आर्थिक

    Showing 1,191-1,200 of 4,310 items.
  • नारायणी हस्पिटलको आईपीओ निष्काशन गर्ने

    काठमाडौं— चितवनको भरतपुरस्थित एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले आईपीओ बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतापत्रमा हस्पिटलका सञ्चालक चुडामणी खनाल र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । नियामक स्वीकृति प्राप्त भएलगत्तै आईपीओ निष्काशन हुने जनाइएको छ ।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 482 पटक पढिएको
  • आइक्यानलाई विश्व बैंक र एडीबीबाट समकक्षीको मान्यता

    काठमाडौं— नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी) लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनमा नेपालको प्रमुख राष्ट्रिय समकक्षीको मान्यता प्राप्त गरेको छ ।विश्व बैंक समूह र एसियाली विकास बैंकले नेपाल सरकारको अनुरोधमा आइक्यानसँग सहकार्य गर्दै यो मूल्यांकन गरिरहेका छन् ।यसले नेपालको लेखांकन तथा लेखापरीक्षण वातावरण सुधार, पारदर्शिता र लगानीकर्ताको विश्वास बढाउने सुझाव दिनेछ । यो पहलले वित्तीय सुशासन र निजी क्षेत्रमा दिगो लगानी आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।विश्वस्तरीय मापदण्डमा आधारित यो मूल्यांकन

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 496 पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ३४ सय रूपैयाँले बढेर २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार ४ हजार १ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी आज १३० रुपैयाँले बढेर ४ हजार २ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 510 पटक पढिएको
  • सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    काठमाडौँ, पुस ७ गते । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । आइतबारको तुलनामा आज प्रतितोला १३० रुपियाँले बढेर चाँदी प्रतितोला मूल्य चार हजार २३५ रुपियाँ कायम भएको छ । अघिल्लो दिन चाँदी चार हजार १०५ रुपियाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 252 पटक पढिएको
  • राप्ती नदीको सिधनियाघाटमा दुईलेनको निर्माणाधीन पक्की पुल तीव्र गतिमा अघि बढ्दै

    बाँके— बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ स्थित राप्ती नदीको सिधनियाघाटमा दुई लेनको पक्की पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। लामो समयदेखि प्रयोग हुँदै आएको पुरानो पुल जीर्ण र साँघुरो भएपछि यात्रु तथा सवारी साधनलाई समस्या हुँदै आएपछि नयाँ पुल निर्माण सुरु गरिएको हो।करिब एक अर्ब १९ करोड रुपैयाँको लागतमा निर्माणाधीन यस पुलको लम्बाइ करिब ७०० मिटर रहेको छ। पुल निर्माणपछि बाँके जिल्लाका विभिन्न क्षेत्रसँगै छिमेकी जिल्लासम्मको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 476 पटक पढिएको
  • रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्कासन

    काठमाडौं— रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई लक्षित गर्दै कुल ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर निष्कासन गरेको हो ।कम्पनीले निष्कासन गर्न लागेको कुल ११ लाख ५५ हजार ८६० कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सामूहिक लगानी कोषका लागि, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँडफाँड गरिसकेको छ ।बाँकी रहेको शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । लगानीकर्ताले नेपाल ध

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 479 पटक पढिएको
  • सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

    काठमाडौं— सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ ।१५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाललगायतका संरचना निर्माणाधीन छन् । समग्रमा २३९८ मिटर सडक स्तरोन्नति गर्नुपर्नेछ ।पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालू रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ,३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण बाँकी छ । मुख्य सु

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 511 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७९ रुपैयाँ २२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ २५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ २८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७१ पैसा,

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 272 पटक पढिएको
  • नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

    काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक १९ दशमलव ९२ अङ्कले घटेर दुई हजार ५९५ दशमलव १० को बिन्दुमा कायम भएको हो ।आज ३४५ कम्पनीको एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ बराबरको कारोबार भनेको नेप्सेले जनाएको छ । आजको कारोबारमा म्युचुअल फण्डबाहेक अरु सबै समूहको उपसूचक घटेको छ ।एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकाश बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 534 पटक पढिएको
  • नेपाल मोबाइल ब्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व

    काठमाडौं— नेपाल मोबाईल ब्यवसायी संघ काठमाडौंको अध्यक्षमा जनक बस्नेत निर्वाचित भएका छन् ।शनिबार सम्पन्न संघको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले बस्नेतको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । बस्नेत यसअघि कार्यसमितिमा उपाध्यक्ष थिए ।निर्वाचन समिति संयोजक तथा अधिवक्ता जनक साउदका अनुसार संघको उपाध्यक्ष पदमा दिपक अधिकारी र प्रकाश कार्की निर्विरोध निर्वाचित भएका छन्।यसैगरी महासचिवमा इन्जिनियर गणेश उप्रेती, सचिवमा रामबाबु भट्ट, कोषाध्यक्षमा लेखनाथ अधिकारी र सहकोषाध्यक्षमा उमेश चौलागाईं चुनिएका छन्।निवर्तमान अध्यक्ष सुरेश वाँनियाले २५ सदस्यीय कार्यसमिति पूर्णरुपमा निर्विरोध

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 527 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.