काठमाडौँ / सेयर बजार नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ८.०३ अङ्कले वृद्धि भई नेप्से २२ सय ३९ दशमलव ६ अङ्कमा पुगेर बन्द भएको छ ।नेप्सेमा कारोबार रकम भने एक अर्बभन्दा मुनि खुम्चिएको छ । नेप्सेमा बिहीबार २३ लाख २४ हजार ६ सय ६४ कित्ता सेयर किनबेच भई ८८ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा बुधबार कारोबार एक अर्ब चार करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार र नेप्से परिसूचकमा १४.३२ अङ्कले सुधार आएको थियो ।नेप्से परिसूचक वृद्धि भए पनि कारोबार रकममा भने निरन्तर खुम्चिँदै गएको छ। बिहीबार नेप्सेको सेन्सेटिभ इन्डेक्स १.३९ अङ्कले बढेर
काठमाडौं / भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध पछि फेरी पनि अत्यावश्यक खाद्यान्न चामलको निर्यातमा समेत प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतमा पर्याप्त उपलब्धता र मूल्यवृद्धि हुन नदिनका लागि भारत सरकारले चामल लगायतका अत्यावश्यक खाद्यान्नको निर्यातमा समेत प्रतिबन्ध लगाउने तयारी गरेको हो । विश्वकै दोस्रो ठूलो चामल उत्पादक देश रहेको भारतले सन् २०२१/२२ मा १ सय ५० देशहरूमा चामल निर्यात गरको छ ।भारतले सन् २०२२ का लागि ६ दशमलब ११५ अर्ब डलरको गैर बासमती चामल निर्यात गरेको थियो ।सरकारी अधिकारीहरूका अनुसार सरकारले मुख्यगरी पाँच वस्तुको निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । च
काठमाडौँ / नेपाल राष्ट्र बैंकले ५ वर्षको अवधिका लागि बिहीबारदेखि नागरिक बचतपत्रको आवेदन खुला गरेको छ । न्यूनतम १० हजार रुपैयाँ देखि लगानी गर्न सकिने नागरिक बचतपत्रका लागि जेठ ३१ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।कुल ३ अर्ब ३ करोड रुपैयाँ बराबरको नागरिक बचतपत्रमा नेपाली नागरिकले लगानी गर्न सक्नेछन् भने बचतपत्रमा लगानी गरे वापत वार्षिक ११ प्रतिशत ब्याज पाइन्छ ।६–६ महिनामा आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकका प्रादेशिक कार्यालयमार्फत ब्याज लिन सकिन्छ ।आगामी असार ८ गते यसको निस्कासन मिति तोकिएको छ भने २०८४ असार ८ गते साँवा रकम फिर्ता हुने राष्ट्र बैंकले जनाएको
काठमाडौं / भारतले विभिन्न बस्तुको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चिनीको समेत अभाव हुन सक्ने संकेत देखिएको छ । चिनी आयात गर्दा पनि बजारसम्म आउन कम्तीमा ६ महिना लाग्ने भएकाले चाडपर्वको सिजनमा चिनीको उपलब्धतामा कमी आउने संकेत देखिएको होे । नेपालका चिनी उद्योगहरूसँग अहिले करिब ५० हजार मेट्रिक टनको मात्रै मौज्दात रहेको छ । जसले करिव साढे २ महिनाको मात्र माग धान्ने चिनी मिल्स एशोसियसनका अध्यक्ष शशिकान्त अग्रवालले बताएका छन् ।उनले चिनीको आयात व्यवस्थित नहुँदा राजश्व गुमाउँदै आएको समेत बताएका छन् । नेपाली बजारमा वार्षिक औद्योगिक र उपभोगमा गरी खपत भइरहेको कुल २ लाख ५० हजार मेट
काठमाडौं / नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक र पूर्व डेपुटी गभर्नर नियुक्त भएका छन् । समितिमा चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्य नियुक्त भएका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिवाकोटी र आचार्यलाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको छ । शिवाकोटी यसअघिका डेपुटी गभर्नर रहेका छन् भने आचार्य नेपाल राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक समेत रहेका छन् । श्रीराम पौडेल र रामजी रेग्मीले अवकाश पाएपछि राष्ट्र बैकको सञ्चालक समितिमा दुई सञ्चालक पद रिक्त रहेको थियो ।स्थानीय तह चुनावअघि नै सञ्चालकमा शिवाकोटी र आचार्यको नाम सिफारिस गरिएक
काठमाडौं / स्थानीय तह निर्वाचनमा उम्मेदवारले गरेको खर्चका कारण बजारमा नगदको प्रवाह बढेको छ । बैशाख महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप समेत घटेको अवस्थामा स्थानीय तहको निर्वाचनका कारण नगद प्रवाह बढेको हो । नेपाल राष्ट्र बैंकले बैशाख महिनामा मात्र १६ अर्ब रुपैयाँले नगदको नोट बजारमा गएको जनाएको छ । चैत मसान्तसम्ममा ६ खर्ब १९ अर्ब ६० करोड रुपैयाँको नोट चलनचल्तीमा रहेको थियो भने बैशाख महिनामा ६ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँको नोट चलनचल्तीमा रहेको छ ।निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा महानगरका मेयर पदका प्रत्यासीले साढे ७ लाखसम्म खर्च गर्न पाउने सीमा तोकेको थियो । तर, उम्मेदवारले
काठमाडौँ / मूल्यवृद्धिको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनहरूले आयल निगम घेराउ गरेका छन् ।नेपाली कांग्रेसनिकट नेबि संघ तथा विभिन्न कम्युनिस्ट पार्टी निकट विद्यार्थी संघगठनहरू, वैज्ञानिक समाजवादी विद्यार्थी संघठन, राप्रपानिकट राष्ट्रवादी विद्यार्थी संघ लगायत विभिन्न १५ वटा विद्यार्थी संघ–संघठनले हालै भएको पेट्रोलियमको मूल्यवृद्धिको विरोधमा टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका गरेका हुन् ।विद्यार्थीहरूले मूल्य वृद्धि खारेज गर्नुपर्ने र निर्देशकको राजीनामासमेत माग गरेका छन् । आइतबार रातिदेखि लागू हुनेगरि सातामै दोस्रो पटक नेपाल आयल निगमले इन्धनको मूल्यमा वृद्धि गरेको थि
झापा / नेपाल आयल निगमले इन्धनको मूल्य १० रुपैयाँले बढाएपछि यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा सार्वजनिक गाडीको भाडा बढाएको छ ।विभागले यात्रुवाहक गाडीमा २ दशमलव १ प्रतिशतले, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा २ दशमलव ७ प्रतिशतले र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा ३ प्रतिशतले भाडा बढाएको हो ।यो भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने राष्ट्रियस्तरका रुटमा लागू हुनेछ ।
काठमाडौं / सरकारले आगामी वर्षभित्रमा थप ७१५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २ वर्षमा सबै स्थानीय तहमा विद्युतीकरण गर्ने बताएकी छिन् । विद्युत वितरण प्रणाली सुदृढ एवं भरपर्दो बनाइने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।‘२५ हजार घरधुरीलाई विद्युत सेवा उपलब्ध गराउँदै बुढीगण्डकी जलविद्युत आयोजना आफ्नै लगानीमा निर्माण गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै सरकारले पश्चिम सेती ,तल्लो अरुण, सेती रि
काठमाडौं / सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ ।मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विज्ञान, गणित, अंग्रेजी र प्रविधि शिक्षकको अभाव नहुने गरी शिक्षक दरबन्दी पुनरावलोकन गर्ने बताएकी छिन् । त्यस्तै, गुणस्तरीय शिक्षाको राष्ट्रिय मानक निर्धारण गर्ने विशिष्टीकृत नमुना विद्यालय सञ्चालनमा ल्याइने समेत बताइएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।&n
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.