काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी, मधेस र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा साथै कोशी प्रदेशको तराई भूभागका केहि स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

राति हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र पहाडी भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।