मुगु।  मुगुमा प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा हालसम्मको मतगणनाअनुसार नेकपा (एमाले)ले अग्रता लिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार एमाले उम्मेदवार पूर्णबहादुर रोकायाले दुई हजार ४६६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाहीले दुई हजार ४०२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका चन्द्रबहादुर शाहीले ६६८ र राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले १५८ मत प्राप्त गर्नुभएको छ । मुगुमा कुल ३६ हजार ३१ मतदाता रहेकामा २२ हजार ११५ अर्थात् ६१.३८ प्रतिशत मत खसेको सूचना अधिकारी खनियाँले जानकारी दिनुभयो । मतदानका लागि एउटा अस्थायी मतदान केन्द्रसहित ७० मतदान केन्द्र र ६७ मतदानस्थल कायम गरिएको थियो ।