काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ । सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भूभागका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ। गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली भूभागका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।






































