आर्थिक

    Showing 701-710 of 3,255 items.
  • बीएफआइएन अन्तर्राष्ट्रिय सम्मेलन : विश्वव्यापी युद्धले नेपाली अर्थतन्त्रमा पारेको असरबारे वहस

    काठमाडौं – बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल(बीएफआइएन)ले आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । विहीबार काठमाडौंको र्याडिसन होटलमा ‘विश्वव्यापी आर्थिक तथा प्राविधिक परिदृश्यः विकासलाई सुदृढ पार्ने, स्थिरता सुनिश्चित गर्ने र नवप्रवर्तनलाई अँगाल्ने’ शिर्षकमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु गरेको हो । सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाश कुमार श्रेष्ठले आर्थिक क्षेत्रमा विश्वव्यापी रुपमा नै तनावको माहोल रहेको बताए । उनले विश्वबजारमा रुस–युक्रेन साथै हमासमा युद्ध चलिरहेकाले त्यसको असर नेपालमा अर्थतन्त

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 367 पटक पढिएको
  • नागढुङ्गा सुरुङ मार्गको दस्तुर तोकियो, मोटरसाइकललाई निषेध गरियो

    काठमाडौं— सरकारले निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनका लागि दस्तुर तोकेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले दस्तुर दर निर्धारण गरेको हो।निर्धारित दस्तुरअनुसार साना सवारी साधन (कार तथा भ्यान) काठमाडौंतर्फ आउँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनी बस तथा ट्रकका लागि भित्रिँदा ११५ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ।त्यस्तै, ठूला बस र ट्रकहरूले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। भारी उपकरणसहितका सवारी साधनले भने भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ।सुरक्षा तथा प्रविधिगत कारण द

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 493 पटक पढिएको
  • नेपालभर लजिस्टिक्स रूपान्तरणका लागि उपाय नेपालले २८ करोडको लगानी सुरक्षित गर्यो

    काठमाडौं – लजिस्टिक्स क्षेत्रमा अग्रणि संस्था उपाय नेपालले लजिस्टिक्स रुपान्तरणका लागि २८ करोड रुपैयाँ बराबरको लगानी सुरक्षित गरेको छ । उपायले डोल्मा इम्प्याक्ट फण्ड बाट २८ करोड रुपैयाँ बराबरको लगानी सफलता पूर्वक सुनिश्चित भएको जनाएको हो ।यस लगानीले नेपालभरि लजिस्टिक्स प्रणालीलाई छिटो, प्रभावकारी र समावेशी बनाउन उपायको यात्रामा एक महत्वपूर्ण उपलब्धि हुने कम्पनीले जनाएको छ । साथै, उपायले यस चरणमा आफ्नो साथी, परिचित तथा परिवारजनहरूबाट २७ करोड थप लगानी संकलन गर्दै ‘क्वार्टरब्याक राउण्ड दुई’ मार्फत निजी रूपमा यो चरण व्यवस्थापन गर्ने प्रक्रियामा रहेको छ, जसले कुल लगानी ५५ करोड पु¥याउने छ ।सन् २०१९

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 454 पटक पढिएको
  • काठमाडौं प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दा बढ्दै

     काठमाडौं—  जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । गत एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ वटा बैंकिङ कसुरका मुद्दा  परिसर प्रमुख विश्व अधिकारीले जानकारी दिए ।सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् । परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् ।आव २०८०/८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१/८२ मा ३२ मुद्दा परेका छन् । परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले बताए ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 536 पटक पढिएको
  • एमसीसी परियोजना अन्तर्गत दुई प्रसारण लाइन निर्माण गर्न ठेक्का सम्झौता

    काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल परियोजना अन्र्तगत १५.४४ करोड अमेरीकी डलर बराबरको दुईओटा प्रसारण लाइन खण्डको ठेक्का सम्झौता भएको छ ।विहीबार काठमाडौंमा एक समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । रातमाटे–नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा–सलार संयुक्त उपक्रमसँग सम्झौता भएको छ ।एमसिए नेपालले प्रतिस्पर्धात्मक अन्र्तराष्ट्रिय बोलपत्र प्रक्रियाबाट यो सम्झौता गरेको छ । यस सम्झौतासँगै नेपालमा एमसीसी परियोजना पुनः सक्रिय भएको हो ।नेपाल विद्युत प्राधिकरण, अर्थमन्त्रालय, एमसीसीका

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 336 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।  महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  बुधबार तोलामा २ हजार ३ सय २५ रुपैयाँमा कारोवार भएको चाँदी आज १५ रुपैयाँले बढेर २३ सय ४० रुपैयाँमा कारोवार भैइरहेको छ । 

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 346 पटक पढिएको
  • दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँड

    काठमाडौं – दरमखोला हाइड्रोपावरको आईपीओ आज बाँडफाड भएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । २ लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने ५ जनाले थप एक कित्ता गरी ११ कित्ता आइपीओ प्राप्त गरेका छन् । कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेकोमा २२ लाख ८३ हजार २२६ जनाको आवेदन मात्रै सदर भएको छ भने १३ हजार २३९ जनाको आवेदन बदर भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो । आइपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 373 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ ।अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४० रूपैयाँ २१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहनेछ ।पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १९० रूपैयाँ ३० पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७३ रूपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रूपैयाँ ४३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ४७ पैसा र बिक्रीदर ९१ रूपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ४६ पैसा र बिक्रीदर १०१ रूपैयाँ ८९ पैसा, सि

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 238 पटक पढिएको
  • मधेश प्रदेश सरकारद्वारा २०८१/८२ मा अहिलेसम्मकै उच्च आन्तरिक राजश्व संकलन

    जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ आन्तरिक राजश्व संकलन गर्न सफल भएको छ । यस अघिका वर्षहरुको तुलनामा यो हालसम्मकै उच्च राजश्व संकलन भएको देखिएको छ ।विगत वर्षहरूसँग तुलना गर्दा २०८१/८२ मा संकलित रकम सात वर्ष अघिको भन्दा दोब्बरभन्दा बढी भएको अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । महतोका अनुसार कर प्रशासन सुदृढीकरण, राजस्व चुहावट नियन्त्रण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि वृद्धिका कारण यो उल्लेखनीय प्रगति सम्भव भएको हो ।प्रदेश सरकारले आव ०७५/७६ मा २ अर्व ६६ करोड १५ लाख ३६ हजार , आव ०७६/७७ मा २ अर्व ७५ करोड ७२ ला

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 193 पटक पढिएको
  • हेलम्बुका युवा डल्ले खुर्सानीको खेतीबाट आत्मनिर्भर बन्दै

    सिन्धुपाल्चोक— सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ भारती डिप्लोका युवा परम्परागत जातको डल्ले खुर्सानीको खेती गरेर आत्मनिर्भर बन्न थालेका छन् । पाँच वर्षअघि स्थानीय युवा वीरजित तामाङले डल्ले खुर्सानीको व्यावसायिक खेतीको सुरुआत गरेका थिए । उनले गरेको खुर्सानीखेती फस्टाएपछि हाम्रो साझा कृषि सहकारी संस्थाको समन्वय र सहयोगमा हेलम्बु कृषि शाखाले आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रमबाट आधुनिक प्रविधिद्वारा खुर्सानी रोप्न प्रयोग गरिने मल्चिङ प्लास्टिक ५० प्रतिशत अनुदानमा दिएको सहकारीका अध्यक्ष सानुकान्छा तामाङ बताउछन् । उक्त अनुदान पाएसँगै हेलम्बु–५ का विभिन्न टोलमा त्यहाँका युवाहरुले व्यावसायि

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 457 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा