आर्थिक

    Showing ४४१-४५० of ४,५१९ items.
  • चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमा योगदान पुर्याउन सक्छ, राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा कसरी योगदान पुर्याउन सक्छ भन्नेतर्फ सबैको ध्यान जान जरुरी भएको बताएका छन् । शुक्रबार चलचित्र विकास बोर्डद्धरा आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमासमेत योगदान पुर्याउन सक्ने भन्दै सबैले त्यसतर्फ सोच्नुपर्ने बताए । राष्ट्रपति पौडेलले हाम्रो गाउँठाउँ, पाखापखेरा र कुनाकन्दराका कथाव्यथालाई सुक्ष्म ढङ्गले पर्दामा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पह

    • प्रकाशित मितिः असार ५, २०८३
    • ३१८ पटक पढिएको
  • भौतिक पूर्वाधारसँगै शिक्षामा लगानी आवश्यक छ, सांसद मगर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सासद इन्दिरा राना मगरले वर्तमान सरकारले सार्वजनिक गरेको बजेटले स्थानीय तह तथा जिल्लाबीचको पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएकी छन् ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एक जिल्लाबाट अर्को जिल्ला र एक पालिकाबाट अर्को पालिकालाई जोड्ने पुल निर्माण गर्नु विकास भएको बताइन् ।  उनले भनिन्, ‘वर्तमान सरकारले सार्वजनिक गरेको बजेटले एक जिल्लाबाट अर्को जिल्लामा जोड्ने, एउटा पालिकाबाट अर्को पालिका जोड्ने एकदमै सिर्जनात्मक तरीकाले निर्णय गरेको छ । यसलाई म समर्थन गर्न चाहन्छु । पहिला त्यस्तो थिएन । एउटा पालिकाबाट आर्को पालिकाम ज

    • प्रकाशित मितिः असार ५, २०८३
    • ३१९ पटक पढिएको
  • उद्यमी जबर्जस्ती सिर्जना गर्न सकिँदैन, त्यसका लागि इकोसिस्टम चाहिन्छ : गर्भनर पौडेल

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको विदेशी मुद्रा सञ्चिति सुरक्षित सम्पत्तिमा लगानी गरिएको र अमेरिकी ट्रेजरीको ब्याजदरमा हुने परिवर्तनले त्यसको प्रतिफलमा प्रत्यक्ष प्रभाव पार्ने बताएका छन्।अर्थसमितिको बैठकमा गभर्नरसँग आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीति कार्यान्वयन प्रगति, बैंक तथा वित्तीय संस्थामा बढ्दो अधिक तरलता व्यवस्थापन, सरकारी स्वामित्वका बैंकहरूको कार्यसम्पादन तथा वित्तीय क्षेत्रका नीतिगत र कानुनी सुधारका विषयमा भएको छलफलमा बोल्दै उनले नेपाल राष्ट्र बैंकले हाल विदेशमा २२ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको जानकारी दिए । उनले भने

    • प्रकाशित मितिः असार ५, २०८३
    • २६२ पटक पढिएको
  • करछली तथा बजेट सूचना चुहावट प्रकरणमा सम्बन्धित पक्षलाई उन्मुक्ति दिइयो, सांसद शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारले ल्याएका विभिन्न नीति, बजेट तथा निर्णयहरूप्रति आफ्नो दलको फरक धारणा रहेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार गठन भएको धेरै समय नभएकाले सरकारले के गर्यो वा गरेन भन्ने बहसभन्दा पनि सरकारले सार्वजनिक गरेका नीति, बजेट, ऐन र विधेयकप्रति आफ्नो असहमति रहेको बताए । उनले भने, ‘सरकार गठन भर्खरै भएको छ । सरकारले यो काम गरेन, त्यो काम गर्न सकेन भन्ने कुरामा हामी अहिले छैनौं । तर सरकारले वर्तमान अवस्थामा बजेट ल्याउँदा र आफ्ना धारणा सार्वजनिक गर्दैगर्दा साथै विभिन्न ऐन, नियम र विधेयक बनाउँ

    • प्रकाशित मितिः असार ५, २०८३
    • २९८ पटक पढिएको
  • ‘सरकारले छोटो समयमै जनपक्षीय र देश निर्माणमा केन्द्रित बजेट ल्याउने प्रयास गरेको छ’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद गणेश पराजुलीले आर्थिक विधेयक, २०८३ ले मध्यम वर्ग, उद्योग तथा निर्यात क्षेत्रका महत्वपूर्ण विषयहरू सम्बोधन गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सरकारले छोटो समयमै जनपक्षीय र देश निर्माणमा केन्द्रित बजेट ल्याउने प्रयास गरेको बताए । उनले भने, ‘गत फागुनमा भएको प्रतिनिधिसभाको निर्वाचनपछि सरकारको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले लिँदैगर्दा चैतको मध्यतिर जिम्मेवारी लिएका थियौँ । अर्थमन्त्रीज्यूले बारम्बार भन्नुभएको छ, ‘हामीले बनाएको यो बजेटले सबै कुरा एकसय प्रतिशत समेटेको छ’ भन्ने

    • प्रकाशित मितिः असार ५, २०८३
    • २८२ पटक पढिएको
  • सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको छ, अध्यक्ष राई

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको जवाफदेहिता, बजेट पारदर्शिता र वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा कडा टिप्पणी गरेका छन्।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको भन्दै असन्तुष्टि जनाए। प्रतिपक्ष बोलिरहने, सत्ता पक्ष नसुनी अगाडि बढिरहने गर्न नहुने भन्दै सरकार र संसद दुवै जिम्मेवार बन्नुपर्ने बताए । उनले नेताहरूको व्यवहार र नैतिकतामाथि टिप्पणी गर्दै पद र पहिरनले मात्र मानिस जिम्मेवार नबन्ने भन्दै ‘हामी जिम्मेवार बन्नुपर्छ, नैतिकता र जवाफदेहिता आवश्यक छ,’उनले भने।त्यसै

    • प्रकाशित मितिः असार ५, २०८३
    • १८६ पटक पढिएको
  • सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

    काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको आनुसार आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेकोे छ ।छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुन मूल्य दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेको छ ।आज चाँदीको मूल्य ४ हजार ६४० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मल्य ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः असार ५, २०८३
    • १९२ पटक पढिएको
  • कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

    काठमाडौं । कृषिप्रधान मुलुकको रुपमा रहेको नेपालमा वास्तविक उत्पादन क्षेत्र र वित्तीय स्रोतको पहुँचबीच ठूलो खाडल देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रदेशगत आर्थिक गतिविधिसम्बन्धी अध्ययन प्रतिवेदन अनुसार देशको कुल कृषि कर्जाको एक तिहाइभन्दा बढी अंश बागमती प्रदेशमा मात्रै केन्द्रित भएको पाइएको छ । कृषि उत्पादनका लागि आवश्यक पर्ने जग्गा, खेतीयोग्य क्षेत्रफल र कृषकको संख्याका आधारमा अन्य प्रदेशहरू निकै अगाडि रहे पनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह भने बागमती केन्द्रित देखिँदा वित्तीय न्याय र सन्तुलित विकासमाथि नै गम्भीर प्रश्न उठेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार २०

    • प्रकाशित मितिः असार ५, २०८३
    • २२८ पटक पढिएको
  • ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला

    काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ५५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ३९ हजार राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका १०६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ९७, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, यान्त्रिक

    • प्रकाशित मितिः असार ५, २०८३
    • २५८ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ र

    • प्रकाशित मितिः असार ५, २०८३
    • ३०१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.