आर्थिक

    Showing ८४१-८५० of ४,५१९ items.
  • अर्थ मन्त्रीसहित योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफलमा प्रधानमन्त्री

    काठमाडौं— प्रधानमन्त्री बालेन शाहले अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल शुरु गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको हो ।बैठकमा यी निकायले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावबारे समेत छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ४५८ पटक पढिएको
  • सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    काठमाडौं— नेपाली बजारमा सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ ।आज सुनको मूल्य १६ सयले बढेर ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ५ हजार १६० रुपैयाँमा कारोबार भएको छ । हिजो ५ हजा १९० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ४७१ पटक पढिएको
  • नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

    काठमाडौं— नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालमा साढे ३३ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन भित्रिएको छ ।भन्सार विभागको तथ्यांक अनुसार, साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो । यस अवधिमा १६ लाख ७४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिको तुलनामा यस वर्ष स्मार्टफोन आयातको ग्राफ निकै माथि देखिएको छ । विभागका अनुसार गत वर्ष चैत मसान्तसम्म २५ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो ।उक्त समयमा १५ लाख ८४ हजार थान स्मार्टफ

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ४६७ पटक पढिएको
  • माउन्ट एभरेष्ट पावरले वैशाख १७ देखि आईपीओ निष्काशन गर्ने

    काठमाडौं— माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख १७ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर खुला गर्न लागेको हो ।कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् कुल २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति धितोपत्र बोर्डबाट पाएको थियो । यसमध्ये ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।प्रभावित क्षेत्रका बासिन्दाहरूलाई पनि अति प्रभावित र अन्य प्रभावित गरी दुई समूहमा विभाजन गरेर छुट्टाछुट

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ५२८ पटक पढिएको
  • नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

    काठमाडौं— चालु आर्थिक वर्ष (आव) २०८२/८३ को नौ महिना अर्थात चैत सम्म नेपालबाट साढे १० अर्ब रुपैयाँ भन्दा धेरैको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्त सम्म नेपालले १० अर्ब ७० करोड रुपैयाँको ५ हजार २ सय ९५ मेट्रिक टन अलैँची निर्यात गरेको हो ।गत आवको सोहि अवधिमा नेपालले ६ अर्ब २६ करोड रुपैयाँको ३ हजार ४४४ मेट्रिक टन मात्रै अलैँची निर्यात गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ४९४ पटक पढिएको
  • निर्यात २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

    काठमाडौं— चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महीना (साउन–चैत) मा नेपालको निर्यात व्यापार २ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ दशमलव ४६ प्रतिशतले वृद्धि भएको हो ।गत आर्थिक वर्षको चैतसम्म वस्तु तथा सेवा निर्यात १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबर रहेकोमा चालु आवको चैतसम्म आइपुग्दा यो रकम २ खर्बमाथि पुगेको छ । त्यस्तै, गत फागुनसम्म नेपालको निर्यात १ खर्ब ९१ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो ।यता, आयात पनि उल्लेख्य रूपमा बढेको छ । चालु आवको ९ महीनामा आयात १३ दशमलव ८२ प्रतिशतले वृद्धि भई १४ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढी पुगेको

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ५४८ पटक पढिएको
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

    काठमाडौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल गरेका छन् ।सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्ले र विषयगत सबै मन्त्रालयका मन्त्री तथा सचिवबिच आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी सम्बन्धमा छलफल भएको हो ।छलफलमा अर्थसचिव डा. घनश्याम उपाध्यायले अर्थ मन्त्रालयले रकमान्तरमा विषयगत मन्त्रालयबाटै हुने गरी सहजीकरणको लागि निर्णय गरेको बताए । उनले बहुवर्षीय ठेक्काको स्रोत सहमतिको समय सीमा परिवर्तन लगायतका विषयमा जानकारी गराएका थिए ।बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव डा। सुमन दाहालले आगामी आर्थिक वर्षको बजेट तयारीको हालसम्मको अवस्थाका बारेमा सं

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ५०० पटक पढिएको
  • नेपाल लाइफको स्पेशल रिभाइभल अफरमा लेट फी फुल डिस्काउन्ट

    काठमाडौं— नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ एनिभर्सरीको अवसरमा ल्याप्स भएका पोलिसीलाई रिभाइभ गर्न स्पेशल अफर ल्याएको छ ।कम्पनीले इकोनोमिक कठिनाइका कारण धेरै पोलिसी ल्याप्स भइरहेका बेला कस्टमरहरूलाई सहज रूपमा प्रिमियम पे गरेर आफ्नो इन्स्योरेन्स कभरेज फेरि एक्टिभ बनाउन सहयोग गर्ने उद्देश्य राखेको जनाएको छ ।यस योजना अन्तर्गत २०८३ साल वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म ल्याप्स पोलिसी रिभाइभ गर्दा लेट फीमा १००५ सम्म डिस्काउन्ट प्रदान गरिनेछ । कम्पनीले पहिलो पटक यति ठूलो लेट फी छुट अफर ल्याएको हो, जसले ३० दिनको अवधिमा कस्टमरहरूलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ ।नेपाल लाइफ देशकै लिडिङ

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • ५५६ पटक पढिएको
  • शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएको शेयरसम्बन्धी विवादबारे सामाजिक सञ्जाल फेसबुकमार्फत विस्तृत स्पष्टीकरण दिएका छन् । पछिल्ला दिनमा विभिन्न आरोप र चर्चा भइरहेका सन्दर्भमा उनले तथ्य र प्रमाणका आधारमा विषय बुझ्न आग्रह गरेका हुन् ।गुरुङले २५ लाखको शेयर लुकाइएको भन्ने आरोपलाई अस्वीकार गर्दै आफूले धितोपत्र बजारमा कारोबार हुने २ करोडभन्दा बढीको लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरिसकेको बताए । उनका अनुसार स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहभित्र समेटिएको हो, जुन लुकाइएको नभई वर्गीकरणको विषय मात्र भएको दाबी गरे ।उनले मन्त्री हुनुअघि शेयर किनिएक

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • ६३३ पटक पढिएको
  • आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्म सहयोग

    काठमाडौं— आईसीटी फाउन्डेसनले ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्मको समग्र सहयोग प्रदान गरेको जनाएको छ । फाउन्डेसनका अनुसार नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएका विभिन्न कार्यक्रममार्फत प्रारम्भिक चरणका स्टार्टअपहरूलाई आवश्यक पूर्वाधार, सीप र वित्तीय पहुँच उपलब्ध गराइएको छ ।इन्क्युबेसन कार्यक्रमअन्तर्गत स्टार्टअपहरूलाई कार्यस्थल, प्राविधिक सहयोग, व्यवसाय विकास तालिम तथा नेटवर्किङका अवसर प्रदान गरिएको छ । त्यस्तै, मेन्टरशिपमार्फत अनुभवी उद्यमी तथा विषयगत विज्ञहरूसँग प्रत्यक्ष सहकार्य गर्ने वातावरण सिर्जना गरिएको फाउन्डेसनले जनाएको छ ।लगानी प

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • ५५६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.