंक विश्वकर्मा र सहचालक खेम रानालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान थालिएको जनाएको छ।






































