काठमाडौँ –  नेपाली कांग्रेसले सभापति गगन थापाको हस्ताक्षर रहेको सदस्यता पत्र छपाइ गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार सभापति थापाको हस्ताक्षर रहेको ५ लाख सदस्यता पत्र छपाइ सकिएको हो।

‘प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टी प्रवेश गर्न चाहनेहरूका लागी नवनिर्वाचित सभापति गगन थापाको हस्ताक्षर सहितको ५ लाख सदस्यता पत्र तयारी अवस्थामा राखेको राखेका छौं,’ केन्द्रीय कार्यालय स्रोतले भनेको छ।

चुनावी अभियानका क्रममा पार्टी प्रवेश गर्नेहरूलाई दिन यस्तो सदस्यता पत्र छपाइ गरिएको कांग्रेसले जनाएको छ।