आर्थिक

    Showing 11-20 of 4,504 items.
  • बाढीपीडितका लागि ओएनएफको २० लाख, विश्वभर राहत अभियान चलाउने

    काठमाडौं /बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका लागि तत्काल २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।मञ्चको आकस्मिक सचिवालय बैठकले विपद्मा परेका नागरिकलाई तत्काल राहत पुर्याउन आफ्नै कोषबाट २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । मञ्चले यससँगै विदेशमा रहेका नेपालीलाई समेत राहत अभियानमा जोड्ने भएको छ । ‘नेपाल बाढी तथा पहिरो प्रभावित राहत सहयोग अभियान’ विश्वव्यापी रूपमा सञ्चालन गरी थप सहयोग जुटाउने निर्णय गरिएको छ ।मञ्चले विश्वभर रहेका आफ्ना कमिटी, सदस्य, शुभेच्छुक, नेपाली व्यवसायी तथा सामाजिक स

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 193 पटक पढिएको
  • भोटेकोशी बाढीपीडितका लागि रूपन्देहीबाट १ करोड २६ लाख, पालिकादेखि कर्मचारीसम्मको साथ

    बुटवल । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि रूपन्देहीका तीन स्थानीय तहले १ करोड २६ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेका हुन् । विपद्को पीडामा स्थानीय तहहरूले आफ्नो स्रोतबाट सहयोग जुटाउँदै संघीय सरकारको राहत अभियानमा साथ दिएका हुन् ।सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाले ५१ लाख रुपैयाँ दिने भएको छ । आकस्मिक कार्यपालिका बैठकले ५१ लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख खेलराज पाण्डेले जानकारी दिए । जनप्रतिनिधि र कर

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 127 पटक पढिएको
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ‘गोरेटो’ले जम्मा गर्यो १० लाख ५१ हजार

    काठमाडौं / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै गोरेटो कन्सल्टेन्सी परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।बाढीका कारण आफन्त गुमाएका परिवार तथा घाइते र घरबारविहीन बनेका नागरिकको पीडामा सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको गोरेटो कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धिरज कँडेलले जानकारी दिए। कँडेलले विपत्तिको यो दुःखद् घडीमा ठूलो सहयोग गर्न नसके पनि पीडामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको दुःखमा साथ दिन उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डिप

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 227 पटक पढिएको
  • लहान नगरपालिकाले रसुवा बाढीपीडितका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने

    लहान / लहान नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको लहान नगरपालिका कार्यपालिकाको बैठकले भदौ १० गते बुधबार रसुवाको ट्युमरे, रसुवागढीलगायत क्षेत्रमा आएको आकस्मिक तथा विनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषमा ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको र प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले उक्त रकम उपलब्ध

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 113 पटक पढिएको
  • कुमारी बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग

    काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ । एकद्वार प्रणालीमार्फत प्राप्त सहयोग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझ्दै आएका छन् ।यसैक्रममा कुमारी बैंक लिमिटेडले आफ्नोतर्फबाट ३ करोड रुपैयाँ नगद सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका उच्च अधिकारीहरूले उक्त रकम अर्थमन्त्री डा. वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।बैंकले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रद

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 181 पटक पढिएको
  • ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग, बाढी प्रभावितको उद्धार र पुनर्निर्माणमा सहयोग

    काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।बैंकले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। बैंकका अनुसार सहयोग रकम बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, प्रभावित परिवारलाई राहत सामग्री तथा अस्थायी आवासको व्यवस्था, साथै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा उपयोग गरिनेछ।भोटेकोशीको बाढीका कारण दर्जन

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 164 पटक पढिएको
  • उद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रिय संकटको समयमा सबै राजनीतिक दल र पक्ष एक ठाउँमा आएर समाधानका लागि अघि बढ्नुपर्ने बताएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आयोजना गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री डा।वाग्लेले बैठकमा प्रमुख दलका अध्यक्ष, सभापति तथा अन्य नेताहरू सहभागी भएको जानकारी दिए ।राष्ट्रिय संकटका घडीमा सबै दल र पक्ष एक ठाउँमा आएर समाधान दिने राजनीतिक चरित्र विकास हुँदै गएको उनले बताए ।बैठकमा नेपाल सरकारका तर्फबाट आफू र गृहमन्त्री सहभागी भएर सबै दलका नेताहरूसँग छलफल गरेको उनले जानकारी दिए । उद्धार र राहतपछि प्रारम्भिक पुनरुत्थान तथा त्यस

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 103 पटक पढिएको
  • बाढीमा दुई खर्बको पूर्वाधार स्वाहा !

    काठमाडौं / रसुवाको भोटेकोशीबाट बुधबार बिहान आएको भीषण बाढीले रसुवादेखि नुवाकोट, धादिङ र चितवनसम्मका पूर्वाधारमा करिब दुई खर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक जानकारी सरकारले पाएको छ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार बाढीले सडक र पुलसँगै जलविद्युत् आयोजना, भन्सार तथा अन्य संरचनामा ठूलो क्षति पुर्‍याएको छ। क्षतिको विस्तृत विवरण भने अझै संकलन भइरहेको छ। प्रारम्भिक विवरणअनुसार रसुवामा मात्रै १२ जलविद्युत् आयोजना प्रभावित भएका छन् भने रसुवा भन्सारको संरचनामा समेत ठूलो क्षति पुगेको छ। बाढीले बैंकका शाखा र पक्की पुलमा समेत क्षति पुर्‍याएको विवरण सार्वजनिक भएको छ।उता त्रि

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 230 पटक पढिएको
  • रिसाङका पहिरो प्रभावित ८८ घरधुरीलाई राहत सामग्री वितरण

    जाजरकोट / यही साउन ३० गते भएको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङका विभिन्न गाउँमा गएको पहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।पहिरोमा परी चार जनाको दुःखद निधन भएको थियो भने तीन जना गम्भीर घाइतेको नेपालगन्ज र काठमाडौंमा उपचार भइरहेको छ । पहिरो तथा जमिन भासिने क्रमका कारण चौपाया र बालीनालीमा समेत व्यापक क्षति पुगेको छ । पहिरोका कारण प्रभावित क्षेत्रका घरआँगनमा समेत बस्न नसक्ने अवस्था सिर्जना भएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट गएको भूगर्भविद्सहितको अध्ययन टोलीले समेत पहिरो प्रभावित क्षेत्र मानव बसोबासका लागि जोखिमयुक्त रहेको जानकारी

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 116 पटक पढिएको
  • गण्डकीमा २५ करोड लागतमा संसद् भवन बन्दै: वर्तमान सांसदले पाउँदैननन् आफ्नै भवनमा बैठक बस्न

    पोखरा । गण्डकी प्रदेश सभाका लागि २५ करोडभन्दा बढी लागतमा निर्माण भइरहेको नयाँ भवनको काम धमाधम अघि बढिरहेको छ। पोखरा महानगरपालिका–३, नदीपुरमा ७ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको भवनमा अहिले मुख्य संरचनाको काम भइरहेको छ।भवन निर्माणका लागि सहरी विकास तथा भवन कार्यालय कास्की र श्रेष्ठ एन्ड सन्स–इस्ट वेस्ट जेभीबीच भ्याटसहित २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँमा सम्झौता भएको हो। सम्झौताअनुसार भवन २०८४ माघ १७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ।तर रोचक पक्ष के छ भने नयाँ भवन तयार हुँदा अहिलेका प्रदेश सांसदहरूको कार्यकाल सकिइसकेको हुनेछ। हालका सांसदहरूको कार्यकाल २०८४ मंसिरमा सकिने भएकाले निर्माण स

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 91 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.