काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। 

दिउँसो देशको  पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई  भूभागका केहि स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र  बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका केहि स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।