आर्थिक

    Showing 3,601-3,610 of 4,331 items.
  • आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो

    काठमाडौँ / आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला अधिकतम ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार १४ सय रुपैयाँले घट्दै ९६ हजार ६०० रुपैयाँमा झरेको हो ।यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १४ सय रुपैयाँले नै घट्दै ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा तोलामा ४० रुपैयाँले घट्दै आज एक हजार २९५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 133 पटक पढिएको
  • सिमा क्षेत्रमा भइरहेको तस्करीको बारेमा समाचार लेखेको आरोपमा बाराका एक संचारकर्मी पक्राउ

     बारा //सिमा क्षेत्रमा भइरहेको तस्करीको बारेमा समाचार लेखेको भन्दै बाराका एक संचारकर्मीलाई प्रहरीले पक्राउ गरि लकपमा राखेको छ। पक्राउ पर्नेमा बारा जिल्लाका धर्मेन्द्र प्रसाद साह रहेका छन्। उनलाई बुधबार नै प्रहरीले पक्राउ गरेको बताइएको छ।  सिमा क्षेत्रमा प्रहरीकै मिलेमतोमा कपडा र भैँसीको तस्करी हुन् थालेपछि संचारकर्मी साहले निरन्तर समाचार लेख्दै आएका थिए। सिमा क्षेत्रमा तस्करी हुन् थालेको स्थानीय बाट   सुचना पाउनासाथ  धर्मेन्द्रसहित बारा र पर्सा बाट पत्रकारको टोली रिपोर्टिंगमा सिमा क्षेत्र पुगेको थियो। सोहि क्रममा प्रसौनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिन्देश्

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 131 पटक पढिएको
  • एकैदिन २५ सयले बढ्यो सुनको मूल्य

    काठमाडौं / साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार २५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेर १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 122 पटक पढिएको
  • आर्थिक वर्षको सात महिनामा व्यापार घाटा १० खर्ब नाघ्यो

    काठमाडौँ / चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना सम्ममा नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत असार देखि माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ  पुगेको हो । यो अघिल्लो आर्थिक वर्षको सात महिनाको तुलनामा यो ३८.४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म नेपालको व्यापार घाटा आठ खर्ब ७३ अर्ब ५६ करोड रुपियाँ थियो ।तथ्याङ्कअनुसार नेपालले माघसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपियाँको निर्यात गरेको छ । अघिल्लो माघको तुलनामा यो ४२.७८ प्रतिशतले बढी हो । निर्यातमा उल्लेख्य वृद्धि देखिएको छ । सात महिनासम्म ने

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 111 पटक पढिएको
  • आज सुनको मूल्य घट्यो

    बिर्तामोड / साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य भने आज ५ रुपैयाँले बढेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 111 पटक पढिएको
  • नेष्डो समृद्धि लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

    बिर्तामोड  / नेष्डो समृद्धि लघुवित्तले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको हो ।जसको ०.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता सेयर कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गर्दै बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरेको हो ।कम्पनीको आईपीओमा छिटोमा फागुन १५ गतेसम्म र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 112 पटक पढिएको
  • सुन प्रतितोला मूल्य ९७ हजार पुग्यो

    काठमाडौं / नेपाली बजारमा मंगलबार सुन  तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ ।जुन मूल्य गत वर्ष कात्तिक २४ गते पछिको सबै भन्दा उच्च मूल्य रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज तेजाबी सुनको खरिद बिक्री मूल्य ९६ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला १३ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 109 पटक पढिएको
  • नेप्से दोहोरो अंकले बढ्यो

    काठमाडौँ / साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।सोमवार नेप्से परिसूचक २५.४१ अंकले बढेर २ हजार ७१८ दशमलव ५१ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले बढ्दै ५१८.७९ विन्दुमा कायम भएको छ ।सोमवार कुल २ सय २४ कम्पनीको ४९ लाख ९२ हजार २६५ कित्ता शेयर २ अर्ब ९९ करोड ७२ लाख १९ हजार २८ रुपैयाँमा कारोबार भएको छ । सोमवार युनाइटेड आइडीआइ मार्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।यस दिन नविल डिवेन्चर २०८५ का लगानीकर्ताले सर्वाधिक बढी १

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 110 पटक पढिएको
  • क्यासिनोले तिर्न थाले रोयल्टी, आइतबारसम्म ८१ करोड राजस्व सङ्कलन

    काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ ।मन्त्री आलेले केही हप्ता पहिले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँग अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका विभागको होटेल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन् भने गोल्डेन फिंगर गेमिङ जोन प्रालिले नयाँ क्यास

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 146 पटक पढिएको
  • महालक्ष्मी नगरको शहरी पूर्वाधार विकासका लागि ५० करोड बजेट

    धनकुटा /  धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउँने भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको पहलमा मन्त्रालयले सघन शहरी विकास कार्यक्रम अन्तर्गत बजेट उपलब्ध गराउँने भएको हो ।लामो समयको पहलपछि महालक्ष्मीको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयबाट ५० करोड बजेट प्राप्त भएको मेयर नेपालले बताए । ‘हामीले नगर सभाबाट पारित गरेर बजेट माग गरेका थियौं, बजेट माग्न म पटक –पटक मन्त्रालय धाएको थिए । अन्ततः ठूलो बजेट प्राप्त हुने भएको छ,’ खुशी हुँदै मेयर नेपालले भने, ‘यसले महालक्ष्मीको शहरी पूर्वाधार विकासमा निकै

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 114 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.