खेलकुद

    Showing 951-960 of 1,313 items.
  • प्रथम रात्रिकालीन वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि भद्रपुर –६ लाई

    झापा / भद्रपुर युवा परिवारले आयोजना गरेको प्रथम रात्रिकालीन वडा स्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधि भद्रपुर –६ ले जितेको छ । भद्रपुर उच्च माविको खेल मैदानमा बुधबार राति भएको फाइनल खेलमा उपाधिका दाबेदार मानिएका वडा नम्बर ४ लाई २५–१७, २५–१९ को सोझो सेटमा हराउँदै वडा नम्बर ६ ले उपाधि जितेको हो ।  उपाधि जितेको वडा नम्बर –६ ले ३५ हजार रुपैयाँ पाएको छ भने उपविजेता वडा नम्बर –४ ले २० हजार पाएको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा –६ का हेमन्त विश्वकर्मा, वेस्ट स्पाइकर वडा –४ का भरत राजवंशी, वेस्ट वलकर वडा –५ का सञ्जय चौधरी, वेस्ट डिफेन्डर वडा –४ का बुद्धिमान राजव

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 579 पटक पढिएको
  • अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल आज घरेलु टोली थाइल्याण्डसँग भिड्दै

    बिर्तामोड / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र थाइल्यान्डबीचको खेल आज (बिहिवार) थाइल्यान्डमा हुँदैछ । नेपाली राष्ट्रिय फुटबल टोली आज नेपाली समयअनुसार साँझ पौने ६ बजे थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन् ।नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो । थाइल्यान्डविरुद्ध दुई खेल खेल्दा नेपाल दुवैमा पराजित भएको थियो भने, यो पटक मैदानमा उत्रदा नेपाल घरेलु टोलीलाई कडा टक्कर दिने योजनामा रहेको छ।एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्याण्डसँग खेल्न लागेको हो ।नेपालले १३ चैतमा थाइल्यान्डको चोनबुरी एफसीसँग प्र

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 240 पटक पढिएको
  • आयोजक दमक–११ लाई पराजित गर्दै बागमती क्वाटर फाइनलमा

    बिर्तामोड / बागमती युथ क्लब सर्लाही झापाको दमकमा जारी दमक गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आयोजक दमक–११ लाई १–० गोल अन्तरले पराजित गर्दै बागमतीले क्वाटर फाइनलको यात्र तय गरेको हो ।दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा गोल्डकप भइरहेको छ ।बागमतीका लागि खेलको ८८ औँ मिनेटमा अनिल राना मगरले पेनाल्टीमार्फत गोल गरे । बागमतीका जोमाउलमाथि डिबक्समा फल गरेपछि बागमतीले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै बागमतीले जित पहिलो खेलमा विजयी सुरुवात गरेको हो । घरेलु दर्शको साथ पाएको दमकले पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । त

    • प्रकाशित मितिः चैत ९, २०७८
    • 349 पटक पढिएको
  • दमक गोल्डकपको तयारी पूरा : बुधबार बाट खेल सुरु हुदैँ

    बिर्तामोड / दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । बुधबारबाट हुने दमक गोल्डकपको तयारी पूरा भएको हो । दमक-३ स्थित प्रस्तावित मदन भण्डारी  अन्तर्राष्ट्रिय रङ्गशालामा हुने प्रतियोगितामा चार विदेशी टोलीसहित दश टिमको सहभागिता रहनेछ । प्रतियोगिताका लागि मैदान सम्याउने, प्याराफिट निर्माण लगायतको काम सकिएको दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चौलागाइँले जानकारी दिए । पाँच हजारदेखि सात हजार दर्शक आँट्ने प्याराफिट निर्माण गरिएको उनले बताएका छन । प्रतियोगिताको उद्घाटन प्रदेश सांसद अर्जुन राईले गर्नेछन् भने समापन पूर्वप्रधानमन

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 533 पटक पढिएको
  • झापामा पहिलो पटक प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता सम्पन्न

    बिप्सा खरेलबिर्तामोड /  झापामा पहिलो पटक प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता भएको छ । बिर्तामोड नगरपालिका  ५ न. वडा खेलकुद बिकास समितिको आयोजनामा बुधबार  प्रथम प्रदेशस्तरीय  ३×३ महिला तथा पुरुष बास्केटबल प्रतियोगिता सम्पन्न भएको हो ।   खेलकुद प्रतियोगिताको उद्घाटन  प्रमुख अतिथि १ न. प्रदेश पूर्व सामाजिक बिकास राज्य मन्त्री जसमाया गजमेरले गरेकी थिइन्। प्रतियोगिताको मुख्य आकर्षण नेपाल बास्केटबल टिमका राष्ट्रिय कप्तान सदिश प्रधान रहेका थिए । उनले खेलाडीहरूको मनोबल बढाउन उपस्थित भएको बताएका छन् ।  ५ न. वडा खेलकुद विकास समितीका अध्यक्ष  विशाल धिमालक

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 377 पटक पढिएको
  • आईसीसी क्रिकेट विश्वकप लिग-२ : टस हारे सँगै बलिङमा नेपाल

    काठमाडौँ / आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध टस हारेको छ ।संयुक्त अरब इमिरेट्स (युएइ)को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ गर्ने छ । पिएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।नेपाल पिएनजीलाई हराउँदै शृङ्खलामा सुखद् सुरुवात गर्न चाहन्छ । पिएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ ।नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दै छ ।नेपालले यसअघि पिएनजीविरुद्ध खेलेको दुवै एकदिवसीय आफ्नो पक्षमा पारेको छ ।शृंखला अघि नेपालले श्रीलङ्कामा चार अभ्यास खेल खेलेको थियो । तीन खेल जित्दा एकमा हार व्यहो

    • प्रकाशित मितिः चैत २, २०७८
    • 133 पटक पढिएको
  • चेल्सी र आर्सनलको सानदार जित

    एजेन्सी / इंग्लिस प्रिमियर लिगअन्तर्गत भएको खेलमा आर्सनल र चेल्सीले आइतबार राति जित निकालेका छन् । खेलको अन्तिम मिनेटमा काई हाभार्टजले चेल्सीको लागि गोल गरेपछि चेल्सीले न्युक्यासल युनाइटेडलाई १-० अन्तरले पराजित गरेको हो । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६९ अङ्क रहेको छ भने चौथो स्थानको आर्सनलको ५१ र पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडको ५० अङ्क रहेको छ । जितसँगै चेल्सी २८ खेलमा ५९ अङ्कसहित तेस्रो स्थानमा रहेको छ जुन दोस्रो स्थानको लिभरपुलभन्दा सात अङ्क कम हो । आइतबार नै भएको खेलमा चौथौ स्थानमा उक्लिने क्रममा आर्सनलले लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ । आर्सनललाई जित दिलाउन थोमस पा

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 174 पटक पढिएको
  • बोर्डेअक्समाथि पीएसजीको जित

    एजेन्सी / फ्रेन्च लिग वानमा बोर्डेअक्समाथि पेरिस सेन्ट जर्मन (पीएसजी)ले ३-० को अन्तरले सहज र सानदार जित निकालेको छ । पिएसजीलाई सानदार जित दिलाउनको लागि केलियन एमबाप्पे, जुनियर नेमार र लियान्द्रो ड्यानियल पारेडेसले समान एक-एक गोल गरेका थिए ।खेलको २४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए भने ५२ औं मिनेटमा नेमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारेका थिए । ६१ औं मिनेटमा पारेडेसले गोल गर्दै पिएसजीलाई सानदार जित दिलाएका थिए ।यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले दोस्रो स्थानमा रहेको मार्सेलाई १५ अङ्कले पछि पारेको छ । पिएसजीले २८ खेलमा ६५ अङ्क जोडेर शीर्ष स्थानमा रहेक

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 114 पटक पढिएको
  • झापा गोल्डकपको उपाधिका लागि आज झापा-११ र त्रिभुवन आर्मी खेल्दै

    झापा / बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी  झापा गोल्डकपको उपाधिका लागि आज त्रिभुवन आर्मी फुटबल क्लब र घरेलु टोली झापा-११ खेल्दै छन् । सेमिफाइनलमा झापाले संकटा तथा आर्मीले सातदोबाटोलाई हराएका थिए । आर्मीले तीनपटक झापा गोल्डकपको उपाधि उचालेको छ । उसले पहिलो, तेस्रो र चौथो संस्करणमा झापालाई नै हराउँदै जितेको थियो । आर्मी आज पनि त्यसलाई निरन्तरता दिने सोचमा छ । झापाले यसअघिका चारवटै संस्करणमा उप विजेतामा चित्त बुझाएको छ । ऊ दोस्रो संस्करणको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग पराजित भएको थियो ।झापा पनि आर्मीसँग बदला लिँदै यसपटक भने उपाधि घरमै राख्ने प्रयासमा हुनेछ । &n

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 210 पटक पढिएको
  • गोलको वर्षा हुँदा पनि रोकियो बायर्न

    एजेन्सी / रोबर्ट लेवान्डोस्कीले यो सिजन बुन्डेस लिगका २६ खेलमा २९ औँ गोल गरे पनि बायर्न म्युनिख पाँचौ स्थानमा रहेको होफनहायमसँग बराबरी खेल्न बाध्य भएको छ ।क्रिस्टोफर बौमगार्टनरले खेलको ३२ औँ मिनेटमा गोल गर्दै होफनहायमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै खेल बराबरी गरेका छन् । थोमस मुलरको दुईवटा गोल रद्द गरिए पछि बायर्न जितबाट भने वञ्चित रह्यो । २६ खेलपछि बायर्न दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डभन्दा १० अङ्कले अघि रहेको छ । बायर्नको ६० अङ्क रहेको छ भने दुई खेल कम खेलेको डर्टमण्डको ५० अङ्क रहेको छ । 

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 145 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा