आर्थिक

    Showing 1,441-1,450 of 3,695 items.
  • सुनको मूल्य सात सयले बढ्यो

    काठमाडौं — साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । लगातार ४ कारोबार दिनदेखि घटिरहेको सुनको मूल्य शुक्रबार प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँको दरले किनबेच भएको थियो ।सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने घटेको छ । सामान्य उतारचढावका बिच आज प्रतितोला १५ रुपैयाँले मूल्य घटेको महासंघले जनाएको छ ।आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि बिहीबार चाँदीको मूल्य १ हजार ९९५ रुपैयाँको दरले किनबेच भएको थियो ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 339 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७० पैसा र बिक्रीदर

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 363 पटक पढिएको
  • आर्थिक वर्ष २०८२–०८३ को वजेटमा मदिरा, बियर, चुरोट र सुर्तीको भन्सार महसुल वृद्धि

    काठमाडौं— आर्थिक वर्ष २०८२–०८३ को बजेटमा सरकारले मदिरा, बियर, चुरोट र सुर्तीको भन्सार महसुल वृद्धि गर्ने भएको छ ।अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै मूल्य अभिवृद्धि तथा अन्तशुल्कसम्बन्धी कानुनमा परिमार्जन गरिने बताएका छन् ।बजेट आउनु अघि बजारमा मदिरा, बियर, चुरोट र सुर्तीको अभाव हुने गरेको छ । अब भने यी वस्तुमा बजार मूल्यसमेत वृद्धि हुने छ ।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 394 पटक पढिएको
  • जग्गाधनीलाई खुशीको खबर, सरकारले पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने घोषणा गर्यो

    काठमाडौं— सरकारले आर्थिक वर्ष २०८२/८३ भित्र पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र (पूर्जा) वितरण गर्ने घोषणा गरेको छ।संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिसम्बन्धी कानुन संशोधन गरी भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या दीर्घकालीन रूपमा समाधान गरिने जानकारी दिए। उनले लगत संकलन र प्रमाणीकरणको प्रक्रिया सम्पन्न गरी पूर्जा वितरण कार्य अघि बढाइने बताए। यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति सुनिश्चित गरिने पनि उनले स्पष्ट पारे।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 423 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— बिहीबार सुनको मूल्य घटेको छ । आज छापावाल सुन तोलामा १५०० सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको  छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै बुधबार प्रतितोला २ हजार ५ रुपैयाँ कायम भएको चाँदी बिहीबार १९ सय ९५ कायम भएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 326 पटक पढिएको
  • आगामी आर्थिक वर्ष साढे १९ खर्ब माथिको बजेट ल्याउँदै सरकार

    काठमाडौं— सरकारले आगामी आर्थिक वर्षको लागि स्रोत समितिले लिएको सिलिङभन्दा ठुलो बजेट ल्याउन भएको छ । स्रोत समितिले १९ खर्बको बजेट सिलिङ दिएपनि त्यसभन्दा केही बढेर साढे १९ खर्बसम्म पुग्ने देखिएको स्रोतले बतायो ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा शिवराज अधिकारीको संयोकत्वको स्रोत समितिले १९ खर्बको बजेट सिलिङ लिएको थियो । तर, संसदको प्रमुख दुई राजनीतिक दलको सरकारलाई केही चुनावी आश्वसन समेत पूरा गर्नुपर्ने भएकोले स्रोतको दवाबका बीच पनि स्रोत समितिले दिएको सिलिङभन्दा आधा खर्बले बजेटको आकार बढ्ने देखिएको स्रोतको दाबी छ ।स्रोत समितिले दिएको सिलिङभन्दा माथि जाने देखिएको बजेटको आकार मध्यकालीन खर्

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 368 पटक पढिएको
  • आज सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

    काठमाण्डौ  ।  सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक बजेट सार्वजनिक गर्दैछ ।आज दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्नेछन् ।संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै  प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ ।प्रतिनिधिसभाको दिउँसो १ः३० बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 413 पटक पढिएको
  • सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

     काठमाडौं— स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन एक हजार ६०० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ९०० रुपैयाँ रहेकोमा बुधबार १ लाख ८९ हजार ३०० रुपैयाँमा झरेको छ। यता, चाँदीको मूल्य भने मंगलबार प्रतितोला १ हजार ९९५ रुपैयाँ रहेकोमा बुधबार १० रुपैयाँ बढेर २ हजार ५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। 

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 365 पटक पढिएको
  • बसका सहचालक १२ किलो चाँदीका गहनासहित नागढुङ्गाबाट पक्राउ

    काठमाडौं— काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकप्वाइन्टबाट प्रहरीले चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको छ ।वीरगन्जबाट आएको बा.प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक अनिश कुमार सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । उनका अनुसार ३२ वर्षीय अनिश कुमार सिंहले बसमा लुकाएको १२ किलो १७६ ग्राम चाँदीका गहना बरामद गरिएको होे । बाराको कलैया उपमहानगरपालिका–४ घर भएका सिंहमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ । गहनाको बिल, बिजक फेला नपरेको एसपी बोहराको भनाइ छ । 

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 448 पटक पढिएको
  • सुन तोलामा दुई सय रुपयाँले घट्यो

    काठमाडौं— नेपाली बजारमा मङ्गलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर १ लाख ९० हजार ९ सयमा कारोबार भइरहेको छ ।यसअघि सोमबार सुन तोलाको १ लाख ९१ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 291 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.