काठमाण्डौ । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।
खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको पुष्टि गरिन् । दुर्घटनामा कसैको पनि हताहती नभएको बुझिएको छ । खार्तम्छा बालाबेँसीमा हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको हो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।
केपिलासगढी गाँउपालिका-२ का वडाअध्यक्ष मिलन राईले दुर्घटनामा एकजना घाइते भएको बताएका छन ।





































