आर्थिक

    Showing 991-1,000 of 4,292 items.
  • यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकन डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ४० पैसा र बिक्रीदर १९२ रुपैयाँ २१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा कायम गरिएको छ।राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 535 पटक पढिएको
  • नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो

    काठमाडौं— बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्लो केही दिनदेखि लगातार बढेको बजारमा यस दिन करेक्सन देखिएको हो ।नेप्से परिसूचक यस दिन ९.४३ अंकले घटेर २,७०५.३८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ अंक, फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंकले घटेको छ ।यसदिन कारोबार रकम पनि घटेको छ। मंगलबार ११ अर्ब ८५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ३२४ स्टकमा ८९,७६६ पटकको कारोबारमा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँ बराबर २ करोड १६ लाख ४१ हजार कित्ता शेयर किनबेच भएको छ ।यस दिन कालिका पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले बढेको छ। नारायणी डेभलपमेन्

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 499 पटक पढिएको
  • अध्यक्ष डिमप्रसाद पौडेल भन्छन कृषि विकास बैंकले प्रगति गरिरहे पनि चुनौती थपिएका छन्

    काठमाडौं— कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेलले बैंकले पछिल्ला केही वर्षमा उल्लेखनीय प्रगति गरेको भए पनि प्रगतिलाई निरन्तरता दिन थप चुनौतीहरू रहेको बताएका छन् ।बैंकको ५८ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको ५९औँ वार्षिकोत्सव स्मारिकाको विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले बैंकको हितका लागि सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । उनले बैंक स्थापना भएको पृष्ठभूमिदेखि अहिलेसम्मको लामो इतिहासले समय–समयमा बैंकको भूमिका परिवर्तन हुँदै आएको बताए ।‘हामी जुन पृष्ठभूमिमा स्थापना भयौँ, त्यहाँबाट यहाँसम्म आइपुग्दा बैंकको लामो इतिहास छ । त्यो इतिहाससँगै कृषि विकास बैंकका भूम

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 474 पटक पढिएको
  • सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

    काठमाडौं— बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको साधारण सभा पश्चात् सञ्चालक समितिबाट अलग भएसँगै अध्यक्ष पद रिक्त भएपछि श्रेष्ठलाई बाँकी कार्यकालका लागि मनोनीत गरिएको हो ।सिबिफिनको विधानअनुसार प्रतिनिधित्व गर्ने बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिबाट बहिर्गमन भएसँगै परिसंघको पद स्वतः समाप्त हुने व्यवस्था छ । यही व्यवस्थाअनुसार कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा माघ ६ गते सम्पन्न कार्यसमितिको १५औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 506 पटक पढिएको
  • पुस महिनामा मात्र विदेशिने श्रमिकहरुको संख्या ३१ हजारभन्दा बढी

    काठमाडौं—  पछिल्लो एक महिनामा ३१ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।पुस महिनामा ३१ हजार ७ सय ५० जना नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका हुन् । मंसिर महिनाको तुलनामा पुसमा २ हजार १ सय ३२ जना बढी श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २७ हजार ५ सय ३० जना पुरूष र ४ हजार २ सय २० जना महिला रहेका छन् । सोही अवधिमा ३० हजार ८ सय ९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । पुसमा म्यानपावरमार्फत ११ देशमा मात्रै श्रमिकहरू गएका छन् भने व्यक्तिगत श्रम स्वीकृतिमार्फत ९० देशमा नेपाली श्रमिकहरू गएका छन् ।गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि घटेको वैदेश

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 501 पटक पढिएको
  • बैंककमा नेपालका गन्तव्य र अनुभव प्रदर्शन गर्दै पर्यटन बोर्ड र निजी कम्पनीहरू

    काठमाडौं— नेपाल पर्यटन बोर्ड (एनटीबी) ले जनवरी २२ देखि २५ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने थाई अन्तर्राष्ट्रिय यात्रा मेला (टिआईटिएफ) २०२६ मा नेपालको पर्यटन प्रवद्र्धन गर्ने भएको छ ।पर्यटन बोर्डका अनुसार, क्वीन सिरिकिट राष्ट्रिय सम्मेलन केन्द्रमा ११ वटा नेपाली ट्राभल तथा ट्रेकिङ कम्पनीहरूको सहभागितामा नेपालका प्रमुख पर्यटन गन्तव्य र अनुभवहरू प्रदर्शन गरिँदैछ । मेलामा ट्रेकिङ, साहसिक पर्यटन, सांस्कृतिक भ्रमण तथा तीर्थयात्रासम्बन्धी विविध पर्यटन उत्पादनहरू प्रस्तुत गरिएको छ ।मेलामा सहभागी नेपाली कम्पनीहरूमा इमेज ट्राभल एण्ड एक्सपिडिसन, नेपाल हाइकिङ टिम, ब्रोड एडभेन्चर, नेपाल सोसल ट्रेक्स एण

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 488 पटक पढिएको
  • तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार ४०० ले वृद्धि भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको छ ।मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 370 पटक पढिएको
  • यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८३ रुपैयाँ ९० पैसा र बिक्रीदर १८४ रुपैयाँ ६६ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 555 पटक पढिएको
  • शेयर बजारमा चुनावी प्रभावः नेप्सेमा ४२ अंकको वृद्धि, कारोबार रकम ११ अर्ब नाघ्यो

    काठमाडौं— साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । देशमा चुनावी माहोल तातिएसँगै लगानीकर्ताको मनोबल उच्च भएर त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा पनि देखिएको हो । अघिल्लो कारोबार दिन आइतबार बढेर बन्द भएको नेप्से परिसूचकले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिँदै मजबुत उकालो यात्रा तय गरेको हो ।मंगलबार नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ७.८२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले उकालो लागेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । आइतबार ८ अर्ब

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 474 पटक पढिएको
  • सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

    काठमाडौँ। स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ । विगत तीन दिनदेखि प्रतितोला रु दुई लाख ७७ हजारभन्दा अधिक मूल्यमा किनबेच भएको पहेँलो धातु र चाँदीको मूल्य आज पनि बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको छ ।गत आइतबार एक तोला छापावाल सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसा

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 308 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.