आर्थिक

    Showing 1,131-1,140 of 4,297 items.
  • साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन

    काठमाडौं— साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १०.५३ अंकले घटेर बन्द भएको हो । आइतबार उच्च अंकको वृद्धिपछि सोमबार बजारमा करेक्सन देखिएको विश्लेषण गरिएको छ ।पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले घट्दै २६२२.८८ विन्दुमा झरेको हो ।यसदिन सेन्सेटिभ इण्डेक्स १.४७ अंक, फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अंकले घटेका छन् । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।आइतबार ५ अर्ब ५३ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा सोमबार ३३७ स्टकको ६९ हजार ५४८ पटकको कारोबारमार्फत ४ अर्

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 532 पटक पढिएको
  • शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त

    काठमाडौं— झूटो धितोपत्र कारोबार तथा शेयर मूल्य प्रभावित पारेको आरोपमा पक्राउ परेका शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटी बुझाएर थुनामुक्त भएका छन् ।केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले अग्रवालसँग ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत लिएर छाडेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिव कुरमार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार सरकारी वकिलको सहमतिमा अग्रवाललाई धरौटीमा रिहा गरिएको हो । उक्त कानुनी व्यवस्थाले अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई आवश्यक नदेखिएमा धरौटी, जमानत वा हाजिर जमानीमा छाड्न सक्ने अधिकार अनुसन्धान अधिकारील

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 518 पटक पढिएको
  • ‘बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुमाथि राजनीतिक दबाब सह्य हुँदैन’

    काठमाडौं— नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूरा गर्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई कुनै प्रकारको असहजता हुन नहुने बताएका छन् ।सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको ‘बैंकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम’ विषयक छलफल कार्यक्रममा उनले बैंकिङ क्षेत्र ५० हजार नेपालीलाई रोजगारी दिएको भन्दै राजनीति स्वार्थको लागि यो क्षेत्रमा असर पुर्याउने काम नगर्न अनुरोध गरेका छन् ।उनले भने, ‘आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई कुनैपनि प्रकारको असहजता र पछिल्लो समयमा भएका घटनाहरु हुनु भएन । हामी यसको व

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 475 पटक पढिएको
  • चीन र जापानबीचको कूटनीतिक विवादपछि जापानको पर्यटन उद्योग प्रभावित

    एजेन्सी— चीन र जापानबीचको कूटनीतिक विवादको परिणामले जापानको पर्यटन उद्योगलाई नकारात्मक असर परेको छ ।गत महिना, जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमा चिनियाँ मुख्य भूमिको काल्पनिक आक्रमणले टोकियोबाट सैन्य प्रतिक्रिया निम्त्याउन सक्छ भनेको विषयलाई चीनले आक्रामक रुपमा लिएको थियो ।चीनले ताकाइचीको टिप्पणीको तुरुन्तै खण्डन गरेपनि चिनियाँ जनताले जापानी उत्पादन र सेवाहरूको ठूलो मात्रामा रद्द समेत गरेका थिए ।जसका कारण सबैभन्दा गम्भीर रूपमा प्रभावित क्षेत्रहरू मध्ये एक जापानको पर्यटन उद्योग हो । जुन स्थानीय मिडियाले कोभिड–१९ को समयमा भएको गिरावट जस्तै हालको अवस्था भएको रिर्पोटिङ गरेका छन् ।ओसाकादे

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 512 पटक पढिएको
  • सुनको मूल्य ६ सयले घट्यो, चाँदीको बढ्यो

    काठमाडौं— कारोबारको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो आइतबार सुनको मूल्य २ लाख ७० हजार ६०० कायम भएको थियो भने आज ६ सयले घटेर २ लाख ७० हजार रुपैयाँ कायम भएको हो ।सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । हिजो ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६० रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 533 पटक पढिएको
  • राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै

    काठमाडौं— नेपाल राष्ट्र बैंकले पुस १४ गते रु.२५ अर्ब बराबरको एक वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ ।मौद्रिक व्यवस्थापनका लागि उक्त ऋणपत्र बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्न लागिएको हो ।नेपाल राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल पुस १४ गते मध्यान्ह २ः०० बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ । बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् ।निष्कासन हुने ऋणपत्रको अवधि एक वर्षको रहनेछ भने ब्याजदर बोलकबोलबाट नै निर्धारण हुनेछ। ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षि

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 503 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा, सिङ्ग

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 265 पटक पढिएको
  • प्रिक्साद्वारा दैलो कृषि अधिग्रहण, किसानदेखि उपभोक्तासम्म विश्वासिलो खाद्य प्रणाली निर्माणको लक्ष्य

    काठमाडौं— नेपालमा कृषि र खाद्य प्रणालीलाई अझै विश्वासिलो, सुरक्षित र पारदर्शी बनाउने उद्देश्यसहित प्रविधि कम्पनी प्रिक्साले दैलो कृषिलाई अधिग्रहण गरेको छ । यस अधिग्रहणसँगै किसानदेखि उपभोक्तासम्म जोडिने भरोसायोग्य खाद्य आपूर्ति प्रणाली विकास गर्ने लक्ष्य राखिएको प्रिक्साले जनाएको छ ।प्रिक्साका अनुसार अब किसानबाट उत्पादन भएको तरकारी, फलफूल तथा खाद्यान्न कहाँ उत्पादन भयो, कसरी उपभोक्तासम्म आइपुग्यो भन्ने सम्पूर्ण जानकारी उपभोक्ताले सजिलै थाहा पाउन सक्ने ट्रेसिबल प्रणाली विकास गरिनेछ । यसले खाद्य सुरक्षासम्बन्धी बढ्दो चासोलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सीईओ

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 497 पटक पढिएको
  • ४७.५५ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

    काठमाडौं— साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक भारि अंकले वृद्धि भएर बन्द भएको छ । यसअघिका अन्तिम दुई कारोबार दिन सामान्य सुधार देखिएको बजार यस दिन भने उच्च अंकको वृद्धिसहित बन्द भएको हो ।आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ८.२५ अंक, फ्लोट इण्डेक्स ३.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले बढेको छ ।नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा यस दिन ३२८ स्टकको ८९ हजार २५१ पटकको कारोबारमार्फत ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपै

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 490 पटक पढिएको
  • उमाकुण्ड प्रीतिका किसान सुन्तला खेतीबाट मालामाल

    रामेछाप— रामेछापको उमाकुण्ड गाउँपालिका ४, ५ प्रीतिका किसानहरू व्यावसायिक सुन्तला खेतीमा लागेका छन् ।अन्य खेती गर्ने मानिसहरू गाउँमा कम हुँदै जाँदा एक पटक लगाएपछि वर्षौ आम्दानी दिने सुन्तला खेतीतर्फ किसानहरू लागेका हुने । विज्ञहरूका अनुसार एक पटक लगाएको सुन्तलाको बिरुवाले ५० वर्षसम्म राम्रो फल दिन्छ ।किसानलाई सुन्तला खेतीमा आकर्षित गर्न उमाकुण्ड गाउँपालिकाले सो गाउँपालिकाका ४ र ५ नं वडालाई पकेट क्षेत्र घोषणा गरी विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरेको छ ।गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारका अनुसार वाग्मती प्रदेश सरकार र उमाकुण्ड गाउँपालिकाको आयोजनामा ती वडामा पकेट कार्यक्रम सञ्चालन गरिएको हो

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 531 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.