काठमाडौं / नबिल बैंक र एनबी बैंक एक आपसमा गाभिनेका भएका छन् । दुवै बैंकको साधारणसभाले गाभ्ने तथा गाभिन स्वीकृति प्रदान गरेसँगै नबिल र एनवी बैंक आपसमा गाभिने भएका हुन् । एनबी बैंकका सूचना अधिकारी विश्व प्रकाश पौडेलले एनबी बैंकले विशेष साधारणसभामा पेश गरेका सबै एजेण्डाहरू सर्वसम्मत पारित भएपछि एनबी बैंक नबिलमा गाभिने प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।नबिल बैंकका कर्पोरेट कम्युनिकेसन हेड कृष्ण सुवेदीले पनि नबिल बैंकमा एनबी बैंक गाभ्ने प्रस्ताव विशेष साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको बताएका छन् । नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने मर्जरपछि नबिल बैंकको चुक्ता
बिर्तामोड / भारतले गहुँको निर्यातमा रोक लगाएपछि नेपाली बजारमा गहुँ, मैदा र सुजीको पिठो र चोकरको अभाव हुनसक्ने भएको छ । स्वदेशमा उत्पादित गहुँले जेठ भर धाने पनि असारदेखि भने गहुँमा आधारित उपभोग्य उत्पादनहरूको अभाव हुनसक्ने नेपाल पिठो मिल सङ्घ प्रदेश १ का सचिव विकास बिगवानीले बताएका छन् ।प्रदेश नं १ र २ का बाह्र वटा पिठो उद्योगहरूले वार्षिक ८० हजार टन गहुँ भारतबाट आयात गर्दे आएको समेत बिगवानीले बताएका छन् ।भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको गत चैतसम्ममा भारतबाट करिब दुई लाख टन गहुँ आयात गरिएको छ । त्यस्तै, गहुँको सबैभन्दा ठूला निर्यातकर्ता रहेका रुस र युक्रेनबीच
एजेन्सी / पाम आयलको निर्यातमा लगाएको प्रतिबन्ध इन्डोनेसियाले हटाउने भएपछि नेपाली बजारलाई निकै राहत मिल्ने भएको छ । पछिल्लो समय मुलुकमा खाद्य तेलको मूल्य उच्च बिन्दुमा पुगेको समयमा इन्डोनेसियाले प्रतिबन्ध हटाउँदा नेपालीलाई केही थप राहत मिल्ने भएको हो ।पाम आयलको विश्वको सबैभन्दा ठूलो उत्पादक रहेको इन्डोनेसियाले पाम आयलको निर्यातमा लगाएको प्रतिबन्ध सोमबारदेखि हटाउने भएको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पाम आयल उद्योगमा कार्यरत करिब १ करोड ७० लाख कर्मचारीलाई राहत दिन यो निर्णय गरेको बताएका छन् ।पछिल्ला महिनाहरूमा इन्डोनेसियामा अकासिएको खाद्य तेलको मूल्य घटाउन स
काठमाडौं / सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । आजै देखि शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । सरकारको निर्णयसँगै आइतबार भने सेयर कारोबार नहुने भएको छ । सरकारले जेठ १ देखि नै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।सरकारको निर्णयसँगै नेप्सेले पनि शुक्रबार अन्य दिनको जस्तै कारोबार हुने तर आइतबार भने बिदा हुने निर्णय गरिसकेको छ । उक्त निर्णय आजदेखि कार्यान्वयनमा आएको हो ।
काठमाडौं / नबिल बैंक र नेपाल बंगलादेश (एनबि) बैंकबीचको मर्जर रोक्न भन्दै परेको रिट फिर्ता लिइएको छ । तत्काल मर्जर अगाडि नबढाउन आदेश दिएको भएपनि संयुक्त इजलासमा पुगेपछि रिट फिर्ता भएको हो ।सुनुवाइ सुरु हुन नपाउँदै निवेदकले मुद्दा फिर्ता लिएपछि दुई बैंक बिच हुन लागेको मर्जर नरोकिने भएको छ । लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिव्येश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेको थियो । कम्पनीले नेपाल राष्ट्र बैंक , नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्ड विरुद्ध मुद्दा हालेका थिए ।दुबै संस्थालाई मर्जरका लागि र
काठमाडौं / माग अनुसार सार्वजनिक निष्कासन (आईपीओ) आवेदन नपर्दा अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीले आवेदन दिने अवधि थप गरेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार पर्याप्त आवेदन नपरेपछि १५ दिन समय थपिएको हो । कम्पनीले आयोजन प्रभावित स्थानीय क्षेत्रका बासिन्दाका लागि बैशाख २२ गतेबाट जेठ ५ गते सम्मका लागि सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको थियो । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार हाइड्रोपावरले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिकाका स्थानीयका लागि अंकित मूल्यप्रति कित्ता १०० का दरले १३ लाख ५० हजार आईपीओ जारी गरेको थियो । उक्त आईपीओ आजसम्म पर्याप
काठमाडौँ / सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) लागि फेरि आवेदन खुल्ला गरेको छ ।मंसिरमा पनि उक्त पदका लागि आवेदन आह्वान गरिएको थियो । त्यतिबेला १३ जनाले आवेदन दिएका थिए । त्यो सबै प्रक्रिया खारेज गरेर अहिले पुन: नयाँ आवेदन माग गरिएको हो । यसअघिका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रको कार्यकाल सकिएपछि कोषमा उक्त पद खाली छ । नयाँ सूचना अनुसार सीइओका लागि योग्य आवेदकले २१ दिनभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य सिलबन्दी आवेदन दिनुपर्ने छ । उक्त पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थ
काठमाडौं / चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपालमा पहिलो पटक विद्युतीय कार नेपाल भित्र्याउने भएपछि नेपालमा इन्धनको विकल्प खोजीरहेका नेपालीका लागि सहज भएको छ । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपालमा पनि इन्धनको विकल्प खोजीरहेका नेपालीका लागि सहज र आशाजनक अवस्था आएको हो । सीजी मोटर्सले ‘नेटा भी’ नामक विद्युतीय कार नेपाल भित्र्याउने भएको छ । चीनको जिजियाङ प्रान्तमा रहेको ‘होजन अटो न्यु इनर्जी भेइकल कम्पनी’ बाट सीजीले सो कार ल्याउने भएको हो ।चार हजार ७० एमएम लम्बाइ , एक हजार ६९० एमएम चौडाइ र उचाई एक हजार ५४० एमएम रहेको यो कारको ह्वीलवेस दुई हजार ४२० एमएम भएको सो कार
काठमाडौं / बैंकहरूले कर्जामा गरेको कडाइ र ब्याजदर वृद्धिले घरजग्गाको कारोबारमा असर पारेको छ । चैतमा ३२ सय ६ लिखत पारित घटेर ७० हजार ८ सय ३० मा झरेको थियो भने वैशाखमा २६ हजार २७ ले लिखत पारित घटेर ४४ हजार ८ सय ३ मा आइपुगेको छ । बैंकहरूले सहजै ऋण दिन नसकेपछि फागुनमा तरलता संकट र ब्याजदर बढ्दा समेत घरजग्गाको कारोबार बढेको थियो । गत पुस र माघ महिनामा कारोबार घटेको थियो भने चैत र वैशाखमा घरजग्गा कारोबारसँगै राजस्व संकलन पनि घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको पछिल्लो तथ्यांक अनुसार वैशाखमा लिखत संख्या घटेर ४४ हजार ८ सय ३ मा आइपुगेको छ । गत पुसमा ७० हजार १ सय ६८ रहेको लिखत पारित
काठमाडौं / तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । मर्जरमा जान सम्झौता गरेपछि तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको हो । वैशाख २९ मा तीन कम्पनी प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा युनियन लाइफका अध्यक्ष सुलभ अग्रवाल, प्राइमका अध्यक्ष पियुष राज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका छन् ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.