आर्थिक

    Showing 2,801-2,810 of 4,329 items.
  • नेप्से परिसूचक ३४ अङ्कले ओरालो

    काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा सीमित भएको हो।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६५ अङ्कले ओरालो लागेर पाँच सय २८ दशमलव ८५ मा सीमित भएको छ। नेप्सेका अनुसार आज कुल छ करोड ५४ लाख ७५ हजार तीन सय ६६ कित्ता शेयर रु २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार तीन सय ७६ मा कारोबार भएको छ।कारोबार भएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ। राष्ट्रिय बीमा कम्पन, लाइफ इ

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 642 पटक पढिएको
  • २० खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति

    काठमाडौं । नेपाल विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०/८१ को आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै कुल विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड पुगेको जनाएको हो । यो २०८० असार मसान्तको तुलनामा ३२.६ प्रतिशतले बढी हो । २०८० असार मसान्तमा कुल विदेशी विनियम सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैंयाँ संन्चिति छ भने बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ९२ अर्ब ५५ करोड रहेका छन् । आर्थिक वर्ष २०८०/८१ को आयात आधार मान्दा बैंकिङ क्षेत्रस

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 277 पटक पढिएको
  • चितवनमा फेरि देखियो लम्पीस्किन

    चितवन – ६ पालिकामा १० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । कालिका नगरपालिकाबाहेक अन्य पालिकामा १० हजारदुई सय ७९ चौपायालाई खोप लगाइएको हो ।पशु सेवा कार्यालय र स्थानीय पालिकाहरूको सहकार्यमा लम्पी स्किनविरुद्ध खोप लगाइएको हो । सेवा कार्यालयका अधिकृत भीम भट्टले भरतपुर महानगरपालिकाका दुई हजार आठ सय गाईभैँसीमा लम्पी स्किनविरुद्ध खोप लगाइएको बताए ।खैरहनी नगरपालिकामा दुई हजार, राप्ती नगरपालिकामा एक हजार नौ सय ३६, रत्ननगर नगरपालिकामा एक हजार पाँच सयवटा गाईभैँसीमा खोप लगाइएको छ ।साउन २५ देखि ३१ गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको खोप अभियानमा माडी नगरपालिकाका एक हजार द

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 391 पटक पढिएको
  • टेलिकमको वार्षिक आम्दानी २ अर्ब ८० करोड रुपैयाँले घट्यो

    काठमाडौं— नेपाल टेलिकमको नाफा घटेको छ। कूल आयमा कमी आएसँगसँगै खुद मुनाफामा पनि कमी आएको हो।सो आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ छ। उक्त रकम अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कूल ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ थियो। यस अनुसार नेपाल टेलिकमको कूल आय आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ८० करोड ६५ लाख अर्थात् ६.३२ प्रतिशतले कमी आएको छ।नेपाल टेलिकमको कूल सञ्चालन आय पनि ४.९९ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रुपैयाँ थियो। उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ८१ करोड ३ लाख १५ हजार

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 620 पटक पढिएको
  • राष्ट्र बैंकले तोकेको आजको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलर सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा अरू धेरै विदेशी मुद्राको मूल्य घटबढ भएको छ।राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।त्यसअघि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा थियो।त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४६ रुपैया

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 461 पटक पढिएको
  • तेस्रो मुलुकका पर्यटकलाई भारततर्फका सबै नाका खुला

    काठमाडौं— तेस्रो मुलुकका पर्यटकलाई भारततर्फका सबै नाका खुला गरिएको छ । कोरोना महामारीका बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध हटेको छ ।अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहालका अनुसार कोरोना महामारीका बेला स्वास्थ्य सर्तकता अपनाउने क्रममा नेपाल भारतबिचका सात वटा नाकामध्ये दुई वटा नाकाबाट मात्रै तेस्रो देशका नागरिकले भारत जाने गरेकामा साउन १६ गतेदेखि भारतसँग जोडिएका सात वटै नाकाबाट पर्यटकले भारत प्रवेश पाइरहेको बताए । महामारीका कारण भैरहवा र वीरगन्ज नाकामार्फत भारत प्रवेश गर्दै आएका पर्यटक अहिले भारतसँग जोडिएका सात वटै नाकाबाट सहज रूपमा प्रवेश पाइरह

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 450 पटक पढिएको
  • बढेको बढ्यै सुन

    काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्यले अहिलेसम्मको सबै रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको हो । यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो । सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर रेकर्ड कायम भएको हो । यस्तै चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ 

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 379 पटक पढिएको
  • आज विदेशी मुद्राको नेपाली विनिमयदर कति ?

    काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (मंगलबार)लाई विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य बढेको छ। मूल्य बढेर अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो बन्दा केही विदेशी मुद्राको मूल्य भने घटेको छ।राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा थियो।त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 434 पटक पढिएको
  • आज विदेशी मुद्राको नेपाली विनिमयदर कति ?

    काठमाडौं— आज २०८१ साल साउन २८ गते सोमबार सन् २०२४ अगष्ट १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।सोमाबार अमेरिकी डलर स्थिर रहेको छ। युरो घट्दा बेलायती पाउण्डको विनिमयदर बढेको छ। कतारी रियालको खरिद दर स्थिर रहँदा बिक्री दर बढेको छ।अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६ रुपैयाँ ३२ पैसा र बिक्री दर १४६ रुपैयाँ ९८ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ०८ पैसा र बिक्री दर १७१ रुपैयाँ ८४ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा र

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 404 पटक पढिएको
  • शेयर कारोबारमा नयाँ रेकर्ड, नेप्से २८६० अंकमा

    काठमाडौं— साताको पहिलो दिन आइतबार शेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ।यस दिन कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको हो।कारोबार मात्रै नभई बजारको परिसूचक नेप्सेले २८०० अंक नाघेको छ। लगानीकर्ताले २८ सय अंकलाई प्रतिरोधकका रुपमा बुझ्दै आएका थिए।अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा कायम भएको छ।२२५ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने २ को स्थिर रहेको छ। सबै क्षेत्रगत सूचक बढेका छन्।

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 373 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.