झापा । सवारी चलाउँदा चलाउँदै चालक बेहोस, यात्रुलाई बचाए, आफु स्टेरिङमै अस्ताए।
झापामा सवारी चलाइरहेका एक चालकको गाडी चलाउँदै गर्दा मृत्यु भएको छ। असहज महसुस भएपछि उनले गाडी साइडमा रोकेर सिटमै बेहोस भएका थिए। अवस्था बिग्रँदै गएपछि उनले सजगतापूर्वक गाडी सडक किनारामा रोकेका थिए। गाडीमा सवार यात्रुहरूले पटक-पटक बोलाउँदा पनि कुनै प्रतिक्रिया नआएपछि स्थानीय र यात्रुहरूले उनलाई तुरुन्तै अस्पताल पुर्याए पनि उपचारको क्रममा मृत्यु भइसकेको छ।
मृत्यु हुनेमा मोरङको शनिश्चरे नगरपालिका-९ निवासी ४५ वर्षीय योगेश धिमाल रहेका छन्।






































